STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ आषाढ ३१, मंगलबार

    राष्ट्रिय प्रतियोगिता कपिलवस्तुमा

    कपिलवस्तु शारीरिक सुगठन तथा फिटनेश सङ्घले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगिता–२०७६’ आयोजना गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन गिरीले कपिलवस्तुको तिलौराकोटलाई विश्वभर चिनाउने उद्देश्यले उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिनुभयो । करीब १०० ले प्रतिष्पर्धा गर्ने छन् सो प्रतियोगिता छ तौल समूहमा...

  • २०७६ आषाढ ३०, सोमबार

    हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी विष्टलाई

    कञ्चनपुरको भीमदत्तनगरमा आज सम्पन्न हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलका धावक सन्तोष विक्रम विष्टले जित्नुभएको छ । ‘दौड सुदूरपश्चिम दौड’ मूल नाराका साथ सुदूरपश्चिम क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा भएको खुला राष्ट्रिय महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिताको उपाधि जितेसँगै सशस्त्र प्रहरी बलका विष्टले रु एक लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ । शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट...

  • २०७६ आषाढ २९, आइतबार

    १३ औँ साग तोकिएकै मितिमा स् सदस्यसचिव सिलवाल

    राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद ९साग० निर्धारित मितिमै आयोजना गरिने बताउनुभएको छ । खेलकूद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले साग र नवौँ राष्ट्रिय खेलकूद तोकिएको मितिमा सम्पन्न गर्न चुनौती रहे पनि त्यसको सामना गरेर सोही मितिमा गरिने स्पष्ट पार्नुभयो । यही वर्षको डिसेम्बर १ देखि ९ सम्म नेपालमा तय भएको साग...

  • २०७६ आषाढ २९, आइतबार

    अल्ट्रा म्याराथनको प्रमोशनल रेश शुरु

    आगामी भदौ २९ गते हुने जुम्ला रारा अल्ट्रा म्याराथुनको प्रमोशनल रेस आजदेखि शुरु भएको छ । जुम्ला खलङ्गादेखि मुगुको रारा ताल हुटुसम्मको ४९ किलोमिटरको दौड प्रतियोगिता दोस्रो पटक भएको हो । प्रमोशनल रेसमा जुम्ला राराको म्याराथन भइरहेको छ भने पाँच किमीको म्याराथन जुम्ला बजारमा सम्पन्न भइसकेको छ । जुम्लादेखि रारासम्म भइहेको प्रतियोगिताको नतिजा साँझसम्म आउनेछ । पाँच किमीको दूरी २७ मिनेट ५० सेकेन्ड १० पल...

  • २०७६ आषाढ २९, आइतबार

    मलेशियाविरुद्धको खेलमा नेपालको ऐतिहासिक जित

    मलेशियाविरुद्धको दुई खेलेको टी ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । हिजो भएको पहिलो खेलमा नेपालले मलेशियालाई सात विकेटले हराएको थियो । त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो ।...

  • २०७६ आषाढ २९, आइतबार

    विश्वकप क्रिकेट फाइनल, न्यूजील्यान्डले ब्याटिङ रोज्यो

    इङल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल इङल्यान्डको लर्ड्स क्रिकेट मैदानमा आइतबार शुरु भएको छ । टस जिती न्यूजील्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । बिहानीपख हल्का वर्षा भएका कारण टसमा केही ढिलाई भएपछि खेल करिब १५ मिनेट ढिलो शुरु भएको छ, तर खेल पूरै ५० ओभरको हुनेछ । टस जितेपछि बोल्दै न्यूजील्यान्डका कप्तान केन विलियम्सनले हल्का बादल लागेपनि आफूहरुले ब्याटिङ रोजेको...

  • २०७६ आषाढ २६, बिहिबार

    विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल धरानमा सारियो

    विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समितिका अध्यक्ष एवं एन्फाका केन्द्रीय प्रवक्ता किरण राईले जानकारी दिनुभयो । असार २७ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता धरान १६ स्थित प्रस्तावित प्रादेशिक...

  • २०७६ आषाढ २५, बुधबार

    राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कंदै

    एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को च्याम्पियन बनेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वेदेश फर्कंदै छ । मलेसियामा सम्पन्न उक्त प्रतियोगिताको उपाधि विजेता टोली आज राति साँढे ९ बजे काठमाडौँको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको हो । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा हिजो भएको फाइनल खेलमा नेपालले हङ्कङलाई छ विकेटले हराउँदै उपाधि हासिल गरेको...

  • २०७६ आषाढ २४, मंगलबार

    उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

    एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो ।...

  • २०७६ आषाढ २४, मंगलबार

    एसीसी अन्डर १९ इस्र्टन रिजन २०१९ मा नेपालको जित

    एसीसी अन्डर १९ इस्र्टन रिजन २०१९ को उपाधि नेपालले जितेको छ । यस सगैं नेपाल युवा एशिया कपको लागि छनोट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान , श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजको फाइनल खेलमा हङकङ पहिलो ब्याटिङ गर्दै नेपालाइ ९६ रनको लक्ष्य दिएको थियो । नेपालले लक्ष्य पक्ष्याउदै १६.१ ओभरमा ४ विकेट क्षतिमा जितेको हो । नेपालका लागि ओपनर ब्याटसम्यान पवन सर्राफले विस्फोटक...

  • २०७६ आषाढ २४, मंगलबार

    विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

    सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेप का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गर्नुभयो । नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गर्दैछ । सिङ्गापुरमा आयोजना हुने...

  • २०७६ आषाढ २३, सोमबार

    क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

    एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच...

Pages