STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ आषाढ २३, सोमबार

    क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल

    एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । साविक विजेतासमेत रहेको नेपालले अब उपाधिका लागि सिङ्गापुर र हङ्कङबीचको विजेतासँग खेल्नेछ । सिङ्गापुर र हङ्कङवीच...

  • २०७६ आषाढ २२, आइतबार

    स्व. नवीन महर्जनको दोस्रो पुण्य तिथिमा कीर्तिपुृर कप बाघचाल (धुँकासा) प्रतियोगिता सम्पन्न

    स्व. नवीन महर्जनको दोस्रो पुण्य तिथिको अवसरमा आयोजित कीर्तिपुर कप बाघचाल(धुँकासा) प्रतियोगिता असार २१ गते शनिबार सम्पन्न भयो । असार २० गते शुक्रबारबाट सुरु भएको कीर्तिपुर नगरव्यापी बाघचाल (धुँकासा) प्रतियोगितामा कीर्तिपुर ४ वडाका भुन्टे दुलाल प्रथम, वडा नम्बर ३ का कृष्णबहादुर महर्जन दोस्रो तथा कीर्तिपुर वडा ९ का हिरा डंगोल व बलराम श्रेष्ठ तेस्रो हुनुभएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १०...

  • २०७६ आषाढ २२, आइतबार

    प्रथम मेयर कप फुटसल हुने

    बूढानीलकण्ठ नगरपालिकामा पहिलोपटक प्रथम मेयर कप फुटसल प्रतियोगिता– २०१९ हुने भएको छ । शिवपुरी युवा क्लबको आयोजनामा असार २७ र २८ गते ‘हाम्रो फुटसल’ चपलीगाउँ– ३ मा हुने भएको हो । खेलको माध्यमबाट एकताको भावना सिर्जना गर्ने मूल लक्ष्यका साथ खेलकूदको आयोजना गरिएको आयोजक समितिले जानकारी दिएको छ । खेलप्रति समर्पित युवालाई एकताबद्ध गरी अन्य ठाउँमा हुने प्रतियोगितामा नगरपालिकाको तर्फबाट सहभागी गराउन सकिने...

  • २०७६ आषाढ २०, शुक्रबार

    रित गौतमको शतक सँगै नेपाले सिगापुरलाई ३२७ रनको लक्ष्य दियो

    एसीसी यू १९ एसिया कपको इर्टन रिजन छनोट खेलमा सिंगापुरविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेर नेपालले ५० ओभरमा ४ विकेट को क्षतिमा ३२६ रन बनायो । रित गौतमले शतक बनाएको छन् । नेपालको खेल सुरुवात रित गौतम र पवन शरार्फ पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहाराले गौतमसँग १३१ रनको साझेदारी बनाए । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी र कप्तान रोहितकुमार पौडेल...

  • २०७६ आषाढ १९, बिहिबार

    नेपालले सिङ्गापुरसँग खेल्ने

    मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रोे खेल नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा भोलि हुने उक्त खेल नेपाली समयानुसार बिहान ७ ः४५ बजे प्रारम्भ हुनेछ । नेपाल सिङ्गापुर विरुद्वको खेलमा विजयी हासिल गर्न समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा भने पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ । दुवै टोली...

  • २०७६ आषाढ १८, बुधबार

    क्रिकेट–नेपालले चीनलाई हरायो

    एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट शुरुआत गरेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले नेपाललाई ५४ रनको सामान्य लक्ष्य दिएको थियो । ५४ रनको विजयी लक्ष्य बोकेर मैदान...

  • २०७६ आषाढ १७, मंगलबार

    एसिसी पूर्वी क्षेत्रीय क्रिकेट ः सिङ्गापुर विजयी

    मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित...

  • २०७६ आषाढ १६, सोमबार

    एसिसी इस्टर्न रिजन क्रिकेट मङ्गलबारदेखि

    मलेशियामा मङ्गलबारदेखि शुरु हुने एसिसी १९ वर्षमुनि यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन खेलमा नेपाली युवा टोलीले चीनसँग प्रतिस्पर्धा गर्ने भएको छ । विभिन्न सात राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ बुधबार मलेशियाको किनरारा ओभल क्रिकेट मैदानमा चीनसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यसअघि सन् २०१७ मा मलेशियामा नै भएको यस प्रतियोगिताको अघिल्लो...

  • २०७६ आषाढ १३, शुक्रबार

    पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ

    कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् । सन् २०१६ देखि पोर्चुगल बस्दै आएका तामाङले सन् २०१६ र २०१८ को बीचमा पोर्चुगलमा भएका छुट्टाछुट्टै...

  • २०७६ आषाढ १२, बिहिबार

    महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई

    पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले रु पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले रु तीन लाख प्राप्त ग¥यो ।...

  • २०७६ आषाढ ११, बुधबार

    प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफलाई

    कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ । आज बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई छ विकेटले पराजित गर्दै एपिएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपिएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो । बहत्तर रनको विजय लक्ष्य पाएको एपिएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो ।...

  • २०७६ आषाढ १०, मंगलबार

    प्रधानमन्त्री कप क्रिकेट ः सुदूरपश्चिम फाइनलमा

    कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली फाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले आज बिहानको खेल वर्षाका कारण प्रदेश नंं २ सँग प्रतिष्पर्धा नै नगरी फाइनलमा प्रवेश गरेको हो । “वर्षाका कारण समूह ए मा शीर्ष स्थानमा रहेको सुदूरपश्चिमको टिम फाइनल पुगेको हो ।” प्रतियोगिता प्राविधिक कमिटीका संयोजक विनय झाले भन्नुभयो...

Pages