खेलकुद
-
२०७६ बैशाख १२, बिहिबार
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाको मैदालान सम्याउने काम शुरु
चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो । मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृतिबारे जाँच गर्नुभएको छ । उहाँका अनुसार रङ्गशाला निर्माण हुन लागेको ठाउँको माटो क्रिकेट कालोपत्र निर्माण गर्न उपयुक्त छ । “कालोपत्र...
-
२०७६ बैशाख ११, बुधबार
२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता
२० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा मङ्गलबार राति सम्पन्न प्रतियोगिताका विभिन्न स्पर्धामा नेपालको कराँते डो मिसन सङ्घको राष्ट्रिय टोलीले २० स्वर्ण पदक जितेको हो । अलइन्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोसिएसन अफ इन्डियाको सहयोगमा आयोजित...
-
२०७६ बैशाख ११, बुधबार
आठौँ खेलकूद ः नेपाली खेलकूदको युग परिवर्तन
आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल समावेशका आधारले आठौँ प्रतियोगितासँगै नेपाली खेलकूद नयाँ युगमा प्रवेश गरेको छ । राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्य–सचिव केशवकुमार विष्टले आफ्नै पूर्वाधारमा पहिलोपटक प्रतियोगिता गर्न सफल भएकाले ऐतिहासिक भएको बताउनुभयो । “सीमित साधनस्रोतका बीचमा...
-
२०७६ बैशाख ११, बुधबार
जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे
सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन् । उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन् । यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहो¥याइन । कातातर्फको पहिलो खेलमै...
-
२०७६ बैशाख ११, बुधबार
नेपालद्वारा मलेशियासामु जितका लागि १४२ रनको चुनौती
एसिसी १६ वर्षमुनि यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोसो खेलमा नेपालले मलेशियालाई १४२ रनको चुनौती दिएको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ दशमवल ५ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनको योगफल बनायो । नेपालका लागि आशीष भट्टराईले सर्वाधिक ३४ रनको योगदान दिए भने विशालविक्रम केसीले २८, दीपक बोहोरा र अर्जुन कुमालले समान १६÷...
-
२०७६ बैशाख ११, बुधबार
आठौँ खेलकूद भलिबलमा पुलिस र एपिएफ प्रथम
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल एपिएफ ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ पुलिस क्लबले नेपाल आर्मी क्लबलाई र महिलातर्फ एपिएफले प्रदेश नं ३ लाई हराउँदै उपाधि हात पारेको प्रदेश खेलकूद विकास समितिका सदस्य रीता कोइराला जानकारी दिनुभयो । पुरुषतर्फको खेलमा पहिलो सेट २५–१८ ले आर्मीलाई...
-
२०७६ बैशाख ११, बुधबार
महिला फुटबलमा नेपाल पुलिस तेस्रो
आठौँ राष्ट्रिय खलकूदअन्तर्गत महिला फुटबलमा आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । दाङको बेलझुण्डी रङ्गशालामा भएको प्रदेश नं ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा ‘सडन डेथ’ बाट पुलिसले जीत हासिल गरेको हो । पहिलो हाफमा कसैले पनि गोल गर्न नसके पनि दोस्रो हाफको २७ औँ मिनेटमा प्रदेश नं ३ का तर्फबाट जर्सी नम्बर ७ की मनिषा थापाले गोलको शुरुआत गर्नुभएको थियो । ३४ औँ...
-
२०७६ बैशाख ११, बुधबार
नेपालद्वारा मलेशिया पराजित
थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो । जितसँगै समूह ए मा रहेको...
-
२०७६ बैशाख १०, मंगलबार
राष्ट्रिय खेलकूदमा अपरिपक्व व्यवस्थापन
आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं ५ का विभिन्न जिल्लामा चलिरहेको छ । अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन् । विशेषगरी बाँके र दाङमा राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल भइरहेका छन् । दाङमा छनोट भएका सात खेलमध्ये बास्केटबल, ब्याडमिन्टन, टेबुलटेनिस र एथलेटिक्स सकिए भने कराँते, महिला फुटबल र महिला क्रिकेट चलिरहेका छन् । प्रदेश नं ५ को केन्द्रमा पर्ने दाङमा पछिल्लो...
-
२०७६ बैशाख १०, मंगलबार
आठौँ राष्ट्रिय खेलकूद ः आर्मीको अग्रता कायमै
प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ । अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफले आफ्नो वर्चश्व कायम गरेका छन् । पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी...
-
२०७६ बैशाख १०, मंगलबार
त्रिभुवन आर्मी फाइनलमा
आठाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० आँैं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की...
-
२०७६ बैशाख १०, मंगलबार
आठौँ खेलकूदको समापन उपराष्ट्रपतिले गर्नुहुने
राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेहुने भएको छ । प्रतियोगितको भोलि बुधबार भव्य समारोहका बीच नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा उपराष्ट्रपति पुनले समापन गर्ने प्रदेश नं ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । उहाँका अनुसार समापन समारोहमा फुटबल प्रतियोगितको फाइनल खेल मात्र हुनेछ । फुटबल प्रतियोगितको फाइनल खेलको शुभारम्भ उपराष्ट्रपति...


