खेलकुद
-
२०७६ बैशाख ९, सोमबार
आठौँ राष्ट्रिय खेलकूद ः तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ । राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल...
-
२०७६ बैशाख ९, सोमबार
अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु
अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । भारतको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गर्नुभयो । अल इण्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएशन अफ इण्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानलगायत देशका...
-
२०७६ बैशाख ८, आइतबार
निजी पोखरीमा पौडी प्रतियोगिता
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि हुने ‘स्वीमिङ’ खेल निजी पौडी पोखरीमा हुने भएको छ । नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएपछि होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा हुने भएको छ । प्रदेश खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले शुरुआती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ हामीले आजैदेखि पानी...
-
२०७६ बैशाख ८, आइतबार
आठौँ खेलकूद खेलस्थलमा खेलाडीको उपचार
आठांँ राष्ट्रिय खेलकूद प्रतियोगितामा खेलाडीलाई खेलस्थलमा प्राथमिक स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ । प्रतियोगितास्थलमा नै प्रतियोगिता हेरेर स्वास्थ्य सेवा प्रदान गरिएको प्रदेश नं– ५ का प्रदेश खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले जानकारी दिनुभयो । नेपालगञ्जमा भइरहेका ११ खेलस्थलमा नै प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । प्रतियोगितका लागि महेन्द्र रङ्गशालामा चिकित्सकसहितको...
-
२०७६ बैशाख ८, आइतबार
पौडीमा आर्मीलाई तीन स्वर्ण
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बाँकेको नेपालगञ्जमा आज भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण हात पारेको छ । महिला ८०० मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरी त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन् । उक्त विधामा नेपाल पुलिस क्लबका सामिरा शोभा थापाले कास्यमा...
-
२०७६ बैशाख ६, शुक्रबार
महिला फुटबलमा थापाको ह्याट्रिक
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ । बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गर्नुभएको हो । यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी...
-
२०७६ बैशाख ५, बिहिबार
विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो
आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि यु–१९ एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स युएई ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा...
-
२०७६ बैशाख ५, बिहिबार
धेरै पदक जितेर देशको नाम राख्ने धोको
सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी छन् । यसअघि भारतको पुनामा भएको प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले अहिले पनि नतिजा दोहो¥याउने उद्देश्यका साथ करातेको अभ्यासमा लागिपरेकी छन् । “हाम्रो प्रशिक्षण उत्कृष्ट छ”, राना भन्छिन्, “धेरै पदक जितेर देशको नाम राख्छौँ ।”...
-
२०७६ बैशाख ५, बिहिबार
नेपालगञ्ज खेलाडीमय भयो
यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । सधँै आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई अहिले आठौँ खेलकूदले एक ठाउँमा जम्मा पारेको छ । ‘आठाँै राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भइरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी हँुदैछन् । ३५ खेल समावेश रहेको प्रतियोगितामा नेपालगञ्जमा...
-
२०७६ बैशाख ५, बिहिबार
आठौँ राष्ट्रिय खेलकूद ः एथ्लेटिक्स शुरु
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ । बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार मिटर महिला पुरुष र सटपुट खेल भएको छ । १०० मिटर दौडमा महिलातर्फ नेपाल आर्मीका सरस्वती चौधरीले स्वर्ण पदक जितेका थिए । उनले १२ मिनेट १९ सेकेण्डमा सो दूरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश...
-
२०७६ बैशाख ५, बिहिबार
केपिएल–टू’को पुरस्कार राशि, प्रायोजक र कप्तानको नाम सार्वजनिक
यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपिएल–टू को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ । आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार हात पार्नेछ । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान...
-
२०७६ बैशाख ५, बिहिबार
आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण
आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् । बाँकेमा...


