STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७६ जेठ २, बिहिबार

    मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता भोलिदेखि

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पस कमिटीको आयोजनामा भोलिदेखि १५ दिनसम्म मदन भण्डारी स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौँ विश्वविद्यालय धुलिखेलको खेल मैदानमा नकआउटका आधारमा हुन लागेको सो प्रतियोगितामा विभिन्न जिल्लाका गरी २४ वटा समूहले नाम दर्ता गरिसकेको आयोजक समितिका संयोजक प्रविण ज्ञवालीले बताउनुभयो । “हामीले आह्वान गरेको...

  • २०७६ बैशाख २६, बिहिबार

    चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता

    इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ ।  सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा  कराँतेसँगै बक्सिङ, उसु, टि टि, जुँडोका...

  • २०७६ बैशाख २५, बुधबार

    कुस्तीमा सुदूरपश्चिमको सफलता

    दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहनुभएका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि फुटबल खेलबाट खेलकूदमा प्रदेश गरेका चन्द सात वर्षपछि कुस्ती खेलमा आबद्ध भए ।    विसं २०५८ मा भएको जुनियर राष्ट्रिय फुटबलसमेत खेलेका चन्दले कुनै घटना विशेषले उहाँलाई कुस्तीतर्फ डो¥यायो । विभिन्न चरण पार गर्दै २०५८ सालमै पहिलोपटक नवौँ...

  • २०७६ बैशाख २५, बुधबार

    बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

    बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा...

  • २०७६ बैशाख २४, मंगलबार

    याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

    विश्व याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् । नेपाली टोलीले २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड,...

  • २०७६ बैशाख १९, बिहिबार

    राष्ट्रपति रनिङ शिल्ड

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।  सबै स्थानीय तहले स्थानीयस्तरमा खेल खेलाएर  छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराई प्रदेशको प्रतियोगिताका लागि छनोट गराइने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष...

  • २०७६ बैशाख १९, बिहिबार

    राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

    संयुक्त अरब इमिरेट्स युएई विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ । ऐतिहासिक शृङ्खला विजेता नेपाली टोलीलाई आज युवा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकूद परिषद् राखेप का सदस्यसचिव केवशकुमार विष्टले खेलाडीलाई जनही रु पाँच लाख अफिसियललाई जनही रु...

  • २०७६ बैशाख १९, बिहिबार

    ‘स्याङ्जा कप भलिबल’को उपाधि आँधीखोला क्लबलाई

    आँधीखोला स्पोर्टस् क्लब हङकङले १२ औँ स्याङ्जा कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि आज जितेको छ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य सरस्वती चौधरी सम्मिलित आँधीखोला स्पोर्टस् क्लबले हङकङको टुइन मुनमा आज बिहान भएको महिलातर्फको फाइनलमा नेपाली राष्ट्रिय टोलीकी उपकप्तान मञ्जु गुरुङ सम्मिलित पर्वत भलिबल क्लब हङकङलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । आँधीखोलाले पहिलो सेट १९–२५...

  • २०७६ बैशाख १८, बुधबार

    एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

    अखिल नेपाल फुटबल सङ्घ एन्फा ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको सूची तयार पारेको हो । एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परीक्षण गर्नेछ ।...

  • २०७६ बैशाख १७, मंगलबार

    खुल्ला फुटबल प्रतियोगिता हुने

    बनेपा ब्वाइज् क्लब बिबिस को आयोजनामा यही वैशाख २० गतेदेखि बनेपामा ‘बिबिसी कप नाइन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ आयोजना गरिएको छ । बनेपामा आज पत्रकार सम्मेलन गरी नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएको आयोजक क्लबका अध्यक्ष महेश कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आउँदो जेठ २ गतेसम्म बनेपास्थित बहुप्राविधिक शिक्षालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा...

  • २०७६ बैशाख १७, मंगलबार

    मेयरकप भलिबल प्रतियोगिता

    उपप्रधानमन्त्री भीमबहादुर रावलले व्यक्ति शिक्षित भएपछि मात्रै समुन्नत समाज निर्माण हुने बताउनुभएको छ । नेकपाको सुदूरपश्चिम इञ्चार्जसमेत रहनुभएका नेता रावलले मङ्गलसेन नगरपालिकाले आयोजना गरेको दोस्रो मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै खेलकूदले शारीरिक, मानसिक रुपमा फाइदा हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमकै अवसरमा षोडशादेबी मावि मङ्गलसेनले राखेको मागपत्र बुझ्दै रावलले विद्यालयको छात्रावास...

  • २०७६ बैशाख १६, सोमबार

    सिटिजन्स बैंक खुला टेनिस शुरु

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा साताँै खुला टेनिस प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने सङ्घका अध्यक्ष मनोहरदास मुलले जानकारी दिनुभयो...

Pages