राजनीति
-
२०७७ भाद्र ५, शुक्रबार
संक्रमितले निजी अस्पतालमा उपचार गराए पनि खर्च सरकारले व्यहोर्ने
काठमाडाैं – कोरोना संक्रमितले निजी अस्पतालमा उपचार गराए पनि सरकारले उपचार खर्च व्यहोर्ने भएको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय...
-
२०७७ भाद्र ५, शुक्रबार
भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने
काठमाडाैं – मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । सरकारले पिसिआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने निर्णय गरेको हो । यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ । तर पिसिआर टेष्ट नभएको मुलुकबाट भने...
-
२०७७ भाद्र १, सोमबार
नेकपा सचिवालय बैठकले गर्याे कार्यदल अनुमोदन
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार तथा प्रकाशन विभागका...
-
२०७७ श्रावण ३२, आइतबार
नेकपाको सचिवालय बैठक सोमबार बस्दै
काठमाडाैं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक सोमवार बिहान बस्ने भएको छ । बिहान ११ बजे बस्ने सचिवालय बैठक पार्टीभित्रको विवाद हल गर्ने उद्देेश्यसहित बोलाइएको हो । बैठक बिहान साढे ९ बजे बस्नेछ । पार्टीको आन्तरिक विवादबीच गत १३ साउनमा स्थगित भएको स्थायी कमिटी बैठक अझै बस्न सकेको छैन । शुक्रबार दुई अध्यक्षले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल बनाएपछि भने नेकपा विवाद समाधान...
-
२०७७ श्रावण ३१, शनिबार
ओली र मोदीबीच फोनवार्ता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको छ । भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरको अवसरमा टेलिफोन गर्दै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुई पक्षीय सम्बन्धमा निकट भविष्यमै छलफल गर्ने सहमति गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र भारतबीच सीमा विवाद बढेपछि दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र...
-
२०७७ श्रावण २९, बिहिबार
चन्द समूहका १३ कार्यकर्ता पक्राउ
कर्णाली – प्रहरीले नेत्रविक्रम चन्द समूहका नेता र कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेत, सल्यानबाट दुईदुई, दैलेख र डोल्पाबाट एकएक गरी १३ जनालाई पक्राउ गरिएको हो । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका–९ जहरेबाट कर्णबहादुर बिसी र सहवीर महरलाई पक्राउ गरेको छ । दुवै जना सोही समूहको जिल्ला कमिटी सदस्य रहेको...
-
२०७७ श्रावण २७, मंगलबार
पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने : काँग्रेस
काठमाडौँ – नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले पूर्ण लकडाउन मुलुकले धान्न नसक्ने भन्दै कोरोना परीक्षणको नतिजाको आधारमा सङ्क्रमित स्थानहरुमा लक्षित लकडाउन र आइसोलेशनको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । समितिले साेमबार पत्रकार सम्मेलन गरी कोरोना सङ्क्रमण समुदायमा पुगिसकेको स्थिति भएकाले सम्भावित सङ्क्रमित स्थानहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परीक्षणको दायरा...
-
२०७७ श्रावण २७, मंगलबार
अख्तियारका प्रमुखलाई कोरोना संक्रमण
काठमाडाैं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । उनी संक्रमण देखिएका पहिलाे उच्च अधिकारी हुन् । अख्तियारको केन्द्रीय कार्यालयमा कार्यरत ३ दर्जनभन्दा बढी सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
-
२०७७ श्रावण २६, सोमबार
कांग्रेस केन्द्रीय विभागले पायाे पूर्णता
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिनुभएको छ । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उहाँले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहनुभएको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गर्नुभएको छ । यसैगरी हरिप्रसाद नेपाल...
-
२०७७ श्रावण २५, आइतबार
भारतीय विदेशमन्त्रीले फेरि गरे दावी – बुद्ध भारतमै जन्मिएका हुन्
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामकाे जन्म नेपाल नै ठोकुवा गरिरहेकाे समय भारतीय विदेशमन्त्रीले फेरि गाैतम बुद्ध भारतमा जन्मिएकाे दाबी गरेका छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गरेका छन् । भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै जय शंकरले यस्तो बताएका हुन् । ‘हामीले...
-
२०७७ श्रावण २५, आइतबार
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिमा माधव नेपालकाे आपत्ति
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाउनुभएको छ । उहाँले आज अपराह्न ट्विट गर्दै ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत शाक्यमुनि बुद्ध नेपालमा जन्मिएकामा कुनै शङ्का बाँकी नरहँदा नरहँदै बेलाबखतमा भारतीय नेताहरुबाट व्यक्त हुने...
-
२०७७ श्रावण २५, आइतबार
बुद्धको जन्मभूमिबारे बहस र विवाद गर्नु अनावश्यक : नेपाल
काठमाडाैं – भारतीय अधिकारीहरुले बुद्ध भारतमा जन्मिएकाे भनी दिएका अभिव्यक्तिलाई लिएर नेपालले आफ्नाे आधिकारिक धारणा राखेकाे छ । नेपाल सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले आईतबार औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मनुभएको ऐतिहासिक र पुरातात्विक प्रमाणहरुद्वारा...


