राजनीति
-
२०७७ आषाढ १६, मंगलबार
नागरिकता विधेयकको विरोधमा जसपाको प्रदर्शन
काठमाडाैं - जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयकको विरोधमा प्रदर्शन गरेको छ । माईतीघर मण्डलामा मंगलबार ‘नागरिकता विधेयकको विभेदकारी प्रावधानहरु खारेजीको’ माग गर्दै जसपा नेताहरु विरोध प्रदर्शनमा उत्रिएका हुन्। पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भटराई, अशोक राई, महेन्द्र यादव, शरतसिंह भण्डारी, हिसिला यमी लगायत नेताहरु सो प्रदर्शनमा सहभागी...
-
२०७७ आषाढ १४, आइतबार
मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आइतबार ६९ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा नेकपाको पार्टी केन्द्रले भने औपचारिक कुनै कार्यक्रम राखेको छैन । नेकपा केन्द्रीय कार्यलयका...
-
२०७७ आषाढ १४, आइतबार
भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको प्रधानमन्त्रीकाे आरोप
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रियताको विषयमा बोल्दा प्रधानमन्त्रीलाई हटाउँछु भनेर नसोच्न सुझाव दिए। ‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने...
-
२०७७ आषाढ १२, शुक्रबार
पर्याप्त गृहकार्य गरेर ई–पासपोर्ट अघि बढाइएको हो : परराष्ट्र मन्त्रालय
काठमाडौँ : सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले सात वर्षदेखि नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएकाले नियमित कामका रुपमा विद्युतीय राहदानीको विषय अघि बढाएको जानकारी दिनुभयो...
-
२०७७ आषाढ १२, शुक्रबार
ललितपुरबाट विप्लव समूहका विद्यार्थी नेता पक्राउ
काठमाडौं - प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एकजना विद्यार्थी नेतालाई ललितपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएअनुसार विप्लव समूहका पर्चा टाँस्ने, समूहमा आबद्ध हुन स्थानीयलाई डर, त्रास...
-
२०७७ आषाढ १२, शुक्रबार
नेकपाको स्थायी कमिटी बैठकमा ओली अनुपस्थित
काठमाडौं : बुधबार सुरु भएको नेपाल कम्युष्टि पार्टी(नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार पनि जारी छ। बुधबार दुई अध्यक्षले आफ्ना भनाइ राखेपछि शुक्रबार सम्मका लागि बैठक स्थगित गरिएको थियो । आजको बैठक बिहान ११ः२० बाट सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । आफ्नै निवासमा भएको पार्टी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् । सरकारका...
-
२०७७ आषाढ ११, बिहिबार
राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट
काठमाडौँ, १० असार : राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटघाटमा उहाँले मुलुकको समसामयिक विषयमा छलफल गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा...
-
२०७७ आषाढ ११, बिहिबार
त्रिविद्वारा तालाबन्दीको निन्दा
काठमाडौँ, १० असार : त्रिभुवन विश्वविद्यालयले आज दिउँसो नेपाल विद्यार्थी सङ्घका नाममा पदाधिकारीलाई भेट्न आएका केही विद्यार्थीले अनायास कार्यालयमा तालबन्दी र उपकुलपतिको कुर्सी जलाउने कार्य गरेको जनाउँदै घटनाप्रति खेद व्यक्त गरेको छ । बन्दाबन्दीका समयमा पनि विद्यार्थीको पठनपाठन र शैक्षिक माग सम्बोधन गर्न विश्वविद्यालय सकारात्मक रहेको स्थितिमा यस्तो कार्य भएकामा त्रिविको गम्भीर ध्यानाकर्षण भएको...
-
२०७७ आषाढ १०, बुधबार
एमसीसीबारे छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा एमसीसीबारे छलफल गर्न लागिएकाे हो । बैठकको पूर्वसन्ध्यामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलसमेत भएको थियो । ओली र प्रचण्डबीचको छलफलबाट एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने...
-
२०७७ आषाढ १०, बुधबार
राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतासंँग छलफल गर्दै
काठमाडौँ, १० असार : राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिनुभयो । उहाँका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक...
-
२०७७ आषाढ ९, मंगलबार
सरकारविरुद्ध प्रदर्शन तथा सिठ्ठी जुलुस
काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा काठमाडौंको माइतीघरमा दुई समूहले छुट्टाछुट्टै प्रदर्शन गरेको छ । राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादीसहितका ११ दल र स्वतन्त्र नारीको नाममा एक समूहले प्रदर्शन गरेको हो । ११ दलले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन र सभा गरे । स्वतन्त्र नारी नामको समूहले पनि विभिन्न नारा लेखिएको ब्यानर बोकेका थिए । उनीहरुले सरकारलाई चुरा लगाई...
-
२०७७ आषाढ ९, मंगलबार
लोकसेवा आयोग र नेपाल विशेष सेवा विधेयक पारित
काठमाडौँ, ९ असार (रासस) : प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । विधेयकका सम्बन्धमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री डा तुम्बाहाङ्फेले सङ््घीय निजामती सेवालाई स्वच्छ...


