STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७९ माघ ५, बिहिबार

    उपसभामुखमा सोबिता गौतम पक्का !

      काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई उपसभामुख बन्न तयार रहन भनेका छन् । शुक्रबार हुने उपसभामुखको उम्मेदवारी दर्तामा प्रचण्ड–ओलीबीच छलफल भएसँगै गौतमलाई उपसभामुखमा तयार रहन भनिएको स्रोतले बताएको छ । स्रोतका अनुसार अध्यक्ष ओलीले भोलि हुने उपसभामुखको उम्मेदवारी दर्तामा गौतमलाई तयार रहन भनिसकेका छन् । ओलीले...

  • २०७९ माघ ५, बिहिबार

    एमालेले उठाउने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : ओली

    काठमाडौं - सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । सत्ता साझेदार दलहरुबीच भएको सहमतिअनुसारै राष्ट्रपति चयनमा राष्ट्रिय सहमति हुनुपर्ने उनले बताए । सभामुख चयन पछि बिहीबार संसद बैठकबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीहरुको प्रश्न दिँदै भने, ‘हो, राष्ट्रिय सहमतिमा हुनुपर्छ । एमालेले उम्म्मेदवार उठाउँछ,...

  • २०७९ माघ ५, बिहिबार

    राष्ट्रपति चयन सहमतिमै गर्ने कोसिस भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन सहमतिमै गर्ने कोसिस भइरहेको बताएका छन् । बिहीबार सभामुख निर्वाचनपछि सञ्चारर्मीसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रपति चयन सहमतिमै चाहेको र सहमतिमै राष्ट्रपति चयनको प्रयास भइरहेको पनि बताए । उनले भने, ‘सभामुखको निर्वाचन भयो । उपसभामुखको निर्वाचन पनि यसैगरी हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ । छलफल...

  • २०७९ माघ ५, बिहिबार

    सभामुखमा एमालेका घिमिरे निर्वाचित

    काठमाडाैं - प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा १ सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् । मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको...

  • २०७९ माघ ४, बुधबार

    विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य राख्नुपर्ने

    काठमाडौं - मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रीहरुले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने निर्णय गरेको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विदेशी प्रतिनिधिहरूलाई मन्त्रीहरूले भेट्दा परराष्ट्र...

  • २०७९ माघ ४, बुधबार

    ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न कांग्रेसको ह्विप

    काठमाडौं - नेपाली कांग्रेसले सभामुख पदका आफ्नो पार्टीका उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज पार्टीका सांसदहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र उम्मेदवार न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा मतदान गर्न तथा देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका विपक्षमा मतदान गर्न ह्विप जारी...

  • २०७९ माघ ४, बुधबार

    सभामुखमा एमालेकाे तर्फबाट घिमिरेको मनोनयन दर्ता

    काठमाडाैं - प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले) का सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । उनको प्रस्तावकमा एमालेका सांसद सुवास नेम्वाङ, समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र...

  • २०७९ माघ ४, बुधबार

    सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

    काठमाडौं - सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, “विभूषणका सम्बन्धमा...

  • २०७९ माघ ३, मंगलबार

    सहमतिका साथ अघि बढ्न सर्वदलीय बैठकमा प्रधानमन्त्रीको प्रस्ताव

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न प्रस्ताव गरेका छन्। बालुवाटारमा मंगलबार बसेको विश्वासको मत दिने दलहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखलगायतमा सहमतिका साथ अघि बढ्न प्रस्ताव गरेका हुन्। सरकारका सन्दर्भमा सत्ता साझेदार दलबिचको सहमति नै लागू हुने भन्दै प्रचण्डले संवैधानिक पदहरुको...

  • २०७९ माघ ३, मंगलबार

    नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ ग्रहण

    काठमाडाैं - नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनलगायतलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति भण्डारीले आज मन्त्रिपरिषद्...

  • २०७९ माघ २, सोमबार

    मन्त्रिपरिषद् विस्तारको टुङ्गो आजै लाग्ने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन्। भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भएको भेटका क्रममा सो सहमति भएको भेटवार्ता सकेर बाहिरने क्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीसँग बताए। प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आजको छलफलमा...

  • २०७९ माघ २, सोमबार

    प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ राजदूतको भेट

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए । भेटका क्रममा चिनियाँ राजदूतले नयाँ वर्ष २०२३ को शुभकामना सन्देश हस्तान्तरण गर्नुका साथै नेपालको स्थायित्व,...

Pages