राजनीति
-
२०७९ पौष ३०, शनिबार
घनश्याम भुसाललाई नेकपा समाजवादीको सचिवालय सदस्यको जिम्मवारी
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मवारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सचिवालयको उक्त निर्णयलार्ई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ...
-
२०७९ पौष ३०, शनिबार
सरकार विस्तार गर्न प्रधानमन्त्री दाहाल र ओलीबीच भेट
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। आगामी माघ ५ गते...
-
२०७९ पौष २८, बिहिबार
न्यायको माग गर्दै कलङ्कीदेखि माइतिघरसम्म हिँडेरै प्रदर्शन
काठमाडौं - निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि भन्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । बिहीबार पनि अधिकारकर्मीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । उनीहरुले चरणबद्ध रुपमा आन्दोन चर्काइरहेका छन् । हाल उनीहरुले तेस्रो चरणका रुपमा आन्दोलन गरिरहेका हुन् । आन्दोलन स्वरुप आज उनीहरुले कलङ्कीदेखि पैदल र्याली गर्दै माइतीघर मण्डलामा विरोध कार्यक्रम गरे ।...
-
२०७९ पौष २८, बिहिबार
प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै...
-
२०७९ पौष २८, बिहिबार
छानविनमा प्रभाव पार्ने कोहीलाई पनि छाड्दिन : गृहमन्त्री लामिछाने
काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भए पनि कारवाही गर्ने बताएका छन् । बिहीबार आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने जिकिर गरे । अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने उल्लेख गरे । ‘कुनै पनि दलले अवराध अनुसन्धानमा...
-
२०७९ पौष २८, बिहिबार
मन्त्रिपरिषद् विस्तार टुंगाे लगाउन सत्ता साझेदार दलकाे बैठक बस्दै
काठमाडाैं - मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का...
-
२०७९ पौष २७, बुधबार
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
काठमाडौं - कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत...
-
२०७९ पौष २७, बुधबार
विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपियाे : प्रधानमन्त्री
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गाेरखा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको...
-
२०७९ पौष २७, बुधबार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त
काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ५८ जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेश गरेका उनलाई प्रदेश प्रमुखले बहुमत पुगेसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गिरीले नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी...
-
२०७९ पौष २७, बुधबार
मधेसमा जसपाले आज मुख्यमन्त्रीकाे दाबी पेस गर्ने
काठमाडाैं - मधेस प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धन दलले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भएका छन् ।जनता समाजवादी पार्टी(जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि विभिन्न सत्ता साझेदार दलका बढीभन्दा बढी सांसदहरूको समर्थन लिएर बुधबार बिहानै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको छ । प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार...
-
२०७९ पौष २६, मंगलबार
विश्वासको मत लिन कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे। आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘मैले हिजो...
-
२०७९ पौष २६, मंगलबार
माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सभामुखको निर्वाचन पनि साेही दिन
काठमाडौं -प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् । साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन् ।


