राजनीति
-
२०७९ पौष २३, शनिबार
प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं - नेपाली काँग्रेस संसदीय दलको पहिलो बैठक बस्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निष्कर्ष निकाल्न संसदीय दलको बैठक आज बस्न लागेको हो । यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उक्त समय संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज काँग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने जनाइएको छ । यही पुस २५ गतेदेखि...
-
२०७९ पौष २२, शुक्रबार
धुम्बाराहीमा देउवा-नेपालबीच भेटवार्ता
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष नेपालले सभापति देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेको बताइएको छ । यद्यपि, दुईबीचको भेटमा खास कुराकानी के भएको हो भन्ने विषयमा बाहिर यकिन जानकारी आएको छैन । तर, दुईबीचको भेटलाई निकै अर्थपूर्ण लिइएको छ ।...
-
२०७९ पौष २२, शुक्रबार
लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते
काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको शुक्रबारको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते गर्ने...
-
२०७९ पौष २०, बुधबार
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी
काठमाडौं - सत्ता सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । आज कार्यदलको बैठक बस्ने र केही...
-
२०७९ पौष १९, मंगलबार
निष्कर्षविहीन टुंगियो एकीकृत समाजवादीको बैठक
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो निष्कर्षविहीन टुंगिएको छ । मंगलरबार प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता हुने कि नहुनेबारे बसेको नेकपा एसको बैठक निष्कर्षविहीन टुंगिएको हो। बैठकमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको भनाइ थियो । तर, पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेताहरुको कुरामा असहमति जनाउँदै सरकारमा जान अस्वीरका गरे । पोलिटब्युरो बैठकपछि...
-
२०७९ पौष १९, मंगलबार
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई नेताहरुबीच अहिले छलफल जारी छ। समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा राष्ट्रपतिदेखि प्रदेश...
-
२०७९ पौष १९, मंगलबार
‘म्याच फिक्सिङ’ विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं - गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले...
-
२०७९ पौष १९, मंगलबार
सचिवहरुलाई प्रधानमन्त्रीकाे ३० बुँदे निर्देशन
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन् । सोमबार र मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सचिवहरुको कुरा सुनेपछि उनले विभिन्न ३० बुँदे निर्देशन दिएका हुन् । विकास खर्च कम हुनुको कारण खोज्दै प्रधानमन्त्रीले नीतिगत तहमा समस्या भए सुधारका प्रस्ताव ल्याउन सचिवहरुलाई आग्रह पनि गरे । वित्तीय प्रशासनको पूरा चक्र नै...
-
२०७९ पौष १९, मंगलबार
बालेनले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट
काठमाडाैं - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । प्रमुख शाह सर्वोच्च अदालतमा आफै उपस्थित भएर उक्त रिट निवेदन दायर गरेका हुन्। स्थानीय तहको निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्दै आयोगले प्रमख शाहसहित अन्य उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो ।...
-
२०७९ पौष १९, मंगलबार
कुलमान घिसिङद्वारा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बधाइ
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाइ दिएका छन् । मंगलबार मन्त्रालयमै पुगेर निर्देशक घिसिङले बधाइ दिएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही पुस ११ गते नेपाल सरकारको गृहमन्त्रीमा नियुक्त भएका छन् ।
-
२०७९ पौष १८, सोमबार
राष्ट्रपति निर्वाचनका विषयमा प्रधानमन्त्रीद्वारा परामर्श
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न...
-
२०७९ पौष १८, सोमबार
वर्तमान राजनीतिक परिवेश विषयमा ओली र भट्टराईबीच छलफल
काठमाडाैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । साेमबार साँझ बालकोटस्थित ओली निवास पुगेका भट्टराई र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे...


