STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८२ भाद्र २६, बिहिबार

    भोलि बिहान ११ बजेदेखि निषेधाज्ञा, राति कर्फ्यू

    काठमाडौं - नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा भोलि पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ । सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, भोलि (भदौ २७) गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । त्यस्तै, साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत...

  • २०८२ भाद्र २६, बिहिबार

    पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो

    काठमाडौं - काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो । काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो । अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच...

  • २०८२ भाद्र २६, बिहिबार

    देशभर पेट्रोलियम पदार्थको स्टक पर्याप्त

    काठमाडौं -  देशभर पेट्रोलियम पदार्थ स्टक पर्याप्त रहेको नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार स्टक पर्यात रहेको छ ।  उनले भने, सोमबारबाट सुरु भएको जेनजी आन्दोलन चर्किएपछि भारतीय नाकामा कडाइ गरेको थियो । तर पाइपलाइनबाट भने आपूर्ति नरोकिएको उनको भनाइ छ । ‘आज बिहानैदेखि भन्सार नाकाबाट पेट्रोलियम पदार्थ बोकेका गाडीहरू छुट्न थालेका छन्,’।  पाइपलाइनबाट पनि...

  • २०८२ भाद्र २६, बिहिबार

    कारागार विभागले भन्यो : भागेका कैदीबन्दी तत्काल फर्किनू

    काठमाडौं - कारागार व्यवस्थापन विभागले भागेका कैदीबन्दी र बालबन्दीहरूलाई तत्काल सम्पर्कमा आउन सूचना जारी गरेको छ । विभागले जेनजी आन्दोलनका नाममा भएको प्रदर्शनका दौरान देशभरका कारागार कार्यालय तथा बालसुधार गृहबाट भागेका कैदीबन्दी र बालबन्दीलाई फर्किन भन्दै अन्यथा कारबाही हुने चेतावनी दिएको छ । विभागका निर्देशन चोमेन्द्र न्यौपानले बिहीबार एक सूचना जारी गर्दै भागेका त्यस्ता कैदीबन्दी र बालबन्दी अर्को...

  • २०८२ भाद्र २६, बिहिबार

    नयाँ नेतृत्व टुङ्गो लगाउन जंगीअड्डामा आज निर्णायक वार्ता

    काठमाडौं - अन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश...

  • २०८२ भाद्र २६, बिहिबार

    प्रधानसेनापतिसँगको भेटपछि हर्क साम्पाङले भने - नेतृत्व लिन म रेडि छु

    धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले जेनजीले भनेजस्तै अन्तरिम सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन्। सैनिक मुख्यालयमा प्रधानसेनापति अशोकराज सिग्देललाई भेटेर निस्किनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै 'म त रेडि नै छु।' 

  • २०८२ भाद्र २६, बिहिबार

    जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुग्‍यो, हजारबढी घाइते

    काठमाडौं - जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३० पुगेको हो । समाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध जेनजीहरुले गरेको प्रदर्शनमा प्रहरीले दमन गरेको थियो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार ६१ जना घाइते उपचाररत छन् । मन्त्रालयका अनुसार काठमाडौंको सिभिल अस्पतालमा ६,...

  • २०८२ भाद्र २६, बिहिबार

    सुशीला हुँदैन, बालेन–हर्क चाहिन्छ भन्दै भद्रकालीस्थित जंगीअड्डा पुगे युवाहरू

    काठमाडौँ - सेनासँग जेनजीको वार्ता चल्दै गर्दा भद्रकालीस्थित जंगीअड्डामा भेला भएका युवाहरूले एक समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको विषयमा असन्तुष्टि पोखेका छन् ।  उनीहरुले जेनजीको नेतृत्व बालेन शाह र हर्क साम्पाङ जस्ता युवा गर्नुपर्ने माग गरेका हुन् । जेनजीहरुको तर्फबाट नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशील कार्कीको नाम अगाडि आएपनि उनीहरुले बालेन र हर्क जस्ता युवाहरू अगाडि आउनुपर्ने धारणा...

  • २०८२ भाद्र २६, बिहिबार

    जेनजी प्रतिनिधिको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा सरकार बनाऔं, कार्की तयार, बालेनको पनि समर्थन

    काठमाडौं - जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसमक्ष पठाइएको छ । एक उच्च सैनिक अधिकृतले भने, ‘उहाँहरूले सम्माननीयज्यूको नाम लिनु भएको छ, यद्यपि अझै अर्को समूहसँग समेत कुरा भइरहेको छ ।’ सेनाले पूर्वप्रधानन्यायाधीश कार्कीसँग समेत संवाद गर्ने जनाएको छ । बुधबार दिनभर जनेजी युवाले...

  • २०८२ भाद्र २५, बुधबार

    नयाँ नेतृत्वका लागि सुशिला कार्कीलाई बालेन्द्र शाहको समर्थन

    काठमाडौं - आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् । जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा मेयर बालेनले पनि समर्थन जनाएका हुन् । बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाम प्रस्ताव...

  • २०८२ भाद्र २५, बुधबार

    प्रधानमन्त्रीमा पूर्व प्रधानन्यायाधीश कार्की सिफारिस, जेनजीले अघि सारे साझा माग

    काठमाडौँ - डिस्कोर्डमा प्रायः दिनभर चलेको जेन जी युवाहरूको छलफलबाट आगामी अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम सिफारिस गर्ने सहमति जुटेको छ । भोटिङ पोल मार्फत सर्व स्वीकार्य नेतृत्वको रूपमा कार्कीको नाम टुङ्ग्याइएको हो । जेन जी आन्दोलनकर्मीहरूले आजै कार्कीको नाम प्रधान सेना पति समक्ष सिफारिस गर्ने बताइएको छ । प्रधान सेनापतिले देशको अन्तरिम प्रधानमन्त्री नियुक्तिका...

  • २०८२ भाद्र २५, बुधबार

    झलनाथ पत्नी बोल्नसक्ने अवस्थामा

    काठमाडौं । जेनजी आन्दोलनकारीको आगजनीमा परेकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार अहिले उपचाररत छिन् । उनको मृत्यु भएको हल्ला असत्य भएको सोही पार्टीका नेता एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए । हिजोको हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा पनि आगो लगाइदिएका थिए । त्यसवखत झलनाथ घरबाहिर थिए भने पत्नी रविलक्ष्मी घरमै थिइन् । घरबाट समयमै बाहिर...

Pages