राष्ट्रिय
-
२०८२ भाद्र २४, मंगलबार
आगजनीमा परी झलनाथ पत्नी रविलक्ष्मी चित्रकार घाइते, अवस्था चिन्ताजनक
काठमाडौं - प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् । उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको खबर प्राप्त भएको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
-
२०८२ भाद्र २४, मंगलबार
राष्ट्रपति भवन र पूर्व राष्ट्रपति भण्डारीको घरमा आगो लगाइयो
काठमाडौं - जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् । सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएको छ। यसबारे थप विवरण आउन बाँकी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र श्रीमती आरजु देउवा राणामाथि आक्रमण भएको छ। प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर जलाए यसैगरी जेनजी प्रदर्शनकारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवासमा आगजनी गरेका छन्...
-
२०८२ भाद्र २४, मंगलबार
राजीनामा दिएका प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू सेनाको सुरक्षामा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा सरकारी निवास बालुवाटारबाट निस्केको सुरक्षा स्रोतले पुष्टि गरेको छ । अहिले प्रधानमन्त्रीसहित अधिकांश मन्त्रीहरू र केही शीर्ष नेता नेपाली सेनाको सुरक्षामा अज्ञात स्थानमा रहेको स्रोतले जनाएको छ । भैंसेपाटी निवासबाट हेलिकप्टरबाट उद्धार गरिएका उपप्रधानमन्त्री विष्णु पौडेलसहित अधिकांश मन्त्रीहरू सेनाकै सुरक्षामा छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर...
-
२०८२ भाद्र २४, मंगलबार
सर्वोच्च अदालत जलेर तहसनहस
काठमाडौं- जेनजीका प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत र त्यहाँ रहेका कागजात पनि जलाइदिएका हुन् । उनीहरूले सिंहदरवारभित्र रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयलगायतका अन्य मन्त्रालयहरूमा पनि आगजनी गरेका छन् । अहिले प्रदर्शन झनै उग्र बन्दै गइरहेको छ ।
-
२०८२ भाद्र २४, मंगलबार
प्रदर्शनकारीले लगाए संसद् भवनमा आगो
काठमाडौं - प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।
-
२०८२ भाद्र २४, मंगलबार
राष्ट्रपतिको बोहराटारस्थित घर तथा गगन थापाको घरमा आगजनी
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूको छोराछोरीहरूको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरूले सोमबारदेखि देशभर प्रदर्शन भएको...
-
२०८२ भाद्र २४, मंगलबार
हिल्टन होटलमा आगजनी
काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । आक्रामक प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि हिल्टन होटलमा आगजनी गरेका हुन् । प्रहरी प्रधान कार्यालय नजिकै रहेको उक्त होटलमा आगजनी भएको हो । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा...
-
२०८२ भाद्र २४, मंगलबार
प्रधानमन्त्री ओलीको बालकोटको घरमा आगजनी
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ । प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष समेत रहेका ओली निवासमा मंगलबार आगजनी गरेका हुन्। प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री...
-
२०८२ भाद्र २४, मंगलबार
एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड
काठमाडौँ - प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन् ।
-
२०८२ भाद्र २४, मंगलबार
प्रचण्ड निवासमा आगजनी
काठमाडौँ - ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।
-
२०८२ भाद्र २४, मंगलबार
बानेश्वरमा संसद भवन अगाडि बिहानैदेखि प्रदर्शन सुरू
काठमाडौं - मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद भवन अगाडि केही मानिसहरू भेला भएका छन्। संसद भवनको मूल गेट अगाडि भेला भएका मानिसहरूले नाराबाजी समेत गरे। काठमाडौं प्रहरीले केही मानिसहरू अवस्था बुझ्न मात्रै जम्मा भएको भनेको छ। काठमाडौंको अन्य क्षेत्रमा पनि प्रदर्शन सुरू भएको छ। काठमाडौं महानगरमा पर्ने चक्रपथभित्रका भूभागहरुमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिसकेको छ। ललितपुर र भक्तपुरले...
-
२०८२ भाद्र २४, मंगलबार
सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं - सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई...


