राष्ट्रिय
-
२०८२ भाद्र २९, आइतबार
जेन–जीको नेता दाबी गर्ने सुधन गुरुङको पत्रकार सम्मेलनमा लफडा
जेन–जी आन्दोलनका बारेमा काठमाडाैंको रिपोर्टस् क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भाँडभैलो मच्चिएको छ । आफूलाई आन्दोलनको अगुवा दाबी गरेका सुधन गुरुङले पत्रकार सम्मेलन आयोजना गरेका थिए । पत्रकारहरूसँग चर्काचर्की परेपछि सुरु भएको विवाद कुटाकुटमा परिणत भएको हो । गुरुङलाई जेन–जी आन्दोलन 'हाइज्याक' गरेको आरोप लागिरहेको छ ।
-
२०८२ भाद्र २८, शनिबार
काठमाडौँमा कर्फ्यु र निषेधाज्ञा हट्यो
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको हो । विज्ञप्तिमा सुरक्षा संवेदनशीलताको आधारमा भदौ २६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्रसम्बन्धी आदेश भने कायमै रहेको जनाइएको छ ।
-
२०८२ भाद्र २८, शनिबार
कार्की प्रम भएलगत्तै प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले विघटनको सिफारिस गरेपछि राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि चुनाव मिति तोकेका छन्। कार्कीलाई युवा पुस्ता (जेन–जी)को आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त गरिएको थियो र उनले पहिलो मन्त्रिपरिषद् बैठकबाट संसद् भंग गरेकी हुन्। राष्ट्रपति रामचन्द्र...
-
२०८२ भाद्र २७, शुक्रबार
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ
काठमाडौँ - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धारा ६१ अनुसार राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका थिए । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,...
-
२०८२ भाद्र २७, शुक्रबार
संविधानको धारा ६१ अनुसार सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन–जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्तिपत्र पाएकी हुन् । नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा...
-
२०८२ भाद्र २७, शुक्रबार
अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउने सहमति, आजै शपथ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेको छ । सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै नियुक्त गरी शपथ गराउने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार कार्कीको शपथ ९ बजे हुनेछ । यसअघि नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो ।...
-
२०८२ भाद्र २७, शुक्रबार
संसद् विघटनको कारण हुन सकेन सहमति
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका निम्ति निरन्तर परामर्शमा जुटेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका निम्ति उनी शुक्रबार (भदौ २७) परामर्शमा जुटेका हुन् । राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी जेन-जीका प्रतिनिधि भएको वार्तामा कार्की र सुदन गुरुङले संसद् विघटन गर्नैपर्ने अडान राखेका छन् । तर प्रधानमन्त्रीको शपथ गराएर या त्यसपछि भन्ने...
-
२०८२ भाद्र २७, शुक्रबार
दुई दर्जन होटेलमा क्षति, कुल २५ अर्बको क्षति भएको प्रारम्भिक अनुमान
काठमाडौं - होटल संघ नेपाल (हान)ले यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ। संकलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको...
-
२०८२ भाद्र २७, शुक्रबार
नेपाली सेनाले बरामद गर्याे १३५ थान हतिहार
काठमाडौं - नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न स्थानबाट अहिलेसम्म १३५ थान हतियार बरामद गरेको छ। गएको बुधबार भएको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेको हो। त्यसैगरि झापाको भद्रपुर नगरपालिका-८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ। काठमाडौंको महाराजगञ्ज इलाकाबाट विभिन्न मोवाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद...
-
२०८२ भाद्र २७, शुक्रबार
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
काठमाडौं - जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा...
-
२०८२ भाद्र २७, शुक्रबार
मध्यरातको सहमति : सुशीला कार्की सरकार प्रमुख बन्ने
काठमाडौँ - शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शितल निवासमा जारी बैठकमा सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको हाे । यसअघि जेन-जी समूहकाेतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशाेकराज सिग्देल , सुशीला...
-
२०८२ भाद्र २७, शुक्रबार
ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा महाराजगञ्जमा दीप प्रज्वलन गरिएको छ। विहीबार साँझ मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनीहरूको योगदानको कदर गर्न सर्वसाधारण भेला भएका थिए। दीप प्रज्वलन कार्यक्रममा सहभागीहरूले मृतकहरूको तस्बिर राखी मैनबत्ती बालेर मौन धारण गरेका थिए। उनीहरूले आन्दोलनका क्रममा भएका मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको...


