STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ भाद्र १, मंगलबार

    ड्राइभिङ लाइसेन्सको परीक्षा खुकुलो बनाइयो

    काठमाडौँ - सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो ।...

  • २०७८ श्रावण ३२, सोमबार

    जनसांस्कृतिक महासङ्घको प्रशिक्षण

    काठमाडौँ - नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्रका समस्या तथा विकृतिलाई चिर्दै जनताको बहुदलीय जनवादको विचारका आधारमा मुलुकको समृद्धिका लागि स्रष्टाहरुले...

  • २०७८ श्रावण ३२, सोमबार

    मकवानपुर जिल्ला प्रशासनको आलोपालो सेवा प्रणाली

    जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई  आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न  फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नागरिकताको प्रतिलिपि र राहदानीका लागि आगामी भदौ ४ गते...

  • २०७८ श्रावण ३०, शनिबार

    नेवाः जागरण मञ्च जापानको चौथाे अधिवेशन हुँदै

    टोकियो -  नेवा:जागरण मञ्च जापानको चौथो अधिवेशन हुने भएको छ l मञ्चको हालै बसेको बैठकले विभिन्न निर्णय गर्दै मञ्चको चौंथौ अधिवेशन आउँदो अक्टोबर महिनामा गर्ने निर्णय गरेको हो l  बैठकले तेस्रो कार्यसमितिलाई पुनर्गठन  गर्दै चौथो अधिवेशन आयोजक समितिको रुपमा रुपान्तरित समेत गरेको छ l निवर्तमान अध्यक्ष जनकराज शाक्यले बताए अनुसार विविध कारणवश  मञ्चको अधिवेशन गर्न नसकिएकोमा क्षमा याचना गरेको  छ l बैठकले...

  • २०७८ श्रावण ३०, शनिबार

    बालबालिका ओसारपसार अपराधबारे अन्तरक्रिया सम्पन्न

    संवाद डबलीद्वारा आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।  नायक तथा चलचित्र निर्माता नवल खड्का प्रमुख अतिथी रहेको सो कार्यक्रममा कलाकार खडकाले राज्यले अभिभावकत्व नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताए । राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलिभगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको विचार व्यक्त गरे ।  कार्यक्रममा...

  • २०७८ श्रावण २९, शुक्रबार

    आज नाग पञ्चमी : घरघरमा नागको पूजा आराधना गरिँदै

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले आज नागपञ्चमीको निर्णय गरिएको...

  • २०७८ श्रावण २१, बिहिबार

    जयसिंह धामी बेपत्ता प्रकरण: स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

    दार्चुला - जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छ । मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको हो । जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन आउने उल्लेख गर्नुभएका गौतमले...

  • २०७८ श्रावण २०, बुधबार

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य जहाँ जान पनि तयार

    काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आफुलाई सरकारले जहाँसुकै पठाएपनि जान तयार रहेको बताएका छन् । बुधबार प्राधिकरणमा पत्रकारहरुसँग कुरा गर्दै कार्यकारी निर्देशक शाक्यले आफुलाई सरकारले अरु जिम्मेवारी दिन सकिन्छ कि भन्ने सन्दर्भमा सोधेको जानकारी दिदैँ उनले आफ्नो आवश्यकता महसुस गरेर सरकारले जहा पठाएपनि आफु तयार रहेको जवाफ दिएको बताउका हुन् । उनले आफु...

  • २०७८ श्रावण २०, बुधबार

    मेलम्चीमा वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न मन्त्री भुसालको निर्देशन

    काठमाडाैँ - सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पु¥याउन पहल थालेको छ । पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पु¥याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो । गत असारको क्षति मर्मत...

  • २०७८ श्रावण १०, आइतबार

    डेडिकेटेड र ट्रंक लाइनको महसुल नउठेकोमा मन्त्रीले मागे जवाफ

    काठमाडौँ - सरकारले लामो समयदेखि विवादको घेरामा रहेको डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन स्वयम् नेपाल विद्युत् प्राधिकरणलाई नै जिम्मेवार बनाउने भएको छ । प्राधिकरणमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्राधिकरणका जिम्मेवार कर्र्मचारीले किन महसुल उठाउन सकेनन्, के कारणले रोकियो भन्ने बारेमा आफूलाई स्पष्ट जवाफ चाहिने बताइन् । चरम लोडसेडिङको समयमा ३०९ उद्योगी तथा...

  • २०७८ श्रावण ९, शनिबार

    परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

    निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ ।  विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।”...

  • २०७८ श्रावण ९, शनिबार

    अबदेखि अनलाइनबाटै सवारी ब्लुबुक नवीकरण

    अबदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको ब्लुबुक अनलाइनबाटै नवीकरण गर्न सकिने भएको छ ।  यसका लागि सरकारले ‘विद्युतीय माध्यमबाट सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली  २०७८’ जारी गरिसकेको छ ।  शुक्रबार बागमती प्रदेश सरकारले अनलाइन प्रणाली सुरु गरेसँगै यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइन प्रणालीमार्फत गर्न पाइने भएको हो । यो सेवा हाल बागमती प्रदेशअन्तर्गतका यातायात व्यवस्था सेवा...

Pages