राष्ट्रिय
-
२०७८ बैशाख २५, शनिबार
सगरमाथाको आरोहण सुरु, कामीरिताले तोडे आफ्नै कीर्तिमान
यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मिटर) हिमालको आरोहण सुरु भएको छ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले नेतृत्व गरेको १२ जनाको शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा शुक्रबार साँझ सगरमाथाको चुचुरामा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो । डोरी टँगाइ टोली साँझ ६:०० बजे चुचुरामा पुगेर आरोहणको ढोका खोलेसँगै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक...
-
२०७८ बैशाख २४, शुक्रबार
सक्रिय हुँदै स्थानीय तह, आआफ्नै सङ्क्रमण व्यवस्थापन
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न जिल्लाका दशवटै स्थानीय तह जुटेका छन् । नयाँ भेरियन्टसहितको सङ्क्रमण तीब्रगतिमा फैलिरहेको अवस्थामा जिल्लाका स्थानीय तहले आ–आफ्नै तरिकाले आइशोलेसन कक्ष निर्माण गरिरहेका छन् । कोरोना भाइरसका सङ्क्रमितलाई राखेर उपचार गर्ने व्यवस्था मिलाउन जिल्लाका कतिपय स्थानीय तहले पुरानो आइशोलेनलाई नै ब्युँताएका छन् भने कतिपयले नयाँ आइशोलेसन कक्ष निर्माणमा जुटेका छन् ।...
-
२०७८ बैशाख २४, शुक्रबार
आजदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द
काठमाडौं - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान पनि रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो । मन्त्रिपरिषद्को वैशाख १९ मा भएको बैठकले कोरोना रोकथामका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल...
-
२०७८ बैशाख २२, बुधबार
२४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि, ५८ जनाले ज्यान गुमाए
पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
-
२०७८ बैशाख २१, मंगलबार
धनुषा, नवलपुर र हुम्लामा पनि निषेधाज्ञा
काठमाडौँ - कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले मंगलबारदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । त्यस्तै, नवलपरासी (बर्दघाट–सूस्तापूर्व...
-
२०७८ बैशाख २०, सोमबार
चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रम(सम्बोधनको पूर्ण पाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैंmँ आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरु...
-
२०७८ बैशाख २०, सोमबार
जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित
कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो । कोरोनाका कारण अवस्था प्रतिकूल रहेकाले मन्त्रिपरिषद्ले राष्ट्रिय जनगणना कार्यक्रम स्थगित गरेको जनाइएको छ । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे नयाँ मिति तोक्ने बताइएको छ । केन्द्रीय...
-
२०७८ बैशाख २०, सोमबार
४१ जिल्लामा निषेधाज्ञा आदेश जारी
सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् । शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो । आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा आज रातिदेखि आदेश...
-
२०७८ बैशाख १९, आइतबार
आन्तरिक तथा बाह्य उडान बन्द
सरकारले आन्तरिक तथा बाह्य उडान बन्द गर्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको कृषि मन्त्रि पद्मा अर्यालले बताइन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ गतेदेखि अन्तराष्ट्रिय उडान समेत बन्द गर्ने निर्णय गरेको छ । कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस...
-
२०७८ बैशाख १९, आइतबार
सूचना प्रविधिको प्रयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउनुपर्छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको उच्चतम उपयोग तथा सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने बताउनुभएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७८ का अवसरमा आज सूचना तथा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बालुवाटारबाट भर्चुअल रुपमा उद्घाटन गर्दै भन्नुभयो, “आम नागरिकलाई कम समय र कम लागतमा विना झन्झट र विना हैरानी सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्न ...
-
२०७८ बैशाख १९, आइतबार
सात हजार नयाँ सङ्क्रमित थप
देशभर गरिएको परीक्षणबाट हालसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्रमित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्रमण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना सङ्क्रमित...
-
२०७८ बैशाख १९, आइतबार
कोभिडविरुद्ध लड्न अमेरिकाले नेपाललाई थप ८५ लाख डलर दिने
काठमाडौं -कोभिडविरुद्ध लड्नका लागि नेपाललाई अमेरिकाले थप ८५ लाख डलर सहयोग उपलब्ध गराउने भएको छ । कोभिड–१९ विरुद्धको लडाईका लागि सो सहयोग प्रदान गरिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत् सो सहयोग प्रदान गरिएको दूतावासले विज्ञप्ती निकालेर जानकारी दिएको छ । ‘नेपालमा कोभिड–१९ को केसको संख्या बढेर फेरि असहज परिस्थिती सृजना हुन लागेको पृष्ठभूमिमा अमेरिकी...


