STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ श्रावण ९, शनिबार

    आजदेखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चल्ने

    काठमाडौँ - आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यातायात सञ्चालन  गरिने भएको हो । परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर...

  • २०७८ श्रावण ९, शनिबार

    आज गुरू पूर्णिमा मनाइँदै

    आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्न निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र...

  • २०७८ श्रावण ६, बुधबार

    स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी इद मनाउन देउवाको आग्रह

    प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गरेका हुन् । कोभिड–१९ को महामारीका कारण सामाजिक र...

  • २०७८ श्रावण ६, बुधबार

    आज देशभर बकर इद मनाइँदै

    मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा...

  • २०७८ आषाढ २३, बुधबार

    नेपालको दोस्रो लामो पुलमा बाढीले क्षति

    दाङ - दाङको देउखुरीको राप्ती नदीमा आएको बाढीले नेपालको दोस्रो लामो पुलमा क्षति पुर्याएको छ । पुलको छेउछाउमा बाढीले क्षति पुर्याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ । २०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण भइसकेको ६...

  • २०७८ आषाढ २२, मंगलबार

    विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिताको आयोजना हुने

    विश्वका हरेक कुनाकाप्चामा छरिएर रहेका नेवाः समुदायलाई संगठित बनाइ राख्ने उद्देश्यले आजभन्दा दश वर्ष अगाडि विश्व नेवाः संगठन ,वर्ल्ड नेवाः अर्गनाइजेसन यही ने.सं. ११४१ गुंलाथ्व चतुर्दशि ईश्वी संवत् अगस्त २१, २०२१ वि.सं. २०७८ साउन ५ गतेका दिन एक दशक पूरा हुँदैछ । यसै अवसरमा यस संगठनद्वारा पहिलो पटक ‘हलिं नेवाः न्ह्यसः लिसः कासा ११४१’ विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता २०७८ आयोजना गर्न लागेको छ ।...

  • २०७८ आषाढ २१, सोमबार

    मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोग स्रोतका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता गर्ने कार्यतालिका तयार भएको छ । असोज २० गते संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने...

  • २०७८ आषाढ १३, आइतबार

    १७ गतेदेखि आन्तरिक उडान अनुमति

    सरकारले १७ असारदेखि कोटा प्रणालीबाट आन्तरिक उडान खुला गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक घण्टामा टंक रुटमा उडान हुने ठूला जहाजका पाँचवटा र स्टलमा उडान हुने सानो जहाजको तीनवटा  उडान गर्ने गरी कोटा प्रणाली लागू गरेको छ । विमानस्थल कार्यालयले बनाएको तालिकाअनुसार विमान कम्पनीहरूले तालिकाअनुसार उडान गर्नुपर्ने उल्लेख गरिएको छ । तालिकाअनुसार सबैभन्दा बढी बुद्धले ३१ वटा उडान...

  • २०७८ आषाढ १२, शनिबार

    सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक

    काठमाडौं - स्वास्थ्य मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासन सकारात्मक रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । व्यवसायी र अधिकारीहरूबीच बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । करिब दुई महिनाअघिदेखि सार्वजनिक यातायात थन्किँदा मजदुर, सवारी धनी मर्कामा परेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य बताए...

  • २०७८ आषाढ ११, शुक्रबार

    चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

    काठमाडौं- प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो ।  इहिमालय टाइम्स...

  • २०७८ आषाढ ८, मंगलबार

    नेपाल प्रहरीका ५७ डीएसपीको सरुवा (नामावलीसहित)

    काठमाडौं - नेपाल प्रहरीका ५७ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको सरुवा गरेको हो । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट खान मिल्ने गरी सरुवा गरिएको प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले जनाएको छ । आजै एसपीहरुको पनि सरुवा भएको थियो ।

  • २०७८ आषाढ ६, आइतबार

    पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं - सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप...

Pages