STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ मङ्सिर १४, आइतबार

    पुनःनिर्माणका अनुभव र सिकाइबारे वेविनार सम्पन्न

    काठमाडौं – भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा हासिल भएका अनुभव तथा सिकाइबारे छलफल गर्न तथा सुझाव लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको दुई दिने वेविनारका सुझाव अभिलेख राख्न सहयोगी हुने भएको छ ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुई दिने वेविनारका क्रममा प्राप्त सुझाव तथा टिप्पणीले प्राधिकरणले तयार पार्न लागेको संस्थागत पत्र (कम्पेडियम) लाई पूर्णता दिन मद्दत...

  • २०७७ मङ्सिर १३, शनिबार

    थप १३८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी आज थप ५ सय १५ जना कोरोना संक्रमण मुक्त भएपछि हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा...

  • २०७७ मङ्सिर १३, शनिबार

    महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

    राष्ट्रिय  आदिवासी जनजाति महिला महासंघको आयोजनामा आदिबासी जनजाति महिला हिंसा विरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम हालै  सम्पन्न भएको छ । कोभिड–१९ को महामारीको दौरान आदिबासी जनजाति महिलामाथि भएका हिंसाका विषयलाई लिएर “लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता” नाराका साथ शुक्रबार नयाँ बानेश्वरको अल्फा हाउसमा महासंघले परामर्श कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा...

  • २०७७ मङ्सिर ११, बिहिबार

    सगरमाथाको नयाँ उचाइ घोषणा गरिने

    काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । उनले भनिन्, ‘सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि प्रस्ताव प्रस्ताव मन्त्रिपरिषद्मा लगेकी थिएँ । उक्त...

  • २०७७ मङ्सिर ११, बिहिबार

    आज हरिबोधिनी एकादशी, तुलसी विवाह गरिने

    काठमाडौँ – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा...

  • २०७७ मङ्सिर १०, बुधबार

    थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाकाे मृत्यु

    काठमाडाैं – पछिल्लाे २४ घण्टामा १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारिक वेभसाइटमा उल्लेख गरेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म १ हजार ३ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मात्र ३ हजार १ सय...

  • २०७७ मङ्सिर १०, बुधबार

    बर्दिवास घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थाल्याे

    काठमाडौं – महोत्तरीको बर्दिवासमा बालिकाको हत्यापछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान थालेको छ । बर्दिबास नगरपालिकाकी ६ वर्षीया बालिका गुलाब साह खातुनको हत्यापछि पक्राउ परेका आरोपितलाई कानूनी कारबाहीको माग गर्दै आफन्त तथा स्थानीयहरूले गरेको आगजनी तथा प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको थियो । आयोगको प्रदेश नं. २ कार्यालय जनकपुरबाट घटनाको स्थलगत अनुगमन भइरहेको प्रवक्ता...

  • २०७७ मङ्सिर १०, बुधबार

    बर्दिबासमा निषेधाज्ञा

    बर्दिबास : बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि बर्दिबासमा निषेधाज्ञा जारी भएको छ।  जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटुवालले जानकारी दिए ।  कटुवालका अनुसार बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

  • २०७७ मङ्सिर १०, बुधबार

    बालिका मृत्यु प्रकरणः घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित

    महोत्तरी - महोत्तरीको बर्दिवास फेरि आन्दोलित भएको छ । मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सञ्जय उपनामले चिनिने न्यौपाने हिजो मङ्गलबार...

  • २०७७ मङ्सिर १०, बुधबार

    पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग

    काठमाडौं – मानवाधिकारवादी नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले पद्मरत्न तुलाधरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरेका छन् । शंखधर दिवसको अवसरमा मंगलबार काठमाडौं लखुतीर्थस्थित पद्मरत्न तुलाधरको स्मृतिमा भएको विचार गोष्ठीमा श्रेष्ठले सो माग गरेका हुन् । शंखधर दिवस एवं नेपाल संवत् आन्दोलनका प्रणेता पद्मरत्न तुलाधरको स्मृतिमा आफ्नो मन्तव्य राख्दै श्रेष्ठले भने, “अन्तर्राष्ट्रिय रुपमै...

  • २०७७ मङ्सिर १०, बुधबार

    सबै देशहरुमा उडान अनुमति दिने सीसीएमसीकाे निर्णय

    काठमाडाैँ – कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ । सीसीएमसी निर्देशक समितिको म‌गलबार बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो । संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

  • २०७७ मङ्सिर १०, बुधबार

    आज र भोलि हरिबोधनी एकादशी, शेषनारायणमा मेला

    काठमाडौं – प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले आज र वेदमा आधारित भई कर्म गर्नेले भोलि मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम आजको एकादशी तिथि ५९ घडी नाघी भोलि बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने...

Pages