STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ पौष १४, मंगलबार

    सरकारसँग ४ बुँदे सहमतिपछि उखु किसानको आन्दोलन स्थगित

    काठमाडौं – चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको हाे । किसान प्रतिनिधिसंग भएको समझदारी पछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको  उद्योग, वाणिज्य तथा आपूर्ति...

  • २०७७ पौष १३, सोमबार

    नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको जन्मजयन्ती मनाइयो

    नेवाः पत्रकार राष्ष्ट्रिय दबु काे आयोजनामा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्गको  विशेष उपस्थिति मा  शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सो समारोहमा मन्त्री गुरुङ्गले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य...

  • २०७७ पौष १२, आइतबार

    प्रहरी र विप्लव समूहबीच गोली हानाहान

    संखुवासभा – नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समूह) र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएको छ । चैनपुर–४, मैदानेमा विप्लव समूहका माओवादी र प्रहरीबीच गोली हानाहान भएको हो । विशेष सुराकीका आधारमा गएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोलीमाथि विप्लव समूहका कार्यकर्ताले गोली चलाउन थालेपछि प्रहरीले समेत जवाफी फाइरिङ गरेको जनाइएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज...

  • २०७७ पौष १२, आइतबार

    लोडसेडिङ हैन प्राविधिक समस्या : विद्युत प्राधिकरण

    काठमाडौं - पछिल्लो समय काठमाडौं लगायत विभिन्न सहरमा दैनिकजसो झ्याप्प, झ्याप्प बिजुली जान थालेको छ । विद्युत प्राधिकरणको लापरबाहीले लोडसेडिङ सुरु भएको भन्दै नागरिकको गुनासो बढेको छ । तर, जाडो सुरु भएसँगै नेपालमा विद्युत खपत पनि बढ्दै गएका कारण उपकरणले धान्न नसक्दा केही ठाउँमा बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नेपाल विद्युत प्रवक्ता मदन तिमिल्सिनाले विद्युत् माग बढ्दा प्रणालीमै ओभर...

  • २०७७ पौष ११, शनिबार

    पाथीभरा मन्दिर नजिककाे वनमा भीषण डढेलो

    ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिककाे वनमा भीषण डढेलो लागेको छ। फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको छ । डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको जनाइएकाे छ । अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको स्थानीयले बताइएकाे छ । पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगलागी नियन्त्रणका लागि...

  • २०७७ पौष १०, शुक्रबार

    आज क्रिसमस डे मनाईंदै

    काठमाडौं - आज क्रिसमस, इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक, सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँछन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिइएको छ । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी यशु ख्रीष्टको सम्झना गरिँदैछ...

  • २०७७ पौष ८, बुधबार

    बेलायतबाट नेपाल प्रवेशमा

    काठमाडौं - नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपराह्न सिंहदरबारमा बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)को बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै, निर्देशक समितिले बेलायतबाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउनसमेत रोक लगाएको छ । प्रधानमन्त्री तथा...

  • २०७७ पौष ७, मंगलबार

    उखु किसानको भुक्तानी तत्काल दिन मानव अधिकार आयोगको आग्रह

    काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले किसानको उखुको मूल्य तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट सरकारी बाँकी सरह असुल उपर गर्न स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गरेका छन् । सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिएर बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीलाई...

  • २०७७ पौष ४, शनिबार

    अब क्वरेण्टीन र आइसोलेशन १० दिनमात्रै

    काठमाडौं – अब कोरोना सङ्क्रमण भए सङ्क्रमित १० दिनमात्रै क्वरेण्टीन तथा आइसोलेशनमा बसे हुने भएको हो । सरकारले कोभिड–१९ सङ्क्रमितको क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि घटाएर १० दिनमा झारेको हो । यसअघि सङ्क्रमित क्वरेण्टीन वा आइसोलेशनमा रहने समयावधि १४ दिन रहेको थियो । विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएपछि क्वरेण्टीन वा आइसोलेशनमा बस्नुपर्ने समय अवधि घटाइएको स्वास्थ्य तथा जनसङ्ख्या...

  • २०७७ पौष ४, शनिबार

    आज सर्वोच्च बार एसोसिएसनको चुनाव हुँदै

    काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ । बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ । सर्वोच्च बारमा ६ सय ५ जना कानुनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका...

  • २०७७ पौष २, बिहिबार

    उखु किसानको वक्यौता ७ दिनभित्र दिन लगाउन निर्देशन

    उखु किसानको वक्यौता रकम सात दिनभित्र भुक्तानीको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । उखु किसानको वक्यौता सात दिनभित्र भुक्तानी गराउने व्यवस्था मिलाई प्रतिवेदन समितिमा पेस गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति...

  • २०७७ पौष १, बुधबार

    क्लिनफिडका कारण अवरुद्ध च्यानलहरु पुनः सञ्चालनमा

    काठमाडौं – सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो । विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरु उपलब्ध...

Pages