राष्ट्रिय
-
२०७७ कार्तिक २५, मंगलबार
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं – मंगलबार दिउँसो काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हाे ।
-
२०७७ कार्तिक २५, मंगलबार
आज फाल्गुनन्दको जन्मजयन्ती, प्रदेश १ मा सार्वजनिक विदा
काठमाडौँ – किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउने गरिन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठ लगायतका कार्यक्रम आयोजना गरी मंगलबार उनको जन्मजयन्ती मनाइँदैछ । प्रदेश १ सरकारले मंगलबार सार्वजनिक विदा समेत दिएको छ । फाल्गुनन्द किराँत समुदायका धर्मगुरु...
-
२०७७ कार्तिक २४, सोमबार
छठ पूर्जा गर्न दिन माग
स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ । मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरोहर रहेकाले आफूहरु यो पर्व विश्वस्वास्थ्य सङ्गठन र सरकारको मापदण्डअनुसार सम्पन्न गर्ने जानकारी दिए । ...
-
२०७७ कार्तिक २४, सोमबार
काठमाडौँ उपत्यकामा मात्र २० हजार सक्रिय सङ्क्रमित
काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिनुभयो । यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा छ हजार ५९८ जना र...
-
२०७७ कार्तिक २४, सोमबार
थपिए २५७१ संक्रमित, थप १८ संक्रमितको मृत्यु
काठमाडाैं – पछिल्लाे २४ घन्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो आधिकारीक वेभसाइटमा उल्लेख गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना गरी हालसम्म १ हजार १ सय २६ संक्रमितको मृत्यु भएको छ । आज सोमबार कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै...
-
२०७७ कार्तिक २४, सोमबार
भाइटीका मनाउन मंसिर २ गते सार्वजनिक बिदा माग
काठमाडौं – नेवार समुदायले यही मंसिर २ गते भाइटीका मनाउने भएकाले सो दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले गरेको छ । समारोह समितिका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा पुगेको टोलीले सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसँगको भेटघाटमा महर्जनले सो माग राखेका थिए । प्रतिउत्तरमा मन्त्री श्रेष्ठले मंसिर २ गते नेवारहरुको भाइटीका परेकोले सो दिन सार्वजनि...
-
२०७७ कार्तिक २३, आइतबार
शंखधरको प्रतिमामा माल्यार्पण कार्यक्रम भीडभाडरहित हुने
आगामी मङ्सिर १ गते पर्ने नेपाल संवतको नयाँ वर्ष ११४१ का दिन मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्यार्पण कार्यक्रम यस वर्ष औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले कोभिड–१९ का कारण विगतका वर्षमा झै भव्यरुपमा कार्यक्रम नगरी...
-
२०७७ कार्तिक २३, आइतबार
थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । आज आइतबार कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६...
-
२०७७ कार्तिक २२, शनिबार
देशभर २७५३ संक्रमित थपिए, उपत्यकामा मात्र १५१२
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रमितको...
-
२०७७ कार्तिक २१, शुक्रबार
काष्ठमण्डप पुनःनिर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन
परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताउनुभएको छ । निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम भएकाले निर्माण समितिलाई धन्यवाद दिनुभयो । अवलोकनकै क्रममा...
-
२०७७ कार्तिक २१, शुक्रबार
धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै
बनेपा – काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो । वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै...
-
२०७७ कार्तिक २१, शुक्रबार
थप ३० जना संक्रमितको मृत्यु, थपिए ३,३०९ संक्रमित
काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै १ हजार ३४ संक्रमितको मृत्यु भएको छ । यसैगरी २४ घन्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । आज बुधबार कोरोनामुक्त भएर ३ हजार ८ सय ४४ जना डिस्चार्ज भएको मन्त्रालयको...


