राष्ट्रिय
-
२०७७ कार्तिक ६, बिहिबार
उपत्यकामा १५ सय बढी संक्रमित थपिए, देशभर ३६ सयबढीमा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा १२८३ , ललितपुरमा ११२ र भक्तपुरमा १५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३६ सय ३७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको मन्त्रालयले जनाएकाे...
-
२०७७ कार्तिक ६, बिहिबार
आज दसैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
काठमाडौं - नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व बडा दसैंको छैटौं दिन बिहीबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्। यस दिन पनि घटस्थापनाका दिन...
-
२०७७ कार्तिक ५, बुधबार
उपत्यकाका ३१०७ सहित देशभर ५७४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकाका ३ हजार १०७ जनासहित थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । बुधबार २६ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको...
-
२०७७ कार्तिक ५, बुधबार
आज दसैंको पाँचौ दिन : स्कन्दमाताको पूजा गरिँदै
काठमाडौं- नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ। स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ...
-
२०७७ कार्तिक ४, मंगलबार
बनेपा काभ्रेको कोरोना ‘हट–स्पट’ बन्दै
बनेपा – काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल...
-
२०७७ कार्तिक ४, मंगलबार
निःशुल्क परीक्षण तथा उपचारका लागि इन्सेकको आग्रह
काठमाडौँ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोभिड–१९ का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले गत असोज १९ गते आर्थिक स्थिति भएका बिरामीको उपचार तथा परीक्षण शुल्क यही कात्तिक २ गतेदेखि बिरामी...
-
२०७७ कार्तिक ४, मंगलबार
३ हजार ९३ जनामा संक्रमण पुष्टि, उपत्यकामा १ हजार ७ सय २ जना संक्रमित थपिए
काठमाडाैँ – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये...
-
२०७७ कार्तिक ४, मंगलबार
सप्तरीमा थारू सङ्ग्रहालय बन्दै
सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो सङग्रालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले सोमबार उद्घाटन गर्नुभयो । एक कठ्ठा क्षेत्रफलमा रु ६८ लाख ७५ हजारको लागतमा दुई तलाको...
-
२०७७ कार्तिक ४, मंगलबार
चाडबाडमा सचेत हुन गृहको निर्देशन
काठमाडौं - गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार...
-
२०७७ कार्तिक ४, मंगलबार
आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
काठमाडौं - नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने...
-
२०७७ कार्तिक ३, सोमबार
आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
काठमाडौं – दसैंको तेस्रो दिन मंगलबार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। यस दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ।...
-
२०७७ कार्तिक २, आइतबार
उपत्यकाका १६ सय ९८ सहित २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय ९८ जनासहित नेपालमा २९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १२ लाख ८३ हजार ३५४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका मात्र १४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरका १३० संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ।...


