राष्ट्रिय
-
२०७६ पौष ४, शुक्रबार
बालविकास केन्द्रप्रति बढ्दो आकर्षण
बागलुङ सदरमुकामस्थित विद्यामन्दिर बालविकास केन्द्रलाई सिद्धार्थ बैंक बागलुङले आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बालविकास केन्द्रको शैक्षिक गुणस्तर सुधारमा सहयोग गर्ने उद्देश्यले नगद रु २० हजार प्रदान गरेको हो । सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्रमा आउने बालबालिकालाई आवश्यक सामग्री खरिदको लागि प्रदान गरिएको नगद सिद्धार्थ बैंक बागलुङ शाखाका शाखा प्रमुख सुजित...
-
२०७६ पौष ४, शुक्रबार
प्रदेश नं ३ मा भ्रमण वर्षको शुभारम्भ सौराहाबाट हुने
प्रदेश नं ३ मा नेपाल भ्रमण वर्ष २०२० लाई चितवनको सौराहाबाट शुभारम्भ गरिने भएको छ । चितवनमा पुस १० ९२६ डिसेम्बर० देखि शुरु हुने १८औँ संस्करणको हात्ती महोत्सवको समयावधि थप गरेर भ्रमण वर्षको शुभारम्भमा गर्न लागिएको हो । यस वर्ष चार दिन हात्ती महोत्सवको समय थप गरेर भ्रमण वर्षको शुभारम्भ गर्न लागिएको क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । जनवरी ३ तारिखमा सौराहामा...
-
२०७६ पौष ४, शुक्रबार
बालविवाह अन्त्य गर्न छोरीलाई भत्ता
हिमाली जिल्ला हुम्लाका उच्च क्षेत्रमा बसोबास गर्दै आएका लामा समुदायका युवतीले पछिल्लो समय विद्यालयको पढाइ छोड्नेको क्रम बढ्दै गएको छ । जिल्लाको सिमकोट गाउँपालिका–१ दोजाम, वडा तीन लिमाटाङ, बरगाउँ, तोर्पा, हुटिक, गुम्पोत, लाङ्दु, वडा नं ४ को बुराउसे र उत्तरी नाम्खा गाउँपालिकामा पूरै लामा समुदाय बसोबास गर्दछन् । ती समुदायका युवायुवतीले पढाइमा भन्दा व्यापार व्यवसायमा बढी चासो दिने भएकाले वीचमा नै...
-
२०७६ पौष ४, शुक्रबार
दुई श्रीमती विदेश, श्रीमान् घर कुरुवा।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको तनाव पैदाभयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए । एकदिन राममायाले कठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । उनले पनि सहजै स्वीकारे । अन्ततः राममायाले...
-
२०७६ पौष ४, शुक्रबार
‘पत्रकारिता सुशासन प्रवद्र्धनमा केन्द्रित हुनुपर्र्छ’
स्थानीय तहको सुशासन प्रवद्र्धनमा पत्रकारले नीतिगतलगायत विषय उठान गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकाले त्यसतर्फ ध्यान जानुपर्नेमा जोड दिइएको छ । पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुईदिने ‘पुनर्ताजगी पत्रकारिता तालीम’का प्रशिक्षक एवं वरिष्ठ पत्रकारले यस विषयमा जोड दिनुभएको हो । सो अवसरमा अन्नपूर्णपोष्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले सङ्घीय...
-
२०७६ पौष ३, बिहिबार
पोखराको रत्न मन्दिर खुला गर्ने तयारी
सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ । फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन् । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला...
-
२०७६ पौष ३, बिहिबार
मानवमूत्र प्रयोगसम्बन्धी तालीम सम्पन्न
‘पिसाबलाई हिसाबमा रुपान्तरण गरौँ’ भन्ने नाराका साथ ‘मानवमूत्र सङ्कलन र प्रयोग’ सम्बन्धी तीनदिने तालीम सन्धिखर्कको किमडाँडामा सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिकाको आयोजनामा भएको सो तालीममा किमडाँडाका अगुवा किसान, विद्यार्थी र शिक्षक गरी १०० जनाको सहभागिता रहेको थियो । तालीमको समापन अवसरमा सन्धिखर्क नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले कृषि उत्पादन वृद्धि गर्न खेर गइरहेको मानवमूत्र र...
-
२०७६ पौष ३, बिहिबार
पारस्परिक जवाफदेहितासम्बन्धी पत्रकारिता तालीम शुरु
पारस्परिक जवाफदेहिता कार्यक्रमअन्तर्गत इक्वेल एक्सेस नेपालले आयोजना गरेको दुई दिने पुनर्ताजगी पत्रकारिता तालीम बुधबारदेखि यहाँ शुरु भएको छ । इक्वेल एक्सेस नेपालले विगत वर्षहरूमा आयोजना गरेको खोजमूलक पत्रकारिता तालीम र पैरवी अनुगमन तथा निगरानी तालीमपछि देशभर क्रियाशील रहेका ३४ जिल्लाका पत्रकार तालीममा सहभागी छन् । तालीमपछि उठान गरिएका विषय तथा प्रकाशन भएका समाचारले स्थानीय विकास खासगरी शिक्षा,...
-
२०७६ पौष ३, बिहिबार
कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती
जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुनुपर्ने बाध्यता भएको छ । जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, चार नायब सुब्बा, दुई खरिदार र करारका एक कम्प्युटर अपरेटरमात्र कार्यरत छन् । कर्मचारी अभावका कारण सेवाग्राहीलाई समस्या उत्पन्न हुने गरेको छ । “कार्यालयमा दुई वटा प्रशासकीय...
-
२०७६ पौष ३, बिहिबार
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको ‘हर दिन प्रशिक्षण’ अभियान
बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिनुभयो । “दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिकरुपमा...
-
२०७६ पौष ३, बिहिबार
पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका...
-
२०७६ पौष ३, बिहिबार
पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट
नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र...


