राष्ट्रिय
-
२०७६ पौष ३, बिहिबार
पर्यटकका लागि थारु सङ्ग्रहालय खुला गरिँदै
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका...
-
२०७६ पौष ३, बिहिबार
पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट
नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिीरका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो । यसअघि बागलुङ सदरमुकाममा मात्र फाइबर प्रविधिको इन्टरनेट सेवा उपलब्ध रहेको थियो । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले म्याग्दीको गलेश्वरमा बुधबार सो सेवाको शुभारम्भ गर्दै इन्टरनेट र...
-
२०७६ पौष ३, बिहिबार
तालिका बनाई काम गर्न कार्यालय प्रमुखलाई मुख्यमन्त्रीको निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । आज प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई कालिकोटमा निर्देशन दिँदै उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनले मात्र आर्थिक समृद्धि हासिल हुने र जनताको जीवनस्तर माथि उठ्ने छ भन्नुभयो । सो अवसरमा...
-
२०७६ पौष ३, बिहिबार
मोतियाफाँटा अझै बनेन नमूना बस्ती
भारतसँग सीमा जोडिएको मुक्त हलिया बसोबास गर्ने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ मोतियाफाँटा बस्ती अझै नमूना गाउँ बन्न सकेको छैन । बस्तीमै आएर यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले गरेको वाचा पूरा भएको छैन । खानेपानी, बस्नका लागि आवास, आवतजावतका लागि सहज सडकको व्यवस्था हुन सकेको छैन । रोजगारीको व्यवस्था नहुँदा अधिकांश बासिन्दाले तीन महिना भारतीय ऊखु फार्ममा थोरै ज्यालामा काम गर्दै आएका छन्...
-
२०७६ पौष ३, बिहिबार
भरतपुर अस्पतालमा थप सुविधा र सुधार भएन
भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन , उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया रहेको अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको दरबन्दी कम भएको जानकारी दिनुभयो । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी...
-
२०७६ पौष ३, बिहिबार
ब्लक उद्योगबाट मनग्य आम्दानी
विदेशमा तीन वर्ष काम गरेर फर्कनुभएका सिन्धुली घ्याङलेक गाउँपालिका वडा नं ३ का सन्तबहादुर श्रेष्ठ यतिबेला बनेपास्थित नयाँबस्तीमा ब्लक उद्योगमा काम गर्दै आइरहनुभएको छ । मलेशियामा श्रमका लागि जानुभएका उहाँले त्यसरी नै खटेर काम गर्नसकेमा नेपालमा नै बसेर काम गर्न सकिने भन्दै घर फर्केपछि काम खोज्न थालेको र अहिले बनेपामा दुई वर्षदेखि ब्लक उद्योगमा काम गरिरहेको बताउनुभयो । त्यसअघि घरको प्लास्टर गर्ने...
-
२०७६ पौष ३, बिहिबार
रङ्गशाला बनाउन ठेला पसलमा बदाम ,पानी,मःम । बिक्री शुरु
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तरी फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ । रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल सञ्चालनमा ल्याइएको फाउण्डेसनका अध्यक्ष सीतारम कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार ठेलामा फलफूल, बदाम, पानी लगायतका वस्तु विक्री गरिएको छ । अब मःम, चाउमिन, चना जस्ता खाद्यवस्तु...
-
२०७६ पौष ३, बिहिबार
प्याजको विकल्पमा मेथी र जिरा
प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ । प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग...
-
२०७६ पौष ३, बिहिबार
चिसोले सिरहाको जनजीवन कष्टकर
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका कारण बजार तथा सार्वजनिकस्थलमा चहलपहल कम हुने गरेको छ । बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन् । जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरुको हाथमुख जोड्ने समस्या हुन थालेको छ । अत्यधिक...
-
२०७६ पौष ३, बिहिबार
देशभर चिसो वृद्धि उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस
पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ । बुधबार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री सेल्सियस थियो । आज उपत्यकामा यो वर्षकै कम ३ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । तापक्रम घटेसँगै उपत्यकामा बढी चिसो महसुस गरिएको छ । पश्चिमी वायुको प्रभावले देशभर तापक्रम घट्ने क्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाले...
-
२०७६ पौष २, बुधबार
ललितपुरमा साइकल ऐन निर्माण हुने
ललितपुर महानगरपालिकाले नेपालमा पहिलो साइकल ऐन निर्माण गर्ने भएको छ । महानगरपालिकाले मङ्गलबार आयोजना गरेको ‘ललितपुर महानगरपालिकाको साइकल ऐनबारे प्रस्तुतीकरण तथा छलफल’ कार्यक्रममा महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपालमा साइकल ऐनको वकालत गर्ने पहिलो स्थानीय सरकार आफ्नो महानगरपालिका हुने भएको जिकिर गर्नुभयो । उहाँले महानगरपालिकाले साइकल चढ्ने व्यक्तिलाई प्रोत्साहन गर्न आवश्यक योजना बनाएर अघि...
-
२०७६ पौष २, बुधबार
चिटिक्क झ्याडी बस्ती नयाँ घर सरे माझी
रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर...


