relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ पौष २, बुधबार

    पाँच माझी समुदायलाई एकीकृत बस्ती

    पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गर्नुभएका दुई बालकको घर बन्ने भएको छ । अध्यक्ष प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गर्नुभएको अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो । भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँस निर्मित अव्यवस्थित घरमा बस्दै आएका छन् । अभिभावकत्व...

  • २०७६ पौष २, बुधबार

    महोत्तरीमा चिसोले जनजीवन प्रभावित

    महोत्तरीसहितका मध्यपूर्वी तराईमा चिसोको कहर निकै बढेको छ । मङ्गलबार मध्याह्नपछि लगातार चिसो स्याँठसँगैको हावाले लगलगी कमाउने जाडो बढेपछि महोत्तरीसहितका मध्यपूर्वी तराईको जनजीवन अत्यन्त कष्टकर बनेको हो । मङ्गलबार अपराह्नपछि घाम देखिन छाडेर लगातार तुसारो परेसँगै चिसो सिरेटो चलिरहेको छ । यसअघि गत शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको पानीले बढाएको चिसो मङ्गलबार अपराह्नपछिको तुसारोसहितको सिरेटोले...

  • २०७६ पौष २, बुधबार

    कार्यपालिका सदस्यको परिवारलाई सात लाख आर्थिक सहयोग

    बरियारपट्टी गाउँपालिकाले केही महिनाअघि ग्यास सिलिन्डर विस्फोटमा परी निधन भएका आफ्ना कार्यपालिका सदस्य ललिताकुमारी यादवको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । मृतक यादवका परिवारलाई गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोले रु सात लाखको चेक हस्तान्तरण गर्नुभयो । मृतक यादवका जेठा छोरा तुलसीरामलाई उक्त चेक हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष महतोले जानकारी दिनुभयो । गत वैशाख १० गते घरमै खाना पकाउने...

  • २०७६ पौष २, बुधबार

    फोटो पत्रकार सङ्घ कास्कीको अध्यक्षमा पौडेल

    नेपाल फोटो पत्रकार सङ्घ कास्कीको छैटाँै अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सङ्घको उपाध्यक्षमा नारायणप्रसाद आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहसचिव रमेश पुन, कोषाध्यक्षमा सुरेशकुमार श्रेष्ठ तथा सदस्यमा अशेष शाक्य र सञ्जय शाक्य सर्वसम्मतरूपमा चयन हुनुभएको हो । जनआन्दोलन २०६२÷६३ अप्ठ्यारो अवस्थामा सङ्गठनको आवश्यकता महसुस गरी गठन गरिएको सङ्घले आन्दोलनको वृत्तचित्र,...

  • २०७६ पौष २, बुधबार

    महागढीमाईमा रु १७ लाख भेटी

    बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । करिब एक हप्ता लगाएर गनिएको सो रकम रु १६ लाख ७० हजार ८६० रहेको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । गनिएको सो रकमको ४५ प्रतिशत रु सात लाख ५१ हजार पुजारी...

  • २०७६ पौष २, बुधबार

    बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा आएको छ । रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा करीब आठ वर्षमा सो हल निर्माण सम्पन्न भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले मङ्गलबार संयुक्त रुपमा हलको शुभारम्भ गर्नुभयो । हल ८१ फिट लम्बाइ, ५७ फिट चौडाइ र ३५ फिट उचाइको रहेको जनाइएको छ । विसं...

  • २०७६ पौष २, बुधबार

    महाकवि सङ्ग्रहालय निर्माण हुँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणानुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीर्ण घर आफ्नो स्वामित्वमा लिएपछि नेपाल प्रज्ञा प्रतिष्ठानले ‘देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि प्रक्रिया अघि बढाउने भएको छ । काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा मङ्गलबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको हो । विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले...

  • २०७६ पौष २, बुधबार

    मौसमको खराबीले दुई हेलिकप्टर खेल मैदानमा अवतरण

    पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा आज बिहान १०ः१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ । बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहेपनि फर्कने क्रममा...

  • २०७६ पौष २, बुधबार

    चितवनमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा

    चितवनमा विषादी अवशेष दु्रत विश्लेषण परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । भरतपुर–२ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि ल्याइएका तरकारी र फलफूलमा रहेको विषादीको परीक्षण मङ्गलबारदेखि शुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफूल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला सञ्चालनमा आएको हो । प्रयोगशालाले बजारमा आएका तरकारी र...

  • २०७६ पौष २, बुधबार

    झापामा पर्यटकीय क्षेत्रको विकास र विस्तार गरिँदै

    झापाका पर्यटकीय क्षेत्र विकास र विस्तार गर्न सरकारले चालू आर्थिक वर्ष २०७६÷७७ मा रु १५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । प्रदेश नम्बर १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत खर्च हुने गरी जिल्लाका ३७ पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्न सो बजेट विनियोजन भएको पर्यटन बोर्ड काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले जानकारी दिनुभयो । पन्ध्र स्थानीय तह रहेको झापामा सबैभन्दा बढी बजेट...

  • २०७६ पौष १, मंगलबार

    जब सिडिओ आफैँ टिकट जाँच गर्न हिँडेपछि।।

    यातायात व्यवसायीले तोकिएको भाडा दरभन्दा बढी असुलेको गुनासो आएपछि सोमबार प्रमुख जिल्ला अधिकारी जनकराज पन्तलगायत सरोकारवालाको टिमले यात्रुहरुको टिकट जाँच आफँै गरेको छ । गाडीभित्र गएर प्रत्येक यात्रुबाट टिकट मागेर बढी रकम फिर्ता गराई सचेत गराएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । भेरी नगरपालिकाको कुदुमा गएर अनुगमन गर्दा बढी रकम लिएको फेला परेको हो । सदरमुकामभन्दा पैदल तीन घण्टा टाढाको दूरीमा...

  • २०७६ पौष १, मंगलबार

    मेलुङमा दुई करोड सुन्तला उत्पादन

    दोलखा जिल्लाको उत्पादनको भण्डारका रूपमा मानिने दक्षिणी गाउँपालिका मेलुङमा वार्षिक रु दुुई करोड बराबरको सुन्तला उत्पादन हुने गरेको छ । कृषि उत्पादनको राम्रो सम्भावना बोकेको मेलुङ गाउँपालिकाको विभिन्न क्षेत्रमा वार्षिकपमा दुई करोड रकम बराबरको सुन्तला उत्पादन हुने गरेको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो । मेलुङ गाउँपालिका समुद्री सतहदेखि ३३० मिटरको उचाइ सितलीदेखि तीन हजार ३००...

Pages