relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर २९, आइतबार

    स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान

    मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद सागमा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी श्रेष्ठ मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी हुनुहुन्छ । भव्य नगरपरिक्रमा पछि सम्मान गर्दै नगर प्रमुख श्रेष्ठले मन्देकाजीले नेपाली खेलकूदको इतिहासमा २० वर्षपछि सागमा देशलाई दुई स्वर्ण पदक दिलाएर मध्यपुरथिमिसँगै...

  • २०७६ मङ्सिर २९, आइतबार

    निकुञ्जको बाघले गाउँ पसेर दुःख दिन थाल्यो

    बाँके राष्ट्रिय निकुञ्जले बाघको आक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । गतकात्तिक २४ गते पाटेबाघको आक्रमणबाट कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र २७ गते राप्तीसोनारी–८ बालापुरका ६० वर्षीया ठगी खड्काको मृत्यु भएको थियो । दुवै मृतकका परिवारलाई राहत स्वरुप रु १० लाख रकम उपलब्ध गराइएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी...

  • २०७६ मङ्सिर २९, आइतबार

    बेलिब्रिज सञ्चालनमा

    गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई सो सडक सञ्जालले जोड्छ । शनिबारदेखि गाईघाटबाट दिक्तेलसम्म डेढदर्जन ठूला र साना सवारीका साधन सञ्चालन हुन थालेको गाईघाट–दिक्तेल सडक कार्यालयका प्राविधिक राजेन्द्र जोशीले जानकारी दिनुभयोे । नौ वर्षअघिदेखि निर्माण शुरु भएको...

  • २०७६ मङ्सिर २९, आइतबार

    चिसोले जनजीवन प्रभावित

    सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ । हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग...

  • २०७६ मङ्सिर २९, आइतबार

    भानुभक्तीय टोपी निर्माण गर्न अनुदान

    तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालीम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो । नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालीम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिनुभयो । रु १७ हजार ५०० पर्ने उक्त मेसिनका लागि नगरपालिकाले...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    स्वास्थ्य चौकी भवन उद्घाटन

    तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । रु एक करोड ४४ लाख दुई हजार ९२७ को लागतमा आवाससहितको भवन निर्माण भएको हो । दुई तल्लामा १३ कोठा रहेको उक्त भवनमा ६ कोठा स्वास्थ्य कर्मीहरुका लागि कार्यालय र आवास तथा सात कोठा स्वास्थ्य परीक्षणको लागि प्रयोग गरिएको छ । सङ्घीय सरकारको आर्थिक लगानी तथा भवन निर्माण डिभिजन कार्यालय गोरखाको प्राविधिक सहयोगमा...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    ‘श्रमिकले समान पारिश्रमिक पाउनुपर्छ’

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले अरु देशका श्रमिक जस्तै नेपालका श्रमिकले पनि समान पारिश्रमिक ज्याला पाउनुपर्ने बताउनुभएको छ । ‘विदेशबाट आउने विप्रेषणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रमको आज हरिवनमा सम्बोधन गर्दै उहाँले अन्य देशका श्रमिकसरह नेपालका श्रमिकले समान ज्याला पाउनुपर्ने विषयमा आफूले पहल गर्न लागेको जानकारी गराउनुभयो । “अरु देशका...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    रुकुमपूर्वका हिमशृंखला सेताम्मे

    बिहीबारको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् । चार÷पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    नयाँ नक्सा अविलम्ब जारी गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    सुस्त श्रवण भएका बालबालिकालाई कम्मल वितरण

    सगरमाथा सिमेन्ट प्रालि घोराहीले राप्ती बहिरा सङ्घ तुलसीपुरलाई ७० थान कम्मल प्रदान गरेको छ । सङ्घले सञ्चालन गर्दै आएको छात्रावासमा बसोबास गर्ने सुस्त श्रवण भएका बालबालिकालाई जाडोबाट बचाउनका लागि बिहीबार उक्त परिमाणको कम्मल प्रदान गरेको हो । सो अवसरमा सङ्घका निर्देशक प्रतिमा शर्माले छात्रावासमा नै आएर बालबालिकालाई कम्मल वितरण गरेकोमा धन्यवाद दिनुभयो । सो छात्रावासमा साविकको राप्ती अञ्चलका पाँच वटै...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भव्य रुपमा मनाउने

    काठमाडौं महाननगरपालिकाले भोलि २८ र पर्सि २९ गते दुई दिन काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भव्य रुपमा मनाउने कुरा आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले बताउनु भएको छ । मेयर शाक्यले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नु भएको छ कि ‘केही व्यक्तिहरु कुनै न कुनै बहाना खोजिरहेका हुन्छन् । कतिपयलाई चाहिँ सामाजिक सञ्जालमा राख्नका लागि पनि केही–केही बहाना चाहिन्छ । समाचारमा...

  • २०७६ मङ्सिर २७, शुक्रबार

    कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई मन्त्रीको निर्देशन

    श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले कुनै पनि बहानामा ढिलासुस्ती नगर्न तथा कामचोर प्रवृत्ति नदेखाउन निर्देशन दिनुभयो । “नेपाल सरकारले अहिले कर्मचारी र जनप्रतिनिधिको कामको मूल्याङ्कन गर्दैछ”, उहाँले भन्नुभयो, “नेपाल...

Pages