relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर १५, आइतबार

    आममाफी दिने गरी कानून बन्दैन अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनामा आममाफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज शहीद बुद्धिमान पाख्रिनको १७औँ स्मृतिका अवसरमा शहीद बुद्धिमान स्मृति प्रतिष्ठान दोलखाद्वारा आयोजित कार्यक्रममा उहाँले द्वन्द्वकालका हत्या, बलात्कारजस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने...

  • २०७६ मङ्सिर १४, शनिबार

    बालक्लव नै बालविवाहको माध्यम

    मुगुको मुगुम कार्मारोङ गाँउपालिका–८ माङ्ग्रीस्थ्ति बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत सीता कामी र छिरिङ कामी बालक्लवमा आबद्ध छन् । उनीहरु दुवै सरकारी तथा गैह्रसरकारी संस्थाका बालअधिकार संरक्षण तथा बालविवाह न्यूनीकरणसम्बन्धी तालीम, गोष्ठी, बैठक र छलफलमा पुगिरहन्छन् । बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक देखाउन गाउँ–गाउँमासँगै पुगेर उनीहरु बालविवाह नगर्न गाउँका धेरैलाई सचेतना दिँदै हिँडिरहेका हुन्छन्...

  • २०७६ मङ्सिर १४, शनिबार

    कक्षाकोठामै बनाउन थाले विद्यार्थीले लिम्पियाधुरासम्मको नक्सा

    झापाको कचनकबलस्थित लक्ष्मी माध्यमिक विद्यालयमा लिम्पियाधुरासम्मको नेपाली भू–भाग समेटेर विद्यार्थीलाई नेपालको नक्सा बनाउन सिकाइएको छ । कक्षा ७ को सामाजिक शिक्षा विषयमा ‘राष्ट्रियता’ सम्बन्धी पाठ पढाउने क्रममा शुक्रबार लिम्पियाधुरासम्मको भू–भागसहित नक्सा कोर्न सिकाइएको सामाजिक शिक्षक रत्न बुढाथोकीले जानकारी दिनुभयो । सुगौली सन्धीमा नेपालको पश्चिम सीमा कालीनदी कायम भएको र कालीनदीको मुहान...

  • २०७६ मङ्सिर १४, शनिबार

    भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध

    पश्चिमी पर्साको ठोरी गाउँपालिका–३ स्थित ठुटेखोलामा भारतीय पक्षले जबर्जस्ती एकतर्फी कुलो बनाएर पानी लैजाने गरेकामा ठोरीवासीले निन्दा गरेका छन् । ठोरीमा आयोजित कार्यक्रममा ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्यबहादुर लामाले भारतीय पक्षले पानी मुहान थुनेर दुईवटा कुलो बनाई भारततर्फ पानी लैजाने गरेको बताउनुभयो । ठुटे खोलाको पूर्वतर्फको भिरसँगै रहेको तीनवटा कुलोमध्ये दुईवटा ठूला कुलाबाट भारतीय पक्षले...

  • २०७६ मङ्सिर १४, शनिबार

    आज उपनिर्वाचन ः मतदान शुरु

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गर्नुभएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    कृषि अनुदानको अवस्था बुझ्न मन्त्री नै स्थलगत अनुगमनमा

    प्रदेश नं ५ सरकारले किसानका लागि वितरण गरेको कृषि अनुदान रकममा सञ्चालन भएका योजनाको जिल्लामा नै पुगेर स्थलगत अनुगमन थालेको छ । कृषि क्षेत्रको विकास र किसानको जिवनस्तर माथि उकास्न प्रदेश सरकारले उपलब्ध गराएको कृषि अनुदान रकमको प्रभाव र यसको कार्यान्वयनको अवस्था बारे बुझ्न प्रदेश सरकार कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्रीसहितको उच्चस्तरीय टोलीले विभिन्न जिल्लाको अनुगमन गरेको हो । प्रदेशसभाको कृषि...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि

    जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन् । चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ । भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    हिमाली भेगमा हिमपात

    जिल्लाका उच्च हिमाली भेगमा हिमपात भएको छ । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । हिमाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । असोजपछि पहिलोपटक पानी पर्न थालेको हो । आकाशको पानीले खेती गर्नु पर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका छैनन् । पानी पर्न थालेपछि किसानलाई केही आश थपिएको कृषि ज्ञान केन्द्र...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज

    चितवन मेडिकल कलेजले सरकारसँग भएको सहमतिअनुसार बढी लिइएको रकम फिर्ता वा समायोजन गर्ने प्रक्रिया शुरु गरेको जनाएको छ । कलेजले बिहीबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मङ्सिर १० गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको अध्यक्षतामा मेडिकल कलेजका सञ्चालकसहितको बैठकपछि भएका सहमति कार्यान्वयन प्रक्रियाअन्तर्गत बढी लिइएको शुल्क फिर्ता वा समायोजनको प्रक्रिया शुरु गरेको जनाएको हो । कलेजका अध्यक्ष एवं...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    पनौती विश्व सम्पदामा सूचीकृत हुने

    ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेकोसमेत नगरपालिकाले जनाएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    खानेपानी र कृषि कार्यालयमा अझै कर्मचारी अपुग

    प्रदेश सरकारमातहत रहेका डडेल्धुराका अधिकांश कार्यालयमा अझै कर्मचारीको अभाव रहेको छ । कर्मचारीको अभाव हुँदा सेवाग्राहीले सहजै सेवा पाउन सकिरहेका छैनन् । जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेरेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुरामा १३ कर्मचारीको दरबन्दी रहेकामा...

  • २०७६ मङ्सिर १३, शुक्रबार

    मध्य पहाडमा पाइने सालक सिरहामा भेटियो

    सिरहाको सुखीपुरमा फेला परेको मध्यपहाडी क्षेत्रमा मात्र पाइने अनौठो जनावर सालक वन कार्यालयको जिम्मा लगाइएको छ । सुखीपुर नगरपालिका–१० निवासी कारी साहको करेसाबारीमा बिहीबार साँझ फेला परेको सालक डिभिजन वन कार्यालय लहानलाई जिम्मा लगाएको हो । झट्ट हेर्दा यो जीव अनौठो र तराई मधेशमा कहिले नदेखिएको र कसैलाई नाम पनि थाहा नभएको सो जनावर रौँ हेर्दा गोहीजस्तो देखिन्छ । उक्त जनावर सालक भएको डिभिजन वन कार्यालय...

Pages