राष्ट्रिय
-
२०७६ मङ्सिर १३, शुक्रबार
उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण
उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवम् पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गर्नुभएको छ । काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुग्नुभएका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं...
-
२०७६ मङ्सिर १३, शुक्रबार
माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध
करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि ब्यास नगरपालिका–५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ । करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो । वडा अन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारवाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।...
-
२०७६ मङ्सिर १३, शुक्रबार
ठेकेदारको लापरवाहीले बेनी अस्पतालको भवन अलपत्र
तोकिएअनुसारको काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरवाहीका कारण भवन बनिसक्नुपर्ने समयमा आधा पनि प्रगति हुन नसकेको हो । गत असारदेखि कार्यक्षेत्र छोडेका मजदूर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन् । तीनतले ५० श्ययाको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी...
-
२०७६ मङ्सिर १३, शुक्रबार
उपत्यकाको तापक्रम घट्दो क्रममा
केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ”, उहाँले भन्नुभयो, “आज काठमाडौँ उपत्यकाको...
-
२०७६ मङ्सिर १३, शुक्रबार
झ्याउमा प्रतिबन्ध लगाउँदा राजश्व घाटा
झ्याउ सङ्कलन तथा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न यहाँका व्यवसायीले माग गरेका छन् । राज्यले हचुवाको भरमा झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाउँदा आफ्नो लगानी डुबेको भन्दै जडीबुटी व्यवसायीहरुले वैज्ञानिक अध्ययन गरी संकलन तथा निकासीको वातावरण मिलाउन सरकारसँग माग गरेका छन् । राज्यले झ्याउ सङ्कलन तथा निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसायीले आफूहरु मारमा परेको बताएका छन् । “राज्यले नीति...
-
२०७६ मङ्सिर १२, बिहिबार
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर...
-
२०७६ मङ्सिर १२, बिहिबार
दाइजोको रकमबाट बालबालिकालाई न्यानो कपडा
विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाउनुभएको हो । बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उहाँको पारिवारिक स्रोतले...
-
२०७६ मङ्सिर १२, बिहिबार
स्वच्छतामा ध्यान नदिने पाउरोटी उद्योगमा शिलबन्दी
खाद्य पदार्थको स्वच्छतालाई बेवास्ता गरी मापदण्ड विपरीत उद्योग सञ्चालन गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले झापाले यहाँका एक पाउरोटी उद्योगमा शिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय नेतृत्वको टोलीले बुधबार गरेको बजार अनुगमनका क्रममा खाद्य पदार्थको स्वच्छतलाई बेवास्ता गरी मापदण्ड विपरीत संचालित भएको फेला पारेपछि...
-
२०७६ मङ्सिर १२, बिहिबार
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
कृषि उद्यममा लगानी बढाइरहेको गोल्यान एग्रो प्रालिले झापा गाउँपालिका–७ को मदरगाछमको अढाई बिघा जग्गामा पहिलोपटक यसै वर्षदेखि ‘ड्रागन फ्रुट’को खेती शुरु गरेको छ । सिउडी प्रजातिको यो फल अति गुलियो, स्वादिलो र महङ्गो मानिन्छ । दुई वर्षमा फल्ने यो फलको लहरामा लगातार २५ वर्षसम्म फल लागिरहन्छ । कपडा, धागोलगायतका उद्योग सञ्चालन गरिरहेको गोल्यान घरानाले नयाँ उद्यममा लगानी बढाएको हो । प्रालिले मदरगाछमा ‘...
-
२०७६ मङ्सिर १२, बिहिबार
महिला हिंसा अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउनुपर्छः मन्त्री गुरुङ
नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानुनहरुको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने बताउनुभएको छ । उहाँको सम्मानमा बुधबार गृह जिल्ला दोलखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले महिला हिंसा, बाल विवाह गर्ने जस्ता सामाजिक विकृतिको अन्त्यका लागि सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेविसङ्घका कार्यकर्तामाथि आक्रमणको निन्दा
नेपाली काँग्रेसले शान्तिपूर्ण रुपमा छलफलमा भाग लिई फर्केका नेपाल विद्यार्थी सङ्घका कार्यकर्तामाथि सत्तारुढ नेकपानिकट अनेरास्ववियुका कार्यकर्ताबाट आक्रमण भएको भन्दै निन्दा गरेको छ । नेपाल कमर्श क्याम्पस, मीनभवनमा बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसङ्घ र अनेरास्ववियुको बीच छलफल सकेर बाहिर निस्कने क्रममा सो घटना भएको थियो । सो क्याम्पसका अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल...
-
२०७६ मङ्सिर १२, बिहिबार
नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर
अति संवेदनशील विष्फोटन पदार्थ इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ । नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको...


