relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर १७, मंगलबार

    पूँजीगत खर्च हुन सकेन

    जिल्लाको विकासका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेटमध्ये चालू आर्थिक वर्षको पहिलो चार महिनामा १ दशमलव ९४ प्रतिशत मात्र खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार प्रदेश सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको रु दुई अर्ब पाँच करोड १२ लाख ५८ हजारमध्ये प्रथम चौमासिकमा जम्मा रु तीन करोड ९७ लाख ४९ हजार ६३७ खर्च भएको हो । कार्यालयका कोष नियन्त्रक शरदचन्द्र शर्मा भट्टराईका...

  • २०७६ मङ्सिर १७, मंगलबार

    राहतको आशमा पाँच महिना बित्यो

    बाढी, पहिरोले घरखेत बगाएको पाँच महिना पूरा भए पनि पीडितले अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । गत असार २८ गते मुड्केचुला गाउँपालिका–१ काँशिला खोला डोल्पामा आएको बाढीले यहाँका स्थानीयवासीको घरखेत, खानेपानी र विद्युत् बगाएपछि समस्यामा परेका स्थानीयवासीले अझै राहत पाउन सकेका छैनन् । पहिरोका कारण यहाँका ११ घरपरिवारको थाकथलो नामनिसान नरहने गरी उठेबास बनाएको थियो । तीन गाउँको खानेपानी, विद्युत्...

  • २०७६ मङ्सिर १७, मंगलबार

    महासचिव गुटेरर्सद्वारा जलवायु परिवर्तनको क्षेत्रमा व्यापकपरिवर्तन हुने गरी काम गर्न आह्वान

    संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरर्सले छिटो र गम्भिर तरिकाले सोचेर जलवायु परिवर्तनको क्षेत्रमा आमूल परिवर्तन हुने गरी काम गर्न विश्व जगतलाई आह्वान गर्नुभएको छ । स्पेनको म्याड्रिडमा सोमबारदेखि शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन ९कोप–२५० को उद्घाटन सत्रमा उहाँले सो आह्वान गर्नुभएको हो । महासचिव एन्टोनियो गुटेरर्सले...

  • २०७६ मङ्सिर १७, मंगलबार

    केराबाट मःमः देखि सोमोसासम्म

    सामान्यतया हामी केरा पाकेपछि छोडाएर खान्छौँ । केराको स्वाद लिन धेरै जानेको यो एउटा तरिका हो तर अहिले केराका अनेक उत्पादन बन्न थालिसकेका छन् । इलामको रोङ गाउँपालिका–६ सलकपुरका विकास राईले केराका ४० भन्दा बढी परिकार बनाएर बिक्री वितरण गरिरहनुभएको छ । गाउँपालिकाको सहयोगमा कैलालीमा गएर तालीम लिएर फर्किएका राईले गाउँमै उत्पादित केराबाट मःमः, समोसा, मिटवल, चिप्स, निम्की, जुस, वाइन, कपौडा, खीर, अचार,...

  • २०७६ मङ्सिर १७, मंगलबार

    महाकालीको बगरमा पुरिँदै मुख्य सीमास्तम्भ

    चार वर्षअघि महाकाली नदीमा आएको बाढीका कारण ढलेको मुख्य स्मास्तम्भ जीर्णोद्धार नहुँदा बगरमा पुरिँदै गएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेटी क्षेत्रमा पर्ने महाकाली नदीको बगरमा रहेको नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत चार वर्षदेखि बगरमा अलपत्र अवस्थामा रहेको छ । “नेपाल र भारतका सीमा सुरक्षाकर्मी यहाँ आएर सीमास्तम्भको निगरानी राख्ने गरेको भए पनि मर्मतका लागि कसैको ध्यान पुगेको छैन”,...

  • २०७६ मङ्सिर १७, मंगलबार

    प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङमा

    प्रदेश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई दशमलव शून्य आठ प्रतिशत रहेको जानकारी दिइएको छ । त्यसमा महिला ४२ हजार ६८१ र पुरुष...

  • २०७६ मङ्सिर १७, मंगलबार

    सागमा आज पन्ध्र खेल हँुदै, कुन खेल कहाँ

    नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्पर्धा हुँदैछ । ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल र ट्रायथलन पोखरामा हुनेछ भने बाँकी खेल काठमाडौँमा हुनेछ । भलिबल–...

  • २०७६ मङ्सिर १७, मंगलबार

    ‘भर्चुअल’ बन्दै सामुदायिक विद्यालय

    सूचना र प्रविधिले विश्वव्यापकता पाएको धेरैपछि नेपालका विद्यार्थीले बेला मौकामा कम्प्युटर, टेलिभिजन र प्रयोगशाला देख्न थालेका थिए । त्यस्ता साधन देखिँदा अनेक प्रश्नसहित विद्यार्थी झुम्मिन्थे । शिक्षकका लागि पनि यो नवीन विषय हुन्थ्यो तर अब शिक्षण पद्धतिमा सूचना तथा सञ्चार प्रविधिको पहुँच अनिवार्य र सहज भइसकेको छ । मुलुकका बहुदलीय व्यवस्थाको पुनःस्थापना भएका बखत शहरी तथा सीमित सार्वजनिक र निजी...

  • २०७६ मङ्सिर १७, मंगलबार

    बृहत् बुद्ध परिपथः लुम्बिनी पर्यटन विकासको आधार

    नेपाल सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको...

  • २०७६ मङ्सिर १७, मंगलबार

    चार हजार पुनःनिर्माण लाभग्राही थप

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ४२ हजार ७४२ गुनासो सम्बोधन सम्पन्न गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको छ । प्राधिकरण कार्यकारी समितिको सोमबारको बैठकले छुट तथा पुनःजाँच सर्वेक्षणबाट प्राप्त गुनासो विश्लेषणपछि ती भूकम्प प्रभावितलाई लाभग्राही कायम गरेको हो । कार्यकारी समितिले ४१० जनालाई सम्भावित लाभग्राही र दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको छ । त्यसैगरी ३५ हजार ७९...

  • २०७६ मङ्सिर १६, सोमबार

    उपनिर्वाचन २०७६ःपचास स्थानको नतिजा सार्वजनिक

    प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपा अग्रस्थानमा छ । हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी...

  • २०७६ मङ्सिर १६, सोमबार

    जनताको आशा र भरोसा टुट्न दिनेछैनः भट्टराई

    प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा उम्मेदवार विद्या भट्टराईले जनताले आफूमाथि गरेको आशा र भरोसालाई टुट्न नदिइने बताउनुभएको छ । मङ्सिर १४ गते सम्पन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचन परिणामपछि विजयको प्रमाणपत्र ग्रहण गरेसँगै आइतबार साँझ पत्रकारसँग कुरा गर्दै उहाँले जनताले जुन उत्साहका साथ मतदान गरेर जिताउनुभयो अबको बाँकी समय तिनकै सेवक भएर बिताउँछु भन्नुभयोे । “राजनीतिमा अझै पनि धेरै चुनौती छन्...

Pages