राष्ट्रिय
-
२०७६ कार्तिक २९, शुक्रबार
कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’
बा¥ह मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पोल्ने पर्व पनि लिएर आएको गाउँका अगुवाहरु बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आई खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ । पछिल्लो समय भुस पोल्ने पर्वकै अवसरमा अर्गल खेलकूद विकास...
-
२०७६ कार्तिक २९, शुक्रबार
उपनिर्वाचन २०७६ ः त्रिपक्षीय भिडन्त
आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्गे्रसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी र टोल...
-
२०७६ कार्तिक २९, शुक्रबार
किलागल महोत्सव शनिबार
भ्रमण वर्षलाई लक्षित ‘शुभकामना साँझ तथा किलागल महोत्सव’ यही कात्तिक ३० गते किलागलमा गरिने भएको छ । काठमाडौँ महानगरपालिका–१८ ले आयोजना गर्ने उक्त महोत्सवमा त्यस क्षेत्रका परम्परागत संस्कृति, पुराना बाजा तथा सङ्गीत एवं सम्पदाका चित्र प्रदर्शनीका साथै यमरी, बारा, समयबजीलगायत नेवारी परिकार खरीद बिक्रीको व्यवस्था छ । किलागल क्षेत्रका विभिन्न गुठी, सङ्घसंस्थाले परम्परागत धाबाजा, बाँसुरी, धीँलगायत बाजा...
-
२०७६ कार्तिक २९, शुक्रबार
डम्पिङसाइट व्यवस्थित नहँुदा सास्ती
डडेल्धुरा सदरमुकाम क्षेत्रमा जम्मा भएको फोहर फाल्नका लागि व्यवस्थित स्थान नहुँदा नगरको सौन्दर्य बिग्रनाका साथै दुर्गन्धको समस्या बढ्न थालेको छ । अमरगढी नगरपालिका–७ को कुयली गाउँमा निर्माण गरिएको डम्पिङसाइटमा फालिएको फोहरको दुर्गन्ध सदरमुकामसम्म फैलिएको छ । झण्डै १५ वर्ष पहिले स्थानीय बासिन्दाको जमीन भाडामा लिई निर्माण गरिएको डम्पिङसाइटमा खुलारुपमा फोहर फाल्ने गरिएको छ । फोहरका कारण नजिकै रहेको...
-
२०७६ कार्तिक २९, शुक्रबार
महसुल उठाउन लाइन काट्दै प्राधिकरण
नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको हो । गत वर्षको मङ्सिरदेखि नै बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने काम शुरु गरिए पनि तिहारपछि दिक्तेल बजारमा मात्रै ४० ग्राहकको लाइन काटिएको केन्द्र प्रमुख रामदिनेशराय यादवले...
-
२०७६ कार्तिक २९, शुक्रबार
शून्य दरबन्दीमा १२ विद्यालय
पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा आएको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी...
-
२०७६ कार्तिक २९, शुक्रबार
कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ । सो कुरा राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल जय सेकुलोद्धारा बिहीबार जारी वक्तव्यमा उल्लेख गरिएको छ । अभियोजनकर्ताहरूको मागपछि एउटा फौजदारी अनुसन्धानअन्तर्गत ती कागजपत्र उपलब्ध गराउन म्यानहाटनको अदालतले ट्रम्पका नाममा आदेश दिएको थियो । न्युयोर्क स्थित जिल्ला वकिलको...
-
२०७६ कार्तिक २९, शुक्रबार
विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण
योङ लिभिङ फाउण्डेशनको सहयोगमा निर्मित जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । करीब रु एक करोडको लागतमा निर्माण भएको आठकोठे भवनको साँचो गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइराला र योङ लिभिङ फाउण्डेशनका नेपाल निर्देशक सुवास सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवन कुमाललाई हस्तान्तरण गर्नुभएको हो । फाउण्डेशनको आर्थिक सहयोग र...
-
२०७६ कार्तिक २९, शुक्रबार
मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु
नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर फोरजी सेवा विस्तार गरेको नेपाल टेलिकमका निमित्त प्रमुख प्रकाश चौधरीले बताउनुभयो । जिल्लाका प्रमुख बजारमा फोरजी सेवा...
-
२०७६ कार्तिक २८, बिहिबार
विभिन्न पुरस्कार प्रदान गर्ने घोषणा
नारी साहित्यकारहरुको संस्था आँचल साहित्यकला पुञ्जले यस वर्ष प्रदान गर्ने विभिन्न पुरस्कार तथा सम्मान प्राप्त गर्ने व्यक्तित्वहरुको नाम सार्वजनिक गरेको छ । संस्थाले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७६ बाट काठमाडौँकी समाचालोक÷कवि डा विन्दु शर्मा, प्रतिभा धिताल छन्द पुरस्कार–२०७६ बाट तनहुँकी प्रभा भट्टराई, ईश्वर...
-
२०७६ कार्तिक २८, बिहिबार
निजामतिमा उमेर हद साठी वर्ष बनाउन सहमति
लामो छलफल र बहसपछि निजामति सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्याससमेतलाई ध्यान दिएर उमेर हद वृद्धि गर्ने प्रस्तावमा सहमति भएको हो । समितिबाट पारित...
-
२०७६ कार्तिक २८, बिहिबार
‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तरराष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिनुभएको छ । अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम०को एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशक डा मारिया नेनेट्टे मोटसले बुधबार आफूसँग गर्नुभएको शिष्टाचार भेटमा उहाँले श्रमिक पठाउने अस्वस्थ प्रतिस्पर्धाले...


