राष्ट्रिय
-
२०७६ कार्तिक २७, बुधबार
रुपामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी
नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ । पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ...
-
२०७६ कार्तिक २७, बुधबार
राससकर्मी सम्मानित
राष्ट्रिय समाचार समिति रासस का बेझाड र रामपुर समाचारदाता सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित हुनुभएको छ । पाल्पाको रामपुरमा सञ्चालनमा रहेको सामुदायिक रेडियो रामपुरको ११ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार उहाँहरु सम्मानित हुनुभएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल र रेडियो सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाले संयुक्त रुपमा उहाँहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको छ ।...
-
२०७६ कार्तिक २७, बुधबार
आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक स् गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उहाँले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिनुभयो । “संगठित अपराध, लागूऔषध, मानव...
-
२०७६ कार्तिक २७, बुधबार
माछा मार्दा करेन्ट लागेर एकको मृत्यु
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र...
-
२०७६ कार्तिक २७, बुधबार
गुरुवागाउँ मेला भेडा जुधाएर बहादुरी
नेपालगञ्ज उपमहानगरपालिका–१९ वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुग्नुभएको छ । बाँकेको जानकी गाउँपालिका–५ बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा नियमित ३० वर्षदेखि भेडा जुधाउन आउने गर्नुभएका घनश्याम यो वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिनुहुन्छ । “लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ”, गुरुवागाउँ मेलामा भेडासहित भेटिनुभएका घनश्यामले...
-
२०७६ कार्तिक २७, बुधबार
सीमा मिचिएको विरोधमा प्रदर्शन
राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् । विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अङ्कित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर आज भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा...
-
२०७६ कार्तिक २७, बुधबार
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप मिनी पानीजहाजको परीक्षणयात्रा टेष्ट ड्राइभ यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा क्रुज निर्माणकार्य भइरहेको छ । क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध...
-
२०७६ कार्तिक २७, बुधबार
राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीच आपसी हित, आर्थिक साझेदारी र विकासका विषयमा समेत छलफल भएको भेटवार्तामा सहभागी काङ्ग्रेस नेता डा नारायण खड्काले जानकारी दिनुभयो । भेटमा सभापति देउवाले व्यापार, ‘कनेक्टिभिटी’, जलविद्युत् आयोजना निर्माण र नेपालबाट विद्युत् खरीद गर्ने विषयलाई...
-
२०७६ कार्तिक २७, बुधबार
पहाड–मधेशलाई जोड्दै संस्कृत शिक्षा
संस्कृृत शिक्षा पढ्ने चाहले मधेश झरेका पहाडी दुर्गम जिल्लाका विद्यार्थीको महोत्तरीको मटिहानीमा बाक्लो उपस्थिति छ । मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयमा पढ्न आउने विकट पहाडी जिल्लाका विद्यार्थीको आत्मीय व्यवहारले पहाड–मधेश सम्बन्ध प्रगाढ बनाउन सहयोग गरेको यहाँका बासिन्दा बताउँछन् । संस्कृत शिक्षा पढ्न पहाडबाट झरेका विद्यार्थी अनुशासित, सहृदयी र मिहिनेती रहेका मटिहानीवासीको...
-
२०७६ कार्तिक २७, बुधबार
कामपाको ‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावकारिता न्यून
काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो । कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकहरु...
-
२०७६ कार्तिक २७, बुधबार
तीनै तहका सरकारबीच समन्वय अभावले समस्या
मुुलुकमा रहेका तीनै तहका सरकारका बीचमा समन्वय नहुँदा जिल्लामा विकासले गति लिन नसकेको धारणा पर्वतमा आयोजित एक कार्यक्रमका सहभागीले व्यक्त गरेका छन् । जिल्ला समन्वय समिति पर्वतले आयोजना गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समीक्षा कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले सङ्घ, प्रदेश र स्थानीय तहका बीचमा समन्वयको अभाव खड्किएकाले जनअपेक्षाअनुसारका काम हुननसकेको बताएका हुन् । कार्यक्रमका सहभागीले स्थानीय...
-
२०७६ कार्तिक २७, बुधबार
‘फेवातालमा खुम्चिएको पर्यटन अब गाउँमा’
नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर । आफैँमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ । तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले मात्रै पोखरा बाहिरका शहर तथा गाउँको भ्रमण गर्छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सन् २०१९ ले पोखरा आउने...


