राष्ट्रिय
-
२०७६ कार्तिक २६, मंगलबार
देशभर चिसो वृद्धि
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् समिर श्रेष्ठका अनुसार बिहान आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । चिसो निरन्तर बढ्दो क्रममा रहेको...
-
२०७६ कार्तिक २६, मंगलबार
दश वडा कार्यालय स्वास्थ्य संस्थाविहीन
जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १० वडाकार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । उहाँका...
-
२०७६ कार्तिक २६, मंगलबार
राष्ट्रियताको विषयमा देश एक ढिक्का छ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताउनुभएको छ । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाउनुभएको बैठकमा सबैको एकमत भएको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको...
-
२०७६ कार्तिक २६, मंगलबार
पोखरामा आँखादान कार्यक्रम बुधबार
पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान गरेर संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको...
-
२०७६ कार्तिक २६, मंगलबार
एघार महिलाको निःशुल्क शल्यक्रिया
वातावरणीय कृषि तथा विकास केन्द्र केडको सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गराइएको हो । जिल्लामा महिला प्रजनन अधिकारसम्बन्धी काम गर्दै आएको उक्त संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका आठ महिलाको...
-
२०७६ कार्तिक २६, मंगलबार
धनगढीमा विश्व नेपाली साहित्य महोत्सव फागुनमा
कैलालीको धनगढीमा आउँदो फागुन ६ देखि १२ गतेसम्म विश्व नेपाली साहित्य महोत्सव २०७६ को आयोजना गरिने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा हुनलागेको साहित्य महोत्सवमा संसारभरिका नेपाली साहित्यकारको सहभागिता हुने सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थलका रूपमा रहेको काली कर्णाली क्षेत्रको गौरवगाथालाई माथि उकास्ने उद्देश्यले...
-
२०७६ कार्तिक २५, सोमबार
बेसहारा सडक मानवमुक्त नगर अभियान
दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ । बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब नयाँ जीवन पाउने भएका छन् । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा तिनटोलियमा भर्खरै स्थापना भएको मानवसेवा आश्रमस्थलमा अहिले आठ जना बेसहारा मानिसलाई उद्धार गरेर उनीहरुलाई उचित बास, खाना र उपचारको प्रबन्ध मिलाइएको आश्रमका अध्यक्ष...
-
२०७६ कार्तिक २५, सोमबार
मन्त्री पोखरेलद्वारा अनशन तोड्न आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उहाँलाई अपिल गर्नुभयो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि...
-
२०७६ कार्तिक २५, सोमबार
काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न
काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको लागि मानवीय तरिकाले महानगरीय कुकुर व्यवस्थापन कार्यक्रम मनुमित्र मार्फत आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न गरिसकेको छ । कामपाले तीन वर्षअघि बढाएको सो कार्यक्रमअन्तर्गत समाजमा अझै छरिएर रहेका छ हजार यस्ता कुकुरको बन्ध्याकरण हुन बाँकी नै रहेको छ । ललितपुरमा रही घरपालुवा तथा जङ्गली जनावरको हक...
-
२०७६ कार्तिक २५, सोमबार
डेन्टल फेसियल सेन्टर सञ्चालन
धनगढीमा नेपाल डेन्टल फेसियल सेन्टर आइतबारदेखि सञ्चालनमा आएको छ । डेन्टल फेसियल सेन्टर सञ्चालनसँगै यस क्षेत्रका बासिन्दाले डेन्टल र फेसियलसम्बन्धी अग्रिम उपचार गर्नका लागि काठमाडौँ अथवा भारत जानुपर्ने बाध्यता घट्दै जाने भएको छ । धनगढीमै कार्यरत पाँच जना डाक्टरको टिमले रु छ लाखको लगानीमा नेपाल डेन्टल फेसियल सेन्टर स्थापना गरेको हो । धनगढीसहित सुदूरपश्चिम प्रदेशभरी डेन्टल र फेसियलसम्बन्धी अग्रिम...
-
२०७६ कार्तिक २५, सोमबार
ताङग्यामा मोबाइल सेवा विस्तार
भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङग्या गाउँमा मोबाइल फोन सेवा विस्तार गरिएकोे छ । नेपाल टेलिकमले ताङग्यामा बिटिएस टावर स्थापना गरेर सो सेवा विस्तार गरेको हो । पैँतिस घरधुरीको बसोबास रहेको त्यस गाउँमा आइतबारदेखि मोबाइल फोन सेवा शुरु भएको नेपाल टेलिकम जोमसोम शाखाका कर्मचारी महेन्द्र गुरुङले बताउनुभयो । विद्युत् सुविधा नभएकाले सौर्य ऊर्जा जडान...
-
२०७६ कार्तिक २५, सोमबार
पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान
झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउनुभएको छ । दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको उहाँले बताउनुभयो । “अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरेलले...


