राष्ट्रिय
-
२०७६ कार्तिक २७, बुधबार
‘बङ्गलादेशीहरु नेपाललाई स्वर्ग मान्छन् ’
नेपाल बङ्गलादेश मैत्री सङ्घले बङ्गलादेशसँगको कूटनीतिक सम्बन्ध मजबुत बनाएर अन्य सम्बन्ध अगाडि बढाउन सुझाव दिएको छ । पहिले कूटनीतिक सम्बन्ध बलियो बनाउन सकेमा शिक्षा, स्वास्थ्य, कृषि र व्यापारव्यवसायमा अघि बढाउन सकिने सङ्घको विश्वास छ । सङ्घका अध्यक्ष दीनदया रिजालले रासससँग कुरा गर्दै भन्नुभयो, “बङ्गलादेश नेपालसँग निकै नजीक हुन चाहन्छ, ऊ पहिलो सम्बन्ध नै नेपालसँग राख्न चाहन्छ, त्यो भावनालाई...
-
२०७६ कार्तिक २७, बुधबार
जागिरबाट अवकाशप्राप्त जीवन ः अशक्तलाई लठ्ठी उपहार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका चन्द्रप्रसाद आचार्य यतिखेर घरैमा घङ्गारुको लठ्ठी निर्माण गरेर ८० वर्षमाथिका वृद्धवृद्धा तथा अशक्तलाई वितरण गर्नमा व्यस्त हुनुहुन्छ । विसं २०७४ जेठ १९ गते सरकारी ९जागिर नायबसुब्बा० बाट अवकाश प्राप्त ६३ वर्षीय आचार्यले एक वर्षभित्र एक हजार आठ ज्येष्ठ नागरिक तथा अशक्तलाई लठ्ठी प्रदान गर्ने लक्ष्यका साथ गत वैशाख १ गतेबाट अभियान शुरु गर्नुभएको हो । हरेक...
-
२०७६ कार्तिक २७, बुधबार
रुपामा बङ्गलादेशका राष्ट्रपतिको स्वागतको तयारी
नेपालको औपचारिक सद्भावना भ्रमणमा रहनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भोलि बिहीबार हुने पोखरा भ्रमणका क्रममा रुपाकोट पुग्ने कार्यक्रम तय भएसँगै यहाँ तयारी तीव्र पारिएको छ । पोखरा भ्रमणका क्रममा रुपाकोट रिसोर्ट आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतार्थ तयारी तीव्र पारिएको रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति हमिदको स्वागतार्थ...
-
२०७६ कार्तिक २७, बुधबार
राससकर्मी सम्मानित
राष्ट्रिय समाचार समिति रासस का बेझाड र रामपुर समाचारदाता सुशीला रेग्मी र पवित्रा घिमिरे सम्मानित हुनुभएको छ । पाल्पाको रामपुरमा सञ्चालनमा रहेको सामुदायिक रेडियो रामपुरको ११ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार उहाँहरु सम्मानित हुनुभएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनाल र रेडियो सञ्चालक समितिका अध्यक्ष बासुदेव देवकोटाले संयुक्त रुपमा उहाँहरुलाई सम्मानपत्रद्वारा सम्मान गर्नुभएको छ ।...
-
२०७६ कार्तिक २७, बुधबार
आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक स् गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले आपराधिक क्रियाकलाप रोक्न सुदृढ र भरपर्दो सूचना आवश्यक हुने बताउनुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक र प्रमुख अनुसन्धान अधिकृतका लागि काठमाडौँमा आयोजित ‘अप्रेशन कमाण्ड तथा नेतृत्व विकास तालिम’को आज समापनका क्रममा उहाँले विश्वसनीय सूचना प्रणालीले मात्रै समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिनेमा जोड दिनुभयो । “संगठित अपराध, लागूऔषध, मानव...
-
२०७६ कार्तिक २६, मंगलबार
काठको खोरमा प¥यो चितुवा
तनहुँको भानु नगरपालिका–१ जामुनेगैह्रास्थित जङ्गलमा राखिएको काठको खोरमा आज बिहान एउटा चितुवा परेको छ । भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो । चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट विज्ञसहितको टोली खटिएको एक हप्तामै एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन...
-
२०७६ कार्तिक २६, मंगलबार
सिक्टा सिँचाइ स् १४ वर्षमा ६० प्रतिशत काम
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा छ । निर्माण शुरु भएको १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ । सरकारले आफ्नै स्रोतमा विसं २०६३ माघदेखि निर्माण शुरु गरेको यो नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । रु २५ अर्बको लागतमा निर्माणाधीन आयोजनामा ६० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कृष्णप्रसाद नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार, सिक्टाको सबै...
-
२०७६ कार्तिक २६, मंगलबार
चौरजहारीमा नगरबस सञ्चालनमा
रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सोमबारदेखि नगरबस सञ्चालनमा ल्याएको छ । नगरपालिकाभित्रका नागरिकलाई सहुलियत यातायातको व्यवस्था दिने योजनासहित नगरबस सञ्चालनमा ल्याइएको हो । नगर क्षेत्रका सबै भू–भागमा बस सञ्चालन हुने गरी तीन नगरबस सञ्चालन गरिएका नगरप्रमुख विशाल शर्माले बताउनुभयो । उहाँका अनुसार सहुलियत भाडादर कायम गरी नगरपालिकाले २६ र ३२ सिट क्षमताका तीन नगरबस सञ्चालनमा ल्याएको छ । बसका लागि...
-
२०७६ कार्तिक २६, मंगलबार
ओभरसियरको जागिर छोडेका तमोट भाषासंस्कृतिका ज्ञाता
भोजपुरका अगुवा भाषासंस्कृति तथा इतिहासविद् काशीनाथ तमोट भोजपुरको टक्सारमा जन्मेर भोजपुरकै विद्योदय माविबाट एसएलसी उत्तीर्ण गरी छात्रवृत्ति पाएर इञ्जिनीयरिङ पढ्न काठमाडौँ हानिनुभयो । तत्कालीन समयमा जाउलाखेलको स्टाफ कलेजमा रहेको इञ्जिनीयरिङ कलेज पछि पुल्चोक क्याम्पसबाट ओभरसियर पास गरी कामका सिलसिलामा सुदूरपश्चिम पुगे पनि प्राविधिक क्षेत्रतिर त्यति रुचि नभएकाले नेपाली विषयमा स्नातकोत्तर गरी...
-
२०७६ कार्तिक २६, मंगलबार
पर्यटकका लागि कर्णाली राजमार्गमा अग्र्यानिक घरवास
देश–विदेशका पर्यटकको रारामा आकर्षण बढेका बेला कर्णाली राजमार्गको दैलेख खण्डमा उचित खानपीनको व्यवस्थापनमा चुनौती कायमै रहेको छ । पर्यटकको बढ्दो चापलाई मध्यनजर गर्दै कर्णाली राजमार्गमा अग्र्यानिक घरवास होमस्टे सञ्चालन गरिएको छ । कर्णाली राजमार्गअन्तर्गत सुवाछेडामा घरवास शुरु गरिएको हो । दुल्लु नगरपालिका–२ सुवाछेडामा सञ्चालन गरिएको ‘अग्र्यानिक कृषि होमस्टे’ को दुल्लु नगरपालिकाका प्रमुख घनश्याम...
-
२०७६ कार्तिक २६, मंगलबार
सिसडोलको फोहर व्यवस्थापन गरिँदै
काठमाडौँ महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ । लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम पनि भइरहेको र सिसडोलमा फोहर राख्ने...
-
२०७६ कार्तिक २६, मंगलबार
आजदेखि १० दिनका लागि भद्रपुर विमानस्थल बन्द
झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ः०० बजेदेखि विमान बन्द गरेर...


