राष्ट्रिय
-
२०७६ कार्तिक १५, शुक्रबार
नेपाल–युएई संयुक्त कार्यसमूह बैठक ः समझदारी कार्यान्वयनमा मार्गप्रशस्त हुने
नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच भएको श्रम समझदारी एमओयु को कार्यान्वयनमा मार्गप्रशस्त गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसी को पहिलो बैठक यही कात्तिक १७ र १८ गते काठमाडौँमा बस्ने भएको छ । दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा लाग्ने आइटमगत लागत निर्धारण गर्नेलगायतका प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने...
-
२०७६ कार्तिक १५, शुक्रबार
मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै
मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ । कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्व शुरु गर्ने मैथिल परम्परा छ । यसै परम्पराअनुसार मिथिलाका ललना ९छोरीचेली, दिदीबहिनी० ले आज सामा खेल शुरु गर्ने तयारी गरेका हुन् । कात्तिक शुक्ल पञ्चमीका दिन शुरु गरिने यो पर्व एघारौँ...
-
२०७६ कार्तिक १५, शुक्रबार
उपनिर्वाचन बैतडी, चार हजार मतदाता सहभागी हुने
आगामी मङ्सिरमा हुने उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौंडी नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो । निर्वाचन हुने तीन वडामा पाँच वटा...
-
२०७६ कार्तिक १५, शुक्रबार
छठको दोस्रो दिन निर्जल उपवास
छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिनमा आज व्रतालु निर्जल उपवास बसेका छन् । जल अर्थात् पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरिन्छ । चन्द्रमालाई खीर चढाएपछि व्रतालुले एक छाक खान्छन् । यसलाई खरना भनिन्छ । कात्तिक शुक्ल...
-
२०७६ कार्तिक १५, शुक्रबार
चिसोले प्रहरी चौकी सदरमुकाम सरे
चिसोका कारण ज्यान जोगाउन मुस्किल भएपछि उपल्लो डोल्पाका छ प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सारिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकी सदरमुकाम दुनै झारेपछि आफूहरूले असुरक्षित महसुस गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी प्रहरी...
-
२०७६ कार्तिक १५, शुक्रबार
‘स्मार्ट’ चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने
सवारी चालक अनुमतिपत्रमा रहेको ढिलाइ हट्ने भएको छ । डेढ महिना पहिले ल्याइएको मास प्रिन्टर ठूलो क्षमताको छपाइ उपकरण सञ्चालनमा आएसँगै छपाइमा रहेको ढिलाइ हट्ने भएको हो । अनुमतिपत्रका लागि सेवाग्राहीले आवेदन दिएको एक वर्ष नाघ्दासमेत नपाउँदा सेवाग्राही हैरान भइरहेको समयमा यसको समाधानका रूपमा ‘मास प्रिन्टर’ लाई हेरिएको छ । प्रतिघण्टा पाँचदेखि छ सयसम्म अनुमतिपत्र छपाइ गर्ने क्षमता रहेको ‘मास प्रिन्टर’...
-
२०७६ कार्तिक १४, बिहिबार
मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा ८० प्रतिशत काम
पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटाँैडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशतकार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताउनुभयो...
-
२०७६ कार्तिक १४, बिहिबार
महङ्गो शुल्कका पर्यटन व्यवसाय सङ्कटमा
सडक र महङ्गो प्रवेश शुल्क उपल्लो मुस्ताङको पर्यटन विकासको चुनौतीको रूपमा देखिएको छ । नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेका बेला केही वर्षयता उपल्लो मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटक बढ्न सकेको छैन । पर्यटक बढाउन वैकल्पिक पदमार्ग सञ्चालन, प्रचारप्रसार र प्रवेश शुल्क घटाउन स्थानीयवासीले माग गरेका छन् । चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ...
-
२०७६ कार्तिक १४, बिहिबार
धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुक्की’
झापाको मेचीनगर–१ निन्दाटारमा धार्मिक तथा पर्यटकीयस्थल ‘कृष्णथुम्की’ छ । जहाँ वर्षमा सयौंको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । किम्बदन्ती अनुसार महाभारतकालमा पाण्डवलाई गुप्तवासमा भेट्न आएका बेला श्रीकृष्ण भगवान कुनै दिन भीमसेनलाई साथमा लिएर सलकपुरका राजा सत्तल सेनलाई भेट्न जानु भएको रहेछ । भक्त सत्तल सेनलाई दुःख दिइरहने लोहासुरको राज्य कता रहेछ भनेर नियाल्न पहाडको सानो थुम्कीमा...
-
२०७६ कार्तिक १४, बिहिबार
सम्झौता अवधि सकिँदासम्म पनि पुल निर्माणको काम शुरु भएन
सम्झौता अवधि सकिँदासम्म पनि रुकुमपूर्वमा एक मोटरेबल पुल निर्माणको काम शुरु हुनसकेको छैन । पुल निर्माणको जिम्मा लिएको कम्पनीले पुल निर्माणको सम्झौता अवधि सकिँदासम्म पनि काम शुरु नगर्दा जिल्लाको सिस्ने गाउँपालिका वडा नं २, ३ र ४ का नागरिकलाई सदरमुकाम रुकुमकोट आवतजावत गर्न समस्या भएको छ । लामो समय बितिसक्दा पनि सानीभेरी नदीमाथि बन्नुपर्ने पुल बन्न नसक्दा सिस्ने गाउँपालिकाका २, ३ र ४ वडाका सडक...
-
२०७६ कार्तिक १४, बिहिबार
देउसीभैलोबाट प्राप्त रकम विद्यालयमा सहयोग
देउसीभैलो खेलेर ४८ हजार नगद चन्दा सङ्कलन गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीमा रहेको खातीभिटा आधारभूत विद्यालयले उक्त रकम संकलन गरेको हो । विद्यालयको आयोजनामा यही कात्तिक ८ देखि कात्तिक ११ गतेसम्म सञ्चालन गरिएको देउसी भैलोबाट चन्दा संकलन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश खडकाले बताउनुभयो । देउसी भैलो गौमुल गाउँपालिका–१ र २ र बडिमालिका नगरपालिका वडा–३ मा खेलिएको हो ।...
-
२०७६ कार्तिक १४, बिहिबार
शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खुलेपछि स्थानीयवासी हर्षित
करीब रु पाँच करोडको लागतमा शालिग्राम करिडोरअन्तर्गत तनहुँको देवघाट गाउँपालिकाको खण्डमा ट्र्याक खुलेको छ । तीन तहको सरकारको बजेटमा प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटलाई मुक्तिनाथसम्म जोड्ने शालिग्राम करिडोरको देवघाट खण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको हो । ट्र्याक खन्न शुरु गरेको ६० वर्षमा शालिग्राम करिडोरको देवघाट खण्ड पूर्ण भएको छ । करिडोरको देवघाट गाउँपालिकाअन्तर्गत बन्चरेभिरको पहाड काट्न...


