STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ भाद्र ११, मंगलबार

    ओमानका विदेशमन्त्री काठमाडौंमा

    काठमाडौं- ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार अपरान्ह उनी काठमाडौंम आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरिन्। उनले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको निमन्त्रणामा दुई दिने नेपालमा भ्रमणमा आएका हुन् । उनी भोलि नै स्वदेश फर्किने छन्। भ्रमणका दौरान दुवै देशका विदेश...

  • २०८१ भाद्र ११, मंगलबार

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

    ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो। वैदिक सनातन हिन्दु धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्‍तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण...

  • २०८१ भाद्र १०, सोमबार

    थारु समुदाय अष्टिम्की पर्व मनाइँदै

    थारु समुदायमा आज अष्टिम्की पर्व मनाइँदै छ । श्रीकृष्ण जन्माष्टमीको दिनदेखि दुई दिनसम्म अष्टिम्की पर्व मनाउने चलन रहेको छ ।यो पर्वमा विशेषगरी महिला दिदीबहिनीहरू दिनभरि पानीसमेत नखाइ निराहार व्रत बस्ने गरेको जनाइएको छ । व्रतालुहरू साँझपख नुहाइ–धुवाइ गरी घरको भित्ता वा डेहरी (अन्न राख्ने माटोको भकारी) मा परम्परागत तरिकाले बनाइएको अष्टिम्कीमा पूजासहित टीका लगाएर फलफूल, पानी खाने गरिन्छ । यसलाई...

  • २०८१ भाद्र १०, सोमबार

    वसन्तनगरमा मङ्गलादेवी ज्येष्ठ नागरिक पार्क निर्माण

    काठमाडौँ, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान संविधानले व्यवस्था गरेको समावेशी, समानुपातिक प्रतिनिधित्वको व्यवस्था मङ्गलादेवीको नेतृत्वमा भएका आन्दोलनको उपलब्धि रहेको बताउनुभएको छ ।बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहरी विकास मन्त्रालयको आर्थिक सहयोगमा काठमाडौँ महानगरपालिका–६ वसन्तनगरमा निर्मित मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज उद्घाटन गर्दै मन्त्री...

  • २०८१ भाद्र १०, सोमबार

    प्रधानमन्त्रीद्वारा कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना

    काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई कृष्णजन्माष्टमी र गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।यस्तै...

  • २०८१ भाद्र ९, आइतबार

    राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं- सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरू डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो। राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले...

  • २०८१ भाद्र ८, शनिबार

    सिद्धिदासको पालादेखि गरिएको संघर्ष अहिलेको प्रतिफल : मल्ल के. सुन्दर

    काठमाडौं - नेवाः जागरण मञ्चको आयोजनामा हिजो शुक्रबार लिंकरोड, ढल्कोस्थित नेपाः ब्यांक्वेटमा भाषा आयोगसँग सम्बन्धित विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । मञ्चका अध्यक्ष सुजीव बज्राचार्यले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तित्वहरूले आ–आफ्नो धारणा राखेका थिए । अन्तरक्रिया कार्यक्रममा बोेल्दै नेवाः अगुवा मल्ल के. सुन्दरले नेपालभाषाका महाकवि सिद्धिदास महाजुको पालादेखि...

  • २०८१ भाद्र ७, शुक्रबार

    तनहुँमा डेङ्गी सङ्क्रमित बढ्दै

      तनहुँ,  जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । यही भदौ १ गते एक हजार ८२ जनामा सङ्क्रमण देखिएकामा अहिले एक हजार तीन सय २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । छ दिनमा दुई सय ४१ जना नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको आँबुखैरेनीमा सबैभन्दा बढी नौ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । शुक्लागण्डकीमा एक सय ४९, व्यासमा...

  • २०८१ भाद्र ६, बिहिबार

    टिकटकमाथिको प्रतिबन्ध हट्यो

    काठमाडौं - सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ।  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए । गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द...

  • २०८१ भाद्र ५, बुधबार

    केही स्थानमा भारी वर्षाको सम्भावना

      काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो...

  • २०८१ भाद्र ५, बुधबार

    राज्यको मूल प्रवाहमा मधेशी समुदायको सहभागिता सुधारात्मक

      काठमाडौँ, नेपालको भौगोलिक क्षेत्रअनुसार तराईको क्षेत्रफल २३.१ प्रतिशत र जनसङ्ख्या ५३.६६ प्रतिशत रहेको छ । मूल रुपमा तराई क्षेत्रमा मधेशी समुदायको बसोबास रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार ३३.२८ प्रतिशत मधेशी समुदाय रहेको छ । जनगणनामा थारु र मुस्लिमको सङ्ख्यासमेत जोडिएको छ । जसमध्ये थारु ६.२ प्रतिशत, मुस्लिम ४.८६ प्रतिशत रहेको देखिन्छ । यसरी हेर्दा २२.२२ प्रतिशत पूर्ण मधेशी...

  • २०८१ भाद्र ५, बुधबार

    स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

    काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच...

Pages