राष्ट्रिय
-
२०८१ भाद्र १६, आइतबार
पुस्ता हस्तान्तरण नहुँदा नयाँले भुल्दै मगर भाषा
गोरखा,जिल्लाको सहिद लखन गाउँपालिका–१ बक्राङस्थित श्री थानीमाई आधारभूत विद्यालयमा गएको दुई वर्षअघिसम्म मगर भाषाको पढाइ हुन्थ्यो । मगर भाषाको संरक्षण र सम्वर्द्धन गर्न स्थानीय मगर समुदायको पहलमा पुस्तान्तरणको उद्देश्यले उक्त विद्यालयमा मातृ भाषामा पठनपाठन हुन्थ्यो । करिब १० वर्षसम्म मगर भाषाको कक्षा सञ्चालन भएकामा अहिले भने पठनपाठन रोकिएको छ । यस क्षेत्रमा बक्राङको लोपा गाउँ, गालधूप, पीपलछाँप...
-
२०८१ भाद्र १६, आइतबार
थारू समुदायद्वारा हरेरी पूजा गरिँदै
कञ्चनपुर,खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी...
-
२०८१ भाद्र १६, आइतबार
नेपालभाषा र संस्कृति पुनरुत्थान विषयक अन्तरक्रिया
नेवाः देय् दबू र नेवाः मिसा दबूको संयुक्त आयोजना र कल्चरल सर्भाइभलको आर्थिक सहयोगमा नेवाः सांसदहरूसँग ‘साँस्कृतिक संंरक्षित क्षेत्र तथा नेपालभाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रम यही बिहीबार सम्पन्न भएको छ । संघीय सांसदहरूका साथै बागमती प्रदेशसभाका सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व कानूनमन्त्री गंगाराम श्रेष्ठले नेवाः समुदायबाट मूर्त...
-
२०८१ भाद्र १३, बिहिबार
तायामया नृत्य प्रतियोगिता सम्पन्न
पोखरा - नेवाः खलः कास्कीको आव्हान र नयाँबजार सांस्कृतिक समिति, नयाँबजारको आयोजनामा पर्यटकीय नगरी पोखरामा भएको तायामया नृत्य प्रतियोगितामा पुरुषतर्फ बागबजार बगर तायामचा समिति बागबजार र महिलातर्फ लामाचौर नेवाः खलः लामाचौरले प्रथम स्थान हासिल गरेको छ । खलःको आव्हानमा गत शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ रानीपौवा तायामचा नाच समिति, रानीपौवा द्वितीय, गोपालजी मन्दिर सेवा समिति, रामकृष्ण टोल तृतीय र...
-
२०८१ भाद्र १३, बिहिबार
जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’
घोडाघोडी, कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्नुहुन्छ । शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उहाँलाई । त्यसको कारण हो डेउडा खेल्नु । शनिबारका दिन घोडाघोडी–१ सुखडमा डेउडा खेल्ने गरिन्छ । धामीले भनिन्, “अछामकी हुँ हजुर १ पहिँले पहिँले पहाडमा खुवै खेल खेल्लो छिया, तराई आएपछि खेल्ल...
-
२०८१ भाद्र १३, बिहिबार
बागमती प्रदेश : राजस्व सङ्कलन घट्यो
बागमती, बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०÷८१ मा...
-
२०८१ भाद्र १२, बुधबार
रावणलाई जितेको खुसियालीमा नाचिन्छ हनुमान नाच
गलकोट (बागलुङ), गालामा अनेकथरी पोतिएको रङ, शिरमा श्रीराम लेखिएको रातोपट्टी, शरीरको माथिल्लो भागमा रातो र तल्लो भागमा सेतो पहिरन, पछाडि पुच्छर जोडेर हनुमान जस्तै देखिने एक हूल मानिस जोडी बनेर बागलुङ बजारमा नाच्दै हिँड्छन् । एकापसमा लौरो ठोक्दै हनुमानको भेषमा सजिएका युवाहरू २६ जना युवा १० तालको सुरुमा नाच्दै हिँड्ने परम्परा यहाँका नेवार समुदायले झन्डै तीन सय वर्षदेखि बचाउँदै आएका छन्...
-
२०८१ भाद्र १२, बुधबार
मिसा खलःद्वारा विभिन्न व्यक्तित्वहरू सम्मानित
काठमाडौं । नेपालभाषा मिसा खलःको २५ औं स्थापना दिवसको अवसरमा विभिन्न व्यक्तित्वहरू पुस्कार एवं सम्मानपत्रद्वारा सम्मानित भएका छन् ।नेपालका विख्यात पर्यटन व्यवसायीका साथै संरक्षण विद् कर्ण शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सम्मानित हुनेहरुमा साहित्यकार फणिन्द्र बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर, स्वर्ण पदक विजेता खेलाडी केदारेश्वरमान स्थापित, संस्थाकी आजिवन सदस्य...
-
२०८१ भाद्र १२, बुधबार
धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’
काभ्रेपलाञ्चोक,विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार नेपालको पहिलो स्वस्थ सहर र एसियाको दोस्रो स्वस्थ सहर भएको घोषणा गर्नुभएको हो । गुडद्वारा घोषणासँगै...
-
२०८१ भाद्र १२, बुधबार
बागमती प्रदेशमा नयाँ स्वास्थ्य ऐन कार्यान्वयनमा आउँदै
चितवन,बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको थिएनन् । ऐनको अभावमा स्वास्थ्यका नयाँ संस्था दर्ता रोकिएको, प्रादेशिक अस्पतालका समिति निष्क्रिय भएको र वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसकेका बताइको छ । बागमती प्रदेशका स्वास्थ्यमन्त्री...
-
२०८१ भाद्र १२, बुधबार
नेपाल भाषा तथा सांस्कृतिक समाजको लाखे जात्रा सम्पन्न
फुङ्लिङ (ताप्लेजुङ) यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ । गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा जात्रा समापन भएको हो । नेपाल भाषा तथा सांस्कृतिक समाजको नेतृत्वमा विगत लामो समयदेखि सदरमुकाम फुङ्लिङमा नाच प्रदर्शन गर्दै आएको छ । मङ्गलबार दिनभर लाखे र कृष्णको लडाईंको खेल देखाएर राति १० बजे कृष्णले लाखेलाई...
-
२०८१ भाद्र ११, मंगलबार
राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना
रामपुर, भदौ स् राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गर्नुभएको छ । साथै उहाँ रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी हुनुभएको छ । सो अवसरमा प्रथम महिला सविता पौडेलले समेत मन्दिरमा पूजाअर्चना गर्नुभयो । रथ यात्राका क्रममा रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी प्रदेशका...


