STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०८१ भाद्र ४, मंगलबार

    नेवार समुदायमा जात्राको रौनक

      गण्डकी,पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ । गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो । नेवाः खलः कचा...

  • २०८१ भाद्र ४, मंगलबार

    सामूहिक भक्तिगान गर्दै मिथिलामा झुला पर्व मनाइयो

    महोत्तरी,साउन शुक्ल त्रितीयादेखि पूर्णिमासम्म चल्ने झुला पर्व सम्पन्न भएको छ । १३ दिने सो पर्व विष्णु लक्ष्मीको भक्ति गर्दै मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने राम–सीता र कृष्ण–राधाका प्रतिमालाई विशेष झुला (कोक्रा, एकप्रकारको कलात्मक पिङ)मा भुलाउनु (हल्लाउनु) नै यस पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाउने गर्छन्...

  • २०८१ भाद्र ४, मंगलबार

    टिकटकमाथिको प्रतिबन्ध हटाउन तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं - सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो।  प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी...

  • २०८१ भाद्र ३, सोमबार

    नेपालले भारतलाई बिजुली निर्यात गर्ने

    भारतले नेपालका १२ जलविद्युत आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ। भारतको केन्द्रिय विद्युत प्राधिकरणले अन्तरदेशीय व्यापार उद्देश्यले नेपालका थप १२ जलविद्युत आयोजनाबाट २ सय ५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको हो। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतले नेपालबाट पहिलो पटक बिहारमा मध्यकालीन र हरियाणामा ५ वर्षका लागि विद्युत विक्री...

  • २०८१ भाद्र ३, सोमबार

    मनसुनी विपद्: पछिल्लो २४ घण्टामा आठले ज्यान गुमाएसँगै आजसम्म एक सय ९० जनाको मृत्यु

    काठमाडौँ, भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै आठ जनाले ज्यान गुमाएसँगै गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्मा आजसम्म एक सय ९० जनाको मृत्यभएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । प्राप्त विवरणअनुसार काठमाडौँ...

  • २०८१ भाद्र ३, सोमबार

    हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’

    काठमाडौँ, हास्य–व्यङ्ग्य पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै यससम्बन्धी सामग्री बजारमा आउने क्रमसँगै प्रहसन पनि सुरु भएको छ । काठमाडौँमा कमलादीमा रहेको प्रज्ञा–प्रतिष्ठान र जमलमा रहेको नाचघरमा दुई समूहले दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । पुरानासँगै नयाँ पुस्ताका कलाकारले भरिएको कार्यक्रम यही भदौ १० गतेसम्म चल्नेछ ।  गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि...

  • २०८१ भाद्र ३, सोमबार

    मधेशमा राखीपर्व मनाइँदै

    महोत्तरी, मधेसका महोत्तरीसहित विभिन्न आज ‘राखी’ पर्व मनाइँदैछ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको संवृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई यहाँ ‘राखी’ भनिने गरिएको हो । यसपालिको राखीपर्व मध्याह्नपछि दिउँसो गरिनुपर्ने पुरोहितको भनाइ छ । आजको पूर्णिमा तिथिको ४७ घडी १९ पला भोगमध्ये सुरुका १९ घडी ४५ पलामा भद्रा करण परेका हुँदा सो...

  • २०८१ भाद्र ३, सोमबार

    ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

      काठमाडौँ, किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले नयाँ अन्नबाली पितृ पुर्खा लिब्जु बाजेलाई चढाउँदै ढ्वाङकुम मनाउने गर्छन् । उभौलीपर्वको समापनका रुपमा पनि ढ्वाङकुम पर्वलाई लिने गरिन्छ । वाम्बुलेहरुको उद्गम थलो मानिने मानेभन्ज्याङ गाउँपालिका–३ उँबुस्थित ढ्वाङकुमटारमा...

  • २०८१ भाद्र ३, सोमबार

    मिथिलाक्षेत्रका शिवालयमा साउने मेला समापन हुँदै

      महोत्तरी,शिव आराधना र भक्तिको साउने मेला आज सकिँदैछ । साउनको अन्तिम सोमबारको अवसरमा आज महोत्तरीसहितका मधेशका मिथिलाक्षेत्रका शिवालय श्रद्धालु भक्तजनले भरिभराउ छन् । सौरमास गणनाले गत शुक्रबार साउन सकिए पनि चन्द्रमास गणनाले आज साउन पूर्णिमा भएको हुँदा आज साउने मेला समापन गरिन्छ । चन्द्रमास गणनामा साउनको अन्तिम सोमबारका अवसरमा आज महोत्तरीको सुदूर उत्तरीक्षेत्रको चुरेस्थित टुटेश्वरनाथ मन्दिरमा...

  • २०८१ भाद्र २, आइतबार

    बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा काफ्ले

      हेटौँडा, बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । पच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उहाँले यसअघि...

  • २०८१ भाद्र २, आइतबार

    परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

    काठमाडौं - परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा मन्त्री राणा भारत प्रस्थान गरेकी हुन्। उनी भिस्तारा एयरलाइन्सबाट आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन्। मन्त्री राणाको टोलीमा दक्षिण एसिया मामिला हेर्ने सह-सचिव भृगु ढुंगानालगायत अधिकारीहरू छन्। मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  परराष्ट्र सचिव...

  • २०८१ श्रावण ३२, शुक्रबार

    थामे बाढी हिमताल विष्फोटबाट हुनसक्छ : मौसम विभाग

     काठमाडौं - सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा गएको भीषण बाढी हिमताल विष्फोटका कारण हुनसक्ने अनुमान गरिएको छ। जल तथा मौसम विभागले थामे खोला जलाधारको माथिल्लो क्षेत्रमा ६ वटा हिमतालहरू रहेको र त्यसमध्ये कुनै विष्फोट भएको हुनसक्ने अनुमान गरेको हो। विभागका अनुसार सो क्षेत्रमा गत साउन २५ गतेअघि ७ दिनमा ६५ मिमि पानी परेको अनुमान गरिएको छ। त्यसलगत्तै उक्त क्षेत्रको तापक्रम वृद्धि भएको विभागले...

Pages