राष्ट्रिय
-
२०७६ श्रावण २७, सोमबार
पेट्रोल पम्पमा सिलबन्दी
पर्सा जिल्लास्थित गुणस्तर तथा नापतौल कार्यालयले कम परिमाणमा पेटा«ेलीयम पदार्थ विक्री गर्दै आएको हेटाँैडास्थित शिवम् फ्युल सेन्टरमा सिलबन्दी गरेको छ । लामो समयदेखि उक्त फ्युल सेन्टरले उपकरणको सिल काटेर कम तेल बिक्री गरी उपभोक्ता ठग्दै आइरहेकाले छापा मारी सिलबन्दी गरिएको हो । सो फ्युल सेन्टरलाई आवश्यक कारबाहीका लागि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरिनाका साथै ठगी मुद्दा चलाइएको कार्यालय...
-
२०७६ श्रावण २७, सोमबार
प्रम ओली स्वास्थ्य परीक्षण गरी स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किनुभएको छ । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउनुभएको थियो । उहाँ स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,...
-
२०७६ श्रावण २७, सोमबार
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले...
-
२०७६ श्रावण २७, सोमबार
सीमापारिका पशुचौपायाको व्यवस्थापनमा समस्या
सीमापारिबाट दैनिक ४०÷५० वटा पशुचौपाया सीमावारि भित्रिने गरेका छन् । त्यसरी भित्रिएका पशुचौपायाका कारण सीमावारिका बासिन्दाले हैरानी व्यहोर्नुपरिरहेको छ । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लगाइएका कारण त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगञ्ज उपमहानगरका लागि चुनौती बनेको हो । नेपाल प्रहरीको सहयोगमा सडक तथा बजार क्षेत्रबाट छाडा चौपायालाई नियन्त्रणमा लिई काञ्जी हाउसमा राख्ने...
-
२०७६ श्रावण २७, सोमबार
‘विदेशमा हण्डरपछि स्वदेशमै उद्यम’
सशस्त्र द्वन्दको अन्तसँगै मुलुक सङक्रमणकालबाट गुज्रदै धेरै नेपाली युवाको लागि वैदेशिक रोजगारी आकर्षण मात्र नभई बाध्यता पनि थियो । त्यही बाध्यताले विदेश पु¥यायो गोरखाका पुरुषोत्तम घिमिरेलाई । आफ्नो आम्दानी शून्य, म्यानपावरको महङ्गो शुल्क र चर्को व्याजमा रु एक लाख १० हजार ऋण खोजेर घिमिरे २०६८ सालमा कतार उड्नुभयो । “कतार गएर कमाउँला, बचाउँला र रमाउँला भनेको सोचेजस्तो केही भएन”, विगत सम्झदै उहाँले...
-
२०७६ श्रावण २७, सोमबार
युवालाई उत्पादन, श्रम र रोजगारसँग जोड्नुपर्छ ः उपप्रम पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासका लागि लगाउनुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उहाँले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । विश्वभर आज ‘शिक्षामा रुपान्तरण’ र नेपालमा ‘शिक्षामा...
-
२०७६ श्रावण २७, सोमबार
जेनेभा महासन्धि पारित भएको ७० वर्ष
विश्वको बदलिँदो भूराजनीतिक अवस्था र साइबर आक्रमणले जेनेभा महासन्धिको सान्दर्भिकता बढ्दै गएकामा जोड दिइएको छ । युद्धका बेला मानवीय पीडालाई न्यूनीकरण गर्न र युद्धलाई नियमन गर्न महासन्धिले महत्वपूर्ण काम गर्दै आए पनि महासन्धिको पूर्ण कार्यान्वयमा चुनौती थपिएको यहाँ आयोजित कार्यक्रममा सहभागी विज्ञहरूले बताउनुभयो । महासन्धि पारित भएको ७०औँ वार्षिकोत्सवका अवसरमा रेडक्रसको अन्तर्राष्ट्रिय समिति...
-
२०७६ श्रावण २६, आइतबार
बकर इद पर्व मनाइँदै
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र...
-
२०७६ श्रावण २६, आइतबार
बजेट खर्च हुन नसक्दा विकास प्रभावित ः दुई अर्ब बजेट फिर्ता
कालीगण्डकी करिडोर कार्यालय पाल्पाबाट रु एक अर्ब ५० करोड ७१ लाख खर्च हुनुपर्ने थियो । गत आव २०७५÷७६मा रु एक अर्ब २२ करोड २९ लाख मात्र खर्च भयो । पूँजीगततर्फ रु २८ करोड ४२ लाख खर्च हुन सकेन । गत आवमा ठूलो मात्रा खर्च गर्न नसक्ने कार्यालयमा सडक डिभिजन कार्यालय पाल्पाको नाम समावेश छ । रु ३८ करोड ८७ पूँजीगत कूल बजेट रहेको ३३ करोड ४६ लाख गत असार मसान्तसम्म खर्च भयो । बाँकी रु पाँच करोड ४१ लाख खर्च हुन...
-
२०७६ श्रावण २६, आइतबार
गोसाइँकुण्ड मार्गका तीन स्थानमा स्वास्थ्य शिविर सञ्चालन
गोसाइँकुण्ड मेलामा तीर्थ गर्न जाने यात्रुका लागि उपचार सेवा प्रदान गर्न धार्मिक क्षेत्रका तीन स्थानमा शनिबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार आकस्मिकरूपको प्राथमिक उपचार सेवाका लागि गोसाइँकुण्डमा हिमालय उद्वार सङ्घ, चोलाङपाटीमा नेपाली सेना कालीजङ्ग गण र चन्दनबारीमा पाटन अस्पताल मातहतको अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिर्सज युनिट...
-
२०७६ श्रावण २६, आइतबार
बडिमालिकाको धार्मिक यात्रा शुरु
सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा शनिबारबाट औपचारिक शुभारम्भ भएको हो । सरकारी टोलीे आज बिहानदेखि जिल्लाबाट बडिमालिकाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताउनुभएको छ । बडिमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गरेको छ । समुद्री...
-
२०७६ श्रावण २६, आइतबार
एम्बुलेन्स खरीदका लागि महायज्ञबाट ३५ लाख सङ्कलन
एम्बुलेन्स खरीद गरी सर्वसाधारणलाई सेवा दिने उद्देश्यसहित तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा आयोजना गरिएको महायज्ञमा रु ३५ लाख सङ्कलन भएको छ । ग्रामीण भेगका जनतालाई स्वास्थ्य संस्थासम्म जान सहज पहुँचको व्यवस्था गर्ने उद्देश्यसहित एम्बुलेन्स खरीदका लागि साउन २० गतेदेखि सञ्चालित हप्ताहव्यापी महायज्ञमा रु ३५ लाखभन्दा बढी दान सङ्कलन भएको हो । केशवटार माध्यमिक विद्यालयले आयोजना गरेको महायज्ञमा...


