relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण ३, शुक्रबार

    वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

    भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको...

  • २०७६ श्रावण ३, शुक्रबार

    जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने

    पर्वत जिल्लामा बाढी र पहिरोको उच्च जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति पर्वतको बैठकले जोखिममा रहेका व्यक्ति र बस्तीहरुलाई स्थानीय तहले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको हो । नदी किनारका बस्ती, पहिरोको जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगर्दासम्म सधैँ जोखिममा रहने भएकाले जोखिम पहिचान भएका बस्ती र...

  • २०७६ श्रावण ३, शुक्रबार

    कूल रु ४७ अर्बभन्दा बढी राजश्व सङ्कलन

    आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ४७ अर्ब २४ करोड ३४ लाख राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सङ्घअन्तर्गत रहेका सो कार्यालयमा अघिल्लो आवमा रु ४० अर्ब ४० करोड ४० लाख राजश्व सङ्कलन भएको थियो । तुलनात्मकरुपमा अघिल्लो आर्थिक वर्षभन्दा १७ प्रतिशत राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख किशोर बरालले जानकारी दिनुभयो । गएको आवमा कूल रु ३० अर्ब ८४ करोड ७५ लाख वार्षिक बजेटमा...

  • २०७६ श्रावण ३, शुक्रबार

    मेची भन्सारको राजश्व लक्ष्यभन्दा कम

    मेची भन्सार कार्यालय झापाले गत आव २०७५÷७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत चैतबाट ठप्प भएको र बङ्लादेशबाट आउने जुससमेत राजश्व वृद्धि भएको भन्दै व्यापारीहरुले ल्याउन बन्द गरेपछि राजश्व सङ्कलनमा कमी आएको प्रमुख भन्सार अधिकृत टेकनारायण अर्यालले बताउनुभयो । भन्सारले गत आवका लागि रु ११ अर्ब ८२ करोड ६१ लाख एक हजार राजश्व...

  • २०७६ श्रावण ३, शुक्रबार

    बाढीबाट ८१ लाख मूल्यको बिरुवा नष्ट

    अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट भएको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहका अनुसार जिल्लामा बाढीले विभिन्न नर्सरीमा लगाइएका छ लाख ५२ हजार ९५० बिरुवा नष्ट भएको हो । रातु, विग्ही, मरहा, जङ्घा, अङ्कुशी नदीमा आएको बाढीले जलेश्वर नगरपालिका–९, बलवा, भङ्गहा नगरपालिका–४, जलेश्वर नगरपालिका–४ मा रहेका वन नर्सरीमा बिरुवा एकवर्षे...

  • २०७६ श्रावण ३, शुक्रबार

    तरकारीको मूल्य अनियन्त्रित भएसँगै बिहानै कालीमाटी र बल्खुमा अनुगमन

    सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको नेतृत्वमा आज बिहानै ४ बजेदेखि उक्त तरकारी बजारको अनुगमन गरिएको हो । अनुगमनका लागि दुई टोली खटिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिनुभयो । राजधानीमा रहेका ठूला तरकारी बजारमा...

  • २०७६ श्रावण ३, शुक्रबार

    पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव ः मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि सम्भव भएको बताउनुभएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशन गरेको ‘पर्यटन गाइड’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले यो वर्ष पर्यटनलाई केन्द्रित गरेर पूर्वाधार निर्माणमा विशेष जोड दिने सरकारको योजना रहेको बताउनुभयो । “प्रदेशका महत्वपूर्ण गन्तव्यसम्म पुग्नका लागि सडक पूर्वाधारमा लगानी गर्दैछाँै...

  • २०७६ श्रावण ३, शुक्रबार

    छ सय मुक्त कमैया पुनःस्थापना हुन बाँकी

    विसं २०५७ मा मुक्त भएका छ सय ४७ मुक्त कमैयाको अझै पुनःस्थापना हुन बाँकी छन् । कमैया मुक्ति घोषणापश्चात कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, दाङ जिल्लाका २७ हजार ५०५ मुक्त कमैया मुक्त घोषणा भएका थिए । तीमध्ये २६ हजार ८५८ कमैया पुनःस्थापना भएका छन् । छ सय ४७ मुक्त कमैयाको पुनःस्थापना हुन नसकेको मुक्त कमैया बड्घर सञ्जाल टीकापुरका अध्यक्ष रामफल चौधरीले बताउनुभयो । चौधरीका अनुसार कैलालीमा आठ हजार ९१०...

  • २०७६ श्रावण ३, शुक्रबार

    तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण

    तनहुँका ६६ स्थानमा हेलिप्याड निर्माण भएको छ । विपद् व्यवस्थापन र खोज उद्धार कार्यको स्थानीय आवश्यकता परिपूर्तिका लागि तनहुँका १० स्थानीय तहका ६६ स्थानमा हेलिप्याड निर्माण भएको हो । ठूलो विपद्को घटना भएमा स्थानीय जनतामा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पु¥याउन हेलिकप्टर अवतरण गर्न सक्ने गरी हेलिप्याड निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । “...

  • २०७६ श्रावण ३, शुक्रबार

    झोलुङ्गे पुल उच्च जोखिममा

    जिल्लामा लगातारको अविरल वर्षाले बुढीगङ्गा र कर्णाली नदीमा रहेका पुल उच्च जोखिममा परेका छन् । बुढीगङ्गा नदीका बाजुराको ताप्रीसेरा, द्वारी, तिपाडा, रापकका झोलुङ्गे पुल जोखिममा छन् । नदीका कारण छिमेकी जिल्ला अछामको साँफे, बुढाबगरलगायत ठाउँका दर्जनौँ पुल उच्च जोखिममा छन् । जिल्लाको पूर्वी–उत्तरी भेगमा पर्ने कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । बुढीगङ्गा नदीको...

  • २०७६ श्रावण ३, शुक्रबार

    दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

    सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण बनेको छ । नेपालस्थित बङ्गलादेश राजदूतावासमार्फत उनलाई आउँदो सोमबार आफ्नो देश पठाउन लागिएको हो । मानसिक सन्तुलन गुमेपछि आफ्नो देशबाट भौँतारिँदै नेपाल पसेकी ती महिलालाई गत भदौ १० गते पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित गोबरहिया प्रहरीचौकी नजीकै सडकमै बच्चा जन्माई सालनालसहित बेवारिसे अवस्थामा उद्धार गरिएको...

  • २०७६ श्रावण ३, शुक्रबार

    इलाम कफीमा पनि उत्कृष्ट

    इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश नं १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ । सर्वेक्षणका अनुसार प्रदेश नं १ को १०...

Pages