राष्ट्रिय
-
२०७६ श्रावण ३, शुक्रबार
रामपुर नहर भत्कियो
जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा सञ्चालनमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको यस नहर अहिले धान रोप्ने समयमा भत्किन पुगेपछि कृषक चिन्तित बनेका छन् । विभिन्न भागमा निर्माणकार्य भइरहेका बखत नहरमा एक्कासि ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो । गत वैशाखको पहिलो हप्ताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा...
-
२०७६ श्रावण ३, शुक्रबार
दूधमा अनुदान
पाल्पाको डुम्रे आसपासका क्षेत्रका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुई अनुदान प्रदान गरिएको छ । तिनाउ गाउँपालिका–६ डुम्रेस्थित डुम्र दुग्ध उत्पादन सहकारी संस्थासँग आबद्ध दुग्ध किसानलाई प्रतिलिटर रु दुईका दरले अनुदान दिइएको हो । प्रदेश नं ५ सरकारअन्तर्गत पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको सहयोगमा रु १६ लाख ९० हजार अनुदान वितरण गरिएको हो । अनुदान रकम हस्तान्तरण कार्यक्रममा गाउँपालिका...
-
२०७६ श्रावण ३, शुक्रबार
दशकदेखि अलपत्र विश्वविद्यालय विधेयक
सङ्घीय संरचना कार्यन्वयनसँगै नेपालगञ्जमा रहेको प्रशासनिक शक्ति कमजोर बन्दै गएको छ । एकपछि अर्को सरकारी कार्यालय बुटवल र दाङ सारिएपछि नेपालगञ्जको विगतको प्रतिष्ठा र गरिमा गुमेको छ । प्रादेशिक विश्वविद्यालय नेपालगञ्जमा स्थापनाको आशाले भने यतिबेला नेपालगञ्जलाई केही राहत महसुस भएको थियो । तर, बुधबारदेखि यो आशा पनि निराशामा परिणत भएपछि नेपालगञ्जमा झनै सन्नाटा छाएको छ । प्रदेश नं ५ सरकारले प्रादेशिक...
-
२०७६ श्रावण ३, शुक्रबार
छ महीनामा ५४ एचआइभी सङ्क्रमित
सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । योसँगै जिल्लामा अहिले एक हजार ७६४ सङ्क्रमित पुगेको भरतपुर अस्पतालमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उनीहरुमध्ये ८८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा...
-
२०७६ श्रावण ३, शुक्रबार
उन्नतजातका गाई र भैँसी वितरण
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले किसानलाई आयआर्जनमा जोड दिन उन्नतजातका गाई र भैँसी वितरण गरेको छ । पूरै नगरपालिकालाई दूधमा आत्मनिर्भर बनाउन र किसानको आयस्तर वृद्धि होस् भन्ने उद्देश्यका साथ पूर्ण अनुदानमा उन्नतजातका गाई र भँैसी वितरण गरिएको नगरपालिकाप्रमुख मञ्जु मलासीले जानकारी दिनुभयो । नगरपालिकाले वडा नं ५, ६ र ७ का १३ किसानलाई जर्सी, होलिस्टिन र रेडसिन्धी जातका गाई वितरण गरेको नगरपालिकाका...
-
२०७६ श्रावण ३, शुक्रबार
बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
सिरहाको बाढी प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अतिप्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, सारस्वर, कल्याणपुर नगरपालिका–३ का बाढीपीडितलाई लक्षित गरी निःशुल्क घुम्ती स्वास्थ्य सेवा सञ्चालन गरेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य...
-
२०७६ श्रावण ३, शुक्रबार
वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड
भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसा पनि तोडफोड गरिएको छ । बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । आगजनीका कारण भएको...
-
२०७६ श्रावण २, बिहिबार
बोनम्यारो क्यान्सरपीडितलाई सहयोग
बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएकोछ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि डेनमार्कमा रहेका ४५ नेपालीबाट सङ्कलन भएको रु एक लाख २७ हजार ५९७ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण...
-
२०७६ श्रावण २, बिहिबार
मुक्त कमैया आर्थिक समृद्धिमा लाग्नुपर्छ ः उपसभामुख थारू
प्रदेश नं ५ का प्रदेशसभाका उपसभामुख कृष्णी थारूले मुक्तकमैयाको समस्या सरकारले अपनत्व गरिसकेकाले अब उनीहरु आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्ने बताउनुभएको छ । २०आँै कमैया मुक्ति दिवसका सन्दर्भमा आज नेपालगञ्जमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मुक्त कमैयाहरु पनि अब आर्थिक समृद्धिका लागि सक्रिय हुनुपर्दछ ।” पूर्व मुक्तकमैयासमेत रहनुभएकी उपसभामुख थारूले मुक्तकमैयाको समस्या स्वयम्...
-
२०७६ श्रावण २, बिहिबार
नलगाड जलविद्युत्को मुआब्जा वितरण यसै वर्ष सकिने
लामो समयदेखि अर्थाभावका कारण किस्ता–किस्तामा वितरण हुँदै आएको नलगाड जलविद्युत् निर्माणस्थलको मुआब्जा स्थानीयवासीले यसै आर्थिक वर्षमा सबै रकम पाउने भएका छन् । सरकारले सबै मुआब्जा दिने गरी रु दुई अर्ब ७२ करोड रकम विनियोजन गरेपछि छ हजार रोपनीको मुआब्जा यसै वर्षमा वितरण हुने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । चार वर्षअघिदेखि मुआब्जा वितरणकार्य शुरु गरिए पनि रकम अभावमा अहिलेसम्म...
-
२०७६ श्रावण २, बिहिबार
नयाँ व्यवस्थापनसँगै डिडिसी नाफामा, पाँच करोड मुनाफा
सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान ९डिडिसी०ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ । राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा सुधार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने हो भने निरन्तर घाटामा रहेका सार्वजनिक संस्थान पनि नाफामा जान सक्छन् भन्ने यथार्थ संस्थानले प्रमाणित गरेको छ । अघिल्लो दुई...
-
२०७६ श्रावण २, बिहिबार
हजयात्रीलाई गृहमन्त्री थापाद्वारा बिदाइ
गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदिना पठाइएको...


