राष्ट्रिय
-
२०७६ श्रावण १, बुधबार
वडाध्यक्षले फिर्ता गरे रु। ६५ हजार बेरुजु भत्ता
झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले जनप्रतिनिधिको सेवासुविधा...
-
२०७६ श्रावण १, बुधबार
रानी–जमरा मूल नहरको परीक्षण
कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको चिसापानीमा निर्माण भएको आयोजनाको मुहान ९इन्टेक०का आठ वटा पानी नियन्त्रण गर्ने ढोकामध्ये तीन वटा ढोकाबाट परीक्षणका रुपमा मङ्गलबार पानी सञ्चालन गरिएको छ । आठ वटा ढोकामध्ये पाँच वटामा भने ‘वैस्टिङ’ ९गेट उचाल्ने र...
-
२०७६ श्रावण १, बुधबार
बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर जिल्लाको सदरमुकाम गाईघाट जोड्ने गाईघाट– कदमाहा सडकखण्डअन्तर्गत गाईघाटको त्रियुगा नदीको पक्की पुलको पूर्वी भाग केही दिनअघि आएको निरन्तर वर्षा र बाढीका कारण अहिले भत्कन थालेको छ । चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेपछि पुल उच्च जोखिममा पर्न थालेको ट्राफिक...
-
२०७६ श्रावण १, बुधबार
रोम विधान अनुमोदन गर्न माग
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र मानवअधिकार निगरानी समूह तनहँु शाखाले अन्तर्राष्ट्रिय फौजदारी अदालतसँग सम्बन्धित रोम विधान अनुमोदन गर्न माग गरेको छ । उक्त विधान पारित गरिएको दिन १७ जुलाईको अवसरमा आज प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै इन्सेकले दण्डहीनता संस्कृतिको अन्त्य गर्नका लागि उक्त विधान अनुमोदन गर्न माग गरेको हो । रोम विधान विश्वका १२२...
-
२०७६ श्रावण १, बुधबार
युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण
तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं। ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्न ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद पाउनेछन् । नगरपालिकाप्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरिएको ‘अफर लेटर’ पाएपछि किसानले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका...
-
२०७६ श्रावण १, बुधबार
बोधिचित्त, फलफूलखेती प्रवद्र्धनमा जोड
तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त बुद्धचित्त माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रमा हुने गरेको अध्ययनले समेत देखाएको छ । तेमालको पहिचान तथा आर्थिक स्रोतको रुपमा बोधिचित्त माला उत्पादनलाई नयाँ आर्थिक...
-
२०७६ श्रावण १, बुधबार
पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’
प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । लेकको फेदीसम्म पुग्ने सडक स्तरोन्नति गरेपछि अहिले यहाँ रमाउन आउने पर्यटकको सङ्ख्या बढ्दो छ...
-
२०७६ श्रावण १, बुधबार
महानगरबाट व्यवसाय करको आठ प्रतिशत निजी क्षेत्रलाई
व्यवसाय कर सङ्कलनमा सहयोग पु¥याएका उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घ चितवनलाई भरतपुर महानगरपालिकाले उठेको करको हिस्सा प्रदान गरेको छ । महानगरपालिकाले उद्योग वाणिज्य सङ्घलाई सङ्कलित रकमको पाँच प्रतिशत र उद्योग सङ्घलाई तीन प्रतिशत उपलब्ध गराएको हो । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को असार २२ गते सम्म व्यवसाय कर रु चार करोड ७६ लाख ६९ हजार ४१६ राजश्व सङ्कलन गरेको थियो । सोमध्येबाट...
-
२०७६ श्रावण १, बुधबार
विकासका लागि सहकार्यमा मुख्यमन्त्री पौडेलको जोड
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरणलाई पनि विकासको सूत्र बनाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । विकासलाई समृद्धिसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । समाज परिवर्तन गराउनका लागि सरसफाइ तथा...
-
२०७६ श्रावण १, बुधबार
छरुवा धान खेतीप्रति आकर्षण
कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका किसान असारेराम बडायक छरुवा धान खेतीबाट बढी प्रतिफल हासिल हुन थालेपछि यसतर्फ आकर्षित हुनुभएको छ । खेतलाई हिल्याएर रोपाइँ गरी लगाइएको धान खेतीभन्दा छरुवा विधिबाट लगाइएको धान खेतीको उत्पादन १५ देखि २० प्रतिशत बढी हुन थालेको छ । गत वर्ष एक बिघा जग्गामा छरुवा विधिबाट हिर्दिनाथ धान खेती गरेका उहाँले ५६ बोरा धान उत्पादन गर्नुभएको थियो । “त्यही जग्गामा रोपाइँ...
-
२०७६ श्रावण १, बुधबार
दाङमा पेट्रोलियम पदार्थ अभाव
दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मङ्गलबार नौ–नौ हजार लिटर पेट्रोल आए पनि त्यो एकै छिनमा सकिएको थियो । जिल्लामा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुने भए पनि नौ– नौ...
-
२०७६ श्रावण १, बुधबार
सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति
सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उहाँहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानूनमै उल्लेख...


