relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ श्रावण २, बिहिबार

    जिल्लामै पहिलो स्तनपान कक्ष स्थापना

    पश्चिम नवलपरासीस्थित सरकारी कार्यालयमा महिला सेवाग्राहीलाई लक्षित गरी पहिलो पटक स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामै पहिलो पटक गोप्य स्तनपान कक्ष स्थापना गरी प्रयोगमा ल्याएको हो । कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै उक्त कक्ष स्थापना गरिएको हो । महिला सेवाग्राहीलाई सार्वजनिक रुपमै आफ्ना बालबच्चालाई स्तनपान गराउन असहजता हुने भएकाले...

  • २०७६ श्रावण २, बिहिबार

    मूर्ति तोडफोड

    राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पु¥याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरिएका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रका पाँच वटा मूर्ति गए राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ । मूर्ति तोडफोड घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र...

  • २०७६ श्रावण २, बिहिबार

    दूध उत्पादक कृषकलाई प्रोत्साहन रकम

    डुम्रे दुग्ध उत्पादक सहकारी संस्था पाल्पाले दूध उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । उत्पादनमा आधारित कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत सहकारीमा दूध बिक्री गर्ने पाँच सय कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा सहकारीमा दूध बिक्री गर्ने कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले रकम प्रदान गरिएको छ । दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारबाट...

  • २०७६ श्रावण २, बिहिबार

    डिजिटल प्राविधिबाट काम शुरु

    कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ । कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू भएको अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट दर्ता चलानी तथा योजना व्यवस्थापनका सबै काम सफ्टवेयरमार्फत शुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्राविधिक धिरेन्द्र बस्नेतले...

  • २०७६ श्रावण १, बुधबार

    दाङमा पेट्रोलियम पदार्थ अभाव

    दाङमा पेट्रोलियम पदार्थ अभाव भएको छ । गत असार २६ गतेदेखि ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी नगर्दा जिल्लामा पेट्रोल तथा डिजेल अभाव भएको नेपाल आयल निगम तुलसीपुर वितरण केन्द्रले जनाएको छ । उक्त केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद आचार्यका अनुसार आइतबार, सोमबार मङ्गलबार नौ–नौ हजार लिटर पेट्रोल आए पनि त्यो एकै छिनमा सकिएको थियो । जिल्लामा दैनिक ३२ हजार लिटर पेट्रोल खपत हुने भए पनि नौ– नौ...

  • २०७६ श्रावण १, बुधबार

    सेवानिवृत्तलाई दोहोरो सुविधा दिनुहुन्नः समिति

    सांसद्ले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उहाँहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानूनमै उल्लेख...

  • २०७६ श्रावण १, बुधबार

    बेलिब्रिज निर्माण शुरु

    गत शुक्रबार मध्यरातमा भीषण वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको भब्सी खोलाको पुल बगाएकामा सो पुलमाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । राजधानीबाट सोमबार नै बेलिब्रिज निर्माणका लागि आवश्यक उपकरणहरु महोत्तरी आइपुगेकामा आजदेखि भब्सी खोलामाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको महोत्तरीका प्रजिअ उमेशकुमार ढकालले बताउनुभयो । भब्सी पुल बगाएपछि पूर्व पश्चिम...

  • २०७६ श्रावण १, बुधबार

    बाढी, पहिरो र डुबानपीडितको उद्धारमा जुट्न आग्रह

    राष्ट्रिय मानवअधिकार आयोगले प्राकृतिक विपत्पश्चात् देखापर्न सक्ने खाद्यान्न, कपडा र बसोबासको अभाव तथा विभिन्न रोगका सङ्क्रमणको अवस्थाप्रति सचेत भई सहायताका लागि जुट्न सबैलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सचिव भेद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा पीडितमा राहत वितरणका कार्यलाई तीव्रता दिनाका साथै समन्वयका साथ सहायतामा जुट्न सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सबै समुदाय र...

  • २०७६ श्रावण १, बुधबार

    हिंसापीडितका लागि सहारा बन्दै ओसिएमसी

    अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ९ओसिएमसी० हिंसापीडित व्यक्तिका लागि सहारा बनेको छ । केन्द्रले प्रदान गर्ने निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्शजस्ता सेवाले लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने हुँदा हिंसापीडित व्यक्तिका लागि सहारा बनेको हो । पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताल परासीमा सञ्चालित सो केन्द्रबाट आव २०७५÷७६ मा ४०९ महिला र एक...

  • २०७६ श्रावण १, बुधबार

    भारी वर्षाको सम्भावना कम

    मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेको छ । न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबका तीन–चार दिन भारी तथा अविरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन...

  • २०७६ श्रावण १, बुधबार

    सम्पत्ति विवरण बुझाउन आग्रह

    राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन अनुरोध गरिएको बताउनुभयो । उहाँका अनुसार सार्वजनिक पदधारण गरेका पदाधिकारी, निजामती, कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीले आर्थिक वर्ष शुरु भएको ६०...

  • २०७६ श्रावण १, बुधबार

    दूध र मासुमा आत्मनिर्भर

    दूध र मासुमा तनहुँ जिल्ला आत्मनिर्भर बनेको छ । पशुपालनतर्फ कृषकहरुको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भर बनेको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । जिल्लामा वार्षिक २९ हजार ४१९ मेट्रिक टन दूधको माग रहेकामा ४९ हजार ५४३ मेट्रिक टन दूध उत्पादन भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ...

Pages