राष्ट्रिय
-
२०७६ आषाढ २४, मंगलबार
‘गुणरत्न माला’ पुनःप्रकाशन गर्न साहित्यकारको माग
बालकदेखि वृद्धसम्मका लागि उपदेशमूलक ग्रन्थ ‘गुणरत्न माला’लाई व्याख्यासहित पुनःप्रकाशन गरिनुपर्नेमा जोड दिइएको छ । कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको काव्यसभाका वक्ता साहित्यकारहरुले करीब १०० वर्षअघि प्रकाशन भएको गुणरत्न मालालाई पुनः प्रकाशन गरे समाजलाई फेरि सच्चरित्रमा फर्काउन सकिने बताउनुभयो । साहित्यकार रमेशप्रसाद खकुरेलले समाजको घाउ निचोर्न सक्ने स्रष्टाको...
-
२०७६ आषाढ २४, मंगलबार
लिङ्ग परिवर्तन गराउनेमाथि कारवाही माग
जीविकोपार्जनका लागि भारत गएका बेला मेरठ घर भएका इलियासले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका सुरेन्द्रसिंह माललाई जबर्जस्ती लिङ्ग परिवर्तन गरिदिएपछि उहाँको जीवन ठूलो सङ्कटमा परेको छ । इलियासलाई कारवाहीको माग गर्दै आफ्ना बुबासँगै काठमाडौँ आएका पीडित सुरेन्द्रले आज पत्रकार सम्मेलन गरेर आफूलाई न्याय र बाँच्न पाउने आधारको खोजीका लागि आग्रह गर्नुभएको छ । करीब चार वर्षसम्म आफूले भारतमा कठिन जीवन...
-
२०७६ आषाढ २४, मंगलबार
पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै
साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी...
-
२०७६ आषाढ २४, मंगलबार
असार ३१ गते खण्डग्रास चन्द्रग्रहण
असार ३१ गते मङ्गलबार आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले राससलाई जानकारी दिनुभयो । ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । उत्तराषाढा नक्षत्रमा...
-
२०७६ आषाढ २४, मंगलबार
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा मन्त्री बाँस्कोटाले सोका लागि...
-
२०७६ आषाढ २४, मंगलबार
चाम्बासदेखि शिखर कटेरी मार्ग स्तरोन्नति
नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ । उक्त मार्ग डुम्रे–बेँसीशहर खण्डमा रहेको वडा नं–३ स्थित चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ । वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति...
-
२०७६ आषाढ २४, मंगलबार
भानु जयन्तीमा बिदा
भानु नगरपालिकाले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानुप्रति सम्मानका लागि नगरपालिकाभित्र पर्ने सामुदायिक विद्यालय तथा सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय भएको नगर प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो ।
-
२०७६ आषाढ २४, मंगलबार
सत्ताइसलाई छात्रवृत्ति
रुकुमपूर्वका गरीब तथा जेहेन्दार २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित पुथा हिमालय माविका गरीब तथा जेहेन्दार २७ छात्रछात्रालाई पोखरास्थित कर्म फ्लाइट्स फाउन्डेशनले वर्ष दिनसम्म पुग्ने गरी नगद, शैक्षिक सामग्री र सरसफाइका सामग्री प्रदान गरेको हो । गरीब र जेहेन्दार विद्यार्थीको पढाइमा निरन्तरता र गुणस्तरीय बनाउन छात्रावृत्तिस्वरुप ती सामग्री प्रदान गरिएको...
-
२०७६ आषाढ २४, मंगलबार
प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र
प्रधानमन्त्री कपी शर्म ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई सो परिचयपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो । नेपाल सरकारको चालू आर्थिक...
-
२०७६ आषाढ २४, मंगलबार
पन्ध्र हजार बिरुवा वितरण गरिने
दाङको तुलसपुर उपमहानगरपालिकाले यस वर्ष पन्ध्र हजार बिरुवा वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको कृषि महाशाखाले यस वर्ष विभिन्न प्रजातिका १५ हजार बिरुवा किसानलाई वितरण गर्ने भएको हो । किसानहरुले गरेको मागका आधारमा बिरुवा खरीद गर्न लागिएको महाशाखाका कृषि अधिकृत कुलराज दहितले बताउनुभयो । “हामीले किसानको मागअनुसार बिरुवा खरीद गरेर बिक्री गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । दहितका अनुसार यस...
-
२०७६ आषाढ २३, सोमबार
सगरमाथाको उचाइका लागि तथ्याङ्क सङ्कलन हुँदै
–कृष्णराज गौतम सरकारले पहिलोपटक सगरमाथाको उचाइमापनका लागि शुरु गरेको स्थलगत कार्य करीब ९० प्रतिशत सम्पन्न भएको छ । नापी विभागले सगरमाथा तथा त्यस आसपास क्षेत्रका विभिन्न स्थानमा कार्यस्थल बनाएर आवश्यक यन्त्र तथा प्रविधिको उपयोग गरिएको थियो । सरकारले पहिलोपटक आफ्नै साधन, स्रोत तथा खर्चको व्यवस्थापन गरी सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउन प्राविधिक टोलीलाई जिम्मेवारी दिएको थियो । उचाइ मापनका...
-
२०७६ आषाढ २३, सोमबार
प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन ः मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर...


