राष्ट्रिय
-
२०७६ आषाढ २५, बुधबार
चाबहिल–साँखु सडकखण्डमा यात्रुलाई सास्ती
काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा आउने धुलोले यस सडकखण्डमा आवतजावत गर्ने यात्रु र स्थानीयबासिन्दाले निकै सास्ती भोग्नु परिरहेको छ । सडकमा जमेको पानी र हिलोमाथि गुड्ने गाडीले सडकछेउका पसलमा पूरै हिलो र पानी छ्यापिदिन्छ । बौद्धका व्यापारी तथा बौद्ध व्यापार सङ्घका...
-
२०७६ आषाढ २५, बुधबार
नेपाललाई विश्वसामु चिनाउने साहित्य, सङ्गीत र कला होः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई विश्वसामु चिनाउने विधा साहित्य, सङ्गीत र कला नै भएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्धारा आज राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७५’ समारोहमा उहाँले मुलुकलाई विश्वसामु चिनाउने महत्वपूर्ण माध्यम साहित्य सिर्जना भएको बताउनुभयो । “नेपाल साङ्गीतिक विविधताबीच प्राकृतिक वैभव र...
-
२०७६ आषाढ २५, बुधबार
स्वास्थ्य सूचना केन्द्र स्थापना
पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ । ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नपा स्वास्थ्य संयोजक सन्दीप केसीले बताउनुभयो । उहाँका अनुसार पालिकाले नगरको समग्र स्वास्थ्य...
-
२०७६ आषाढ २५, बुधबार
बहिरा व्यक्तिले अझै पाएनन् सवारी चालक अनुमतिपत्र
बहिरा व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिनु भन्ने सर्वोच्च अदालतले निर्णय गरेको छ वर्ष बिते पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा अपाङ्गता भएका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिने व्यवस्था नहुँदा उनीहरुले चालक अनुमतिपत्र नपाएका हुन् । सर्वोच्च अदालतले विसं २०६९ चैत २९ मा ऐन संशोधन गरेर बहिरा नागरिकलाई सवारी चालक अनुमतिपत्र दिन सरकारका...
-
२०७६ आषाढ २५, बुधबार
प्रदुषित पानीले झाडावान्ताका बिरामी बढे
वर्षात् शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदुषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा अग्रहरीले जानकारी...
-
२०७६ आषाढ २५, बुधबार
पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा
विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्माण अलपत्र पारेपछि निर्माण कम्पनीलाई दिइएको पेश्की रकम फिर्ता लिइएको छ । तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा...
-
२०७६ आषाढ २५, बुधबार
डाइभर्सन बनेसँगै सामान ढुवानी शुरु
विजयपुर खोलामा राखिएको डाइभर्सन गत आइतबार राति बगाएसँगै अवरुद्ध बनेको मालसामान ढुवानी सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनी ९सिएमसी०को सहयोगमा डाइभर्सन तयार भएपछि मङ्गलबार रातिदेखि मालसामान ढुवानी शुरु गरिएको हो । डाइभर्सन नहुँदा पोखरामा ल्याइने सामग्रीका साथै विमानस्थल निर्माणका सामग्री पनि रोकिएका थिए । ड्राइभर्सन तयार भएपछि गए रातिदेखि मालवाहक गाडी...
-
२०७६ आषाढ २५, बुधबार
न्यून चापीय रेखा नेपाल नजिक ः देशभर वर्षा हुने
मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशभर वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ...
-
२०७६ आषाढ २५, बुधबार
पुल मर्मत नहुँदा जोखिममा
बर्दियाको राजापुर हुलाकी राजमार्गअन्तर्गत बर्दियाको राजापुर र कैलाली जोड्ने कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल मर्मत नहुँदा उच्च जोखिममा परेको छ । गत वर्षदेखि नै पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परे पनि सम्बन्धित निकायले ध्यान नदिँदा पुल उच्च जोखिममा परेको हो । प्रदेश नं ५ र प्रदेश नं ७ लाई जोड्ने पुलको अन्तिम पिल्लरसँगै बनाइएको तटबन्धको तारजाली वर्षेनी भाँसिदै गएको राजापुर नगरपालिका–१ का...
-
२०७६ आषाढ २४, मंगलबार
बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा
बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ । निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो...
-
२०७६ आषाढ २४, मंगलबार
नेविसंघ द्धारा विषादीयुक्त तरकारी प्रधानमन्त्रीलाई पठाइयो
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विषादीयुक्त तरकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ । भारतबाट आउने तरकारी र फलफुलमा विषदी परीक्षण गर्न सरकार पछि हटेको भन्दै जनतालाई विष खुवाउन खोजिएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । सोहि कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यलय काठमाडौं बाट प्रमलाई तरकारी पठाइएको जानकारी नेविसंघका नेता शुशील भट्ले दिनुभएको छ । अब आन्दोलन चरनबद्ध रुपमा हुने भन्दै...
-
२०७६ आषाढ २४, मंगलबार
जो विदेशी भूमिमा अस्ताए
भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा । विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो । यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन् । घर्तीको घर...


