relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १७, मंगलबार

    एकीकृत सम्पत्ति करको सट्टा सम्पत्ति र भूमि कर लिइने

    धनगढी उपमहानगरपालिका कार्यालयले आर्थिक वर्ष २०६२÷०६३ देखि लगाउदै आएको एकीकृत सम्पत्ति करको सट्टा अब सम्पत्ति कर र भूमि कर मालपोत लिने भएको छ । नगर सभामा पेश गरिएको ‘आर्थिक ऐन २०७६’ मा यो व्यवस्था गरिएको हो । आर्थिक ऐन २०७६ पारित भएपछि आगामी साउन महीनादेखि धनगढी उपमहानगर क्षेत्रमा सम्पत्ति कर र भूमि कर मालपोत कार्यान्वयनमा आउने उपमहानगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत डिल्लीराज ओझाले...

  • २०७६ आषाढ १७, मंगलबार

    ‘एकीकृत रुपमा विज्ञापन व्यवस्थित गर्न विधेयक’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बढ्दो बजार, उपभोक्ताको हितजस्ता विषय नियमन गर्न विज्ञापनसम्बन्धी एकीकृत रुपमा व्यवस्था भएको विधेयक ल्याइएको बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले ‘क्लिन फिड’ का साथै ‘होर्डिङ बोर्ड’ का माध्यमबाट हुने अवाञ्छित प्रचारलाई विधेयकमार्फत...

  • २०७६ आषाढ १७, मंगलबार

    माडीवासीलाई रगत निःशुल्क

    माडी नगरपालिकाले त्यहाँका बासिन्दालाई बिरामी पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने भएको छ । माडी वा अन्य क्षेत्र जहाँ उपचार गरे पनि उनीहरुले रगतमा अनुदान पाउने भएका हुन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले साउन महीनाबाट लागू हुने गरी माडीवासीले नेपालका जुनसुकै स्थानबाट रगत लिनु पर्दा लाग्ने रकम नगरपालिकाले व्यहोर्न लागेको वताउनुभयो । उहाँका अनुसार क्षेत्रीय रक्त रञ्चार केन्द्र...

  • २०७६ आषाढ १७, मंगलबार

    विपद् व्यवस्थापनमा साढे तीन करोड, ११३ गाउँ जोखिममा

    बाँकेका आठवटा स्थानीय तहले विपद् व्यवस्थापनमा रु ३ करोड ५७ लाख ५० हजार रकम विनियोजन गरेका छन् । वर्षायाम शुरु भएसँगै स्थानीय तहहरुले सचेतनासँगै पूर्वतयारीका लागि उक्त रकम विनियोजन गरेका हुन् । बाढीबाट वर्षेनी ठूलो जनधनको क्षति हुने भएकाले स्थानीय तहले बजेट विनियोजन गरी सचेतनामा सक्रियता देखाएका हुन् । विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उल्लेख्य बजेट छुट्याएका स्थानीय तहले नदी तटीय क्षेत्रका...

  • २०७६ आषाढ १६, सोमबार

    एकल महिला आयआर्जन कार्यक्रम सञ्चालन

    नमोबुद्ध नगरपालिकास्थित एकल महिलालाई आयआर्जनका लागि तरकारी तथा फलफूल खेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । नगरका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले आयआर्जन तालीममार्फत स्वावलम्बन बनाइने योजना बनाइएको हो । एकल महिलालाई तरकारी तथा फलफूलमा आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिका कार्यालयको सहयोगमा तालीमको आयोजना गरिएको...

  • २०७६ आषाढ १६, सोमबार

    कृषकलाई हाते ट्र्याक्टर वितरण

    नुवाकोटको विदुर नगरपालिकाले कृषक समूह, फार्म र सहकारीलाई आइतबार ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेको छ । असारे धान दिवसको अवसरमा विदुरमा एक कार्यक्रमको आयोजना गरी विदुर नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रभित्रका कृषक समूह, फार्म र सहकारीलाई २२ वटा हाते ट्र्याक्टर वितरण गरेको विदुर नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक कृषक एक...

  • २०७६ आषाढ १६, सोमबार

    बजारमा म्याद गुज्रेका र अखाद्य वस्तुको बिक्री

    बजारमा अखाद्य वस्तु, म्याद गुज्रेका पेय तथा खाद्य पदार्थ खुलारुपमा बिक्री हुँदै आएको छ । जिल्ला बजार अनुगमन समिति नेतृत्वको संयुक्त टोलीले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दोलालघाटमा गरेको बजार अनुगमनको क्रममा यस्तो भेटिएको हो । बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरी नेतृत्वको टोलीले गरेको अनुगमनमा पसल सञ्चालकले म्याद गुज्रेका विभिन्न खाद्य सामग्री बिक्री...

  • २०७६ आषाढ १६, सोमबार

    सभागृह निर्माण शुरु

    दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गर्नुभयो । प्रदेश नं ५ सरकारको रु चार करोड ८७ लाख ८९ हजार ५५९ लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताउनुभयो । मगहर चोकमा अत्याधुनिक...

  • २०७६ आषाढ १६, सोमबार

    भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

    भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार...

  • २०७६ आषाढ १६, सोमबार

    बुद्धशान्तिले २५ शय्याको अस्पताल बनाउने

    झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल बनाउन रु। ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । चालू आवमा आवमा यही शीर्षकमा रु।३० लाख बजेट छुट्याइएको थियो । इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल...

  • २०७६ आषाढ १६, सोमबार

    बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु

    बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आउनुभएको छ । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गर्नुभएकी उहाँले इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै...

  • २०७६ आषाढ १६, सोमबार

    ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने

    सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न...

Pages