राष्ट्रिय
-
२०७६ आषाढ १३, शुक्रबार
‘एसइईको हाउगुजी अन्त्यका लागि प्राविधिक शिक्षामा प्राथमिकता’
माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को हाउगुजी अन्त्य गर्न विद्यालय तहदेखि नै प्राविधिक धारको शिक्षालाई प्राथमिकता दिन सरोकारवालाले जोड दिएका छन् । बिहीबार सार्वजनिक २०७५ सालको एसइईको परीक्षाफलमा सार्वजनिक विद्यालयका विद्यार्थीको नतिजा सन्तोषजनक नभएको सन्दर्भमा वक्ताले शिक्षामा अति राजनीतिकरण रोक्न र सीपमुखी शिक्षामा लाग्न सुझाएका हुन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार...
-
२०७६ आषाढ १३, शुक्रबार
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँकी दिदी धरानमा बसोबास...
-
२०७६ आषाढ १३, शुक्रबार
यार्साको राजश्वका विषयमा विवाद हुँदा कुटाकुट
शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पामा कर्मचारीबीच झडप हुँदा कार्यालय प्रमुख घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालय प्रमुख प्रमोदकुमार यादवमाथि आक्रमण गरेको थियो । यार्सागुम्बा सङ्कलनकर्ताबाट टोलीमा सात जना कर्मचारी...
-
२०७६ आषाढ १३, शुक्रबार
उद्योगमा भारतीय कामदार, होटलमा स्थानीयलाई प्राथमिकता
बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो । सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे । विसं २०६२÷६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि...
-
२०७६ आषाढ १२, बिहिबार
पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध
माथिबाट आएको लेद सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको...
-
२०७६ आषाढ १२, बिहिबार
समायोजनामा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने
मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि ग्रेड मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल शुरु भएको छ । विधेयकको दफा ७ मा समायोजनामा जाने प्रहरी...
-
२०७६ आषाढ १२, बिहिबार
बालगृहका नाममा विकृति
जिल्लामा बालगृहका नाममा कानून मिच्दै बालबालिका जम्मा गरेर अर्थोपार्जन गर्ने गरेको पाइएको छ । कतिपय बालगृहलाई धर्मप्रचारको केन्द्रसमेत बनाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ५ को बालबालिकाको विशेष संरक्षण र पुनःस्थापनासम्बन्धी व्यवस्था गरिएको ऐनको दफा ४८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई मात्रै बालगृहमा राख्न पाइने व्यवस्था छ । भरतपुर महानगरपालिकाका महिला विकास अधिकृत...
-
२०७६ आषाढ १२, बिहिबार
एसइईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को परीक्षाफल आज सार्वजनिक गरेको छ । भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको छ ।...
-
२०७६ आषाढ १२, बिहिबार
‘बागलुङ भ्रमण वर्ष घोषणा’
जिल्लाकोबागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने...
-
२०७६ आषाढ १२, बिहिबार
ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्दो
पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा सामान छोडिने तथा हराउने क्रम बढ्दो छ । विसं २०७५ मङ्सिर ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मण्डिखाटार जाने क्रममा बा १ ज ५४२८ नम्बरको ट्याक्सीमा दुई थान हिराको औँठी र अन्य सामग्री छोडिएकोमा मङ्सिर १० गते ट्राफिक प्रहरीले खोजतलास गरी सामानको धनी मोनिका शाहलाई जिम्मा लगाएको थियो । विसं २०७५ पुस १ गते ठमेलदेखि माइतीघर न्यूरो अस्पतालसम्म...
-
२०७६ आषाढ १२, बिहिबार
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव
इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र...
-
२०७६ आषाढ १२, बिहिबार
निःशुल्क शिक्षा नपाएपछि विद्यार्थी विद्यालय छाड्दै
कानूनतः माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेपछि विद्यार्थीले कक्षा छाड्ने क्रम देखिएको छ । विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन नसक्नुमा सार्वजनिक विद्यालयले पनि चन्दा वा सहयोगका नाममा अभिभावकसँग शुल्क लिने गर्नु र शिक्षक व्यवस्थापनमा समस्या देखिनुलाई मुख्य समस्या मानिएको छ । शिक्षामा पर्याप्त मात्रामा बजेट नहुँदा विद्यालयले निजी स्रोतका शिक्षकको तलब र अन्य...


