relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १६, सोमबार

    भूकम्पबाट विस्थापित परिवारलाई लालपुर्जा प्रदान

    भूकम्पबाट विस्थापित भएका यहाँका दुई घर परिवारलाई आइतबार लालपुर्जा प्रदान गरिएको छ । वालिङ नगरपालिका–२ वडाको तिलडाँडाबाट विस्थापित बनेका मित्रलाल दमै र सुनमती दमैको परिवारलाई लालपुर्जा प्रदान गरिएको वडाध्यक्ष पोतप्रसाद लम्सालले बताउनुभयो । जोखिमयुक्त बस्तीमा रहेका भूकम्पपीडित लाभग्राहीमा परेका र अन्यत्र बसोबासका लागि घर घडेरी नभएकाको घर परिवारलाई बढीमा रु दुई लाख दिन सक्ने प्रावधानअनुसार...

  • २०७६ आषाढ १६, सोमबार

    बुद्धशान्तिले २५ शय्याको अस्पताल बनाउने

    झापाको बुद्धशान्ति गाउँपालिकाले २५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको छ । गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले आगामी आर्थिक वर्ष २०७६÷०७७ मा अस्पताल बनाउन रु। ५० लाख विनियोजन गरेको जानकारी दिनुभयो । चालू आवमा आवमा यही शीर्षकमा रु।३० लाख बजेट छुट्याइएको थियो । इलामको पहाडी र झापाको समथर भू–भागलाई जोड्ने सुन्दर र सानो गाउँपालिका बुद्धशान्तिमा हाल...

  • २०७६ आषाढ १६, सोमबार

    बन्ध्याकरण गर्नै मान्दैनन् पुरुषहरु

    बागलुङको तमानखोला गाउँपालिका–५ खुंखानीकी २९ वर्षीया नरदेवी सिर्पाली स्थानीय स्वास्थ्य चौकीमा भेटिनुभयो । सन्तानको रहर पुगेपछि एक वर्ष पहिले हातमा लगाएको इम्प्लान्ट निकाल्न उहाँ खुंखानी स्वास्थ्य चौकी पुग्नुभएको हो । एक छोरा र दुई छोरीकी आमा उहाँले परिवार नियोजनको अस्थायी साधनहरु प्रयोग गर्दै आउनुभएको छ । एक वर्ष पहिलेसम्म डिपो सुई लगाउने गर्नुभएकी उहाँले इम्प्लान्टको प्रयोग गरेको एक वर्ष मात्रै...

  • २०७६ आषाढ १६, सोमबार

    ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुने

    सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो । सो एपमा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने र गर्न...

  • २०७६ आषाढ १६, सोमबार

    काठमाडौँको फोहोर उठ्न थाल्यो

    दुई साताभित्र सिसडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन भएसँगै काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर समाधान निकालेको हो । विभिन्न माग राखेर सिसडोलवासीले एक साता अघिदेखि फोहोर फाल्न अवरोध गरेका थिए । सिसडोलवासीले काठमाडौँको फोहोर फाल्ने गरिएको ४२ रोपनी जग्गा सरकारले वा...

  • २०७६ आषाढ १६, सोमबार

    विषादी प्रयोगले माछा लोप हुँदै

    तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक÷दुई किलो माछा मार्न पनि मुस्किल छ । साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गर्नुभयो । थापाले...

  • २०७६ आषाढ १६, सोमबार

    असार २१ वाट निकुञ्जभित्र जिप नचल्ने

    चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ । पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो भन्नुभयो । निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात वटा जिप...

  • २०७६ आषाढ १६, सोमबार

    चलचित्र बिकास बोर्डद्वारा चलचित्रकर्मीहरु सम्मानित

    चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सबको अवसर पारेर आज असार १६ गते बोर्डको प्रेक्षालय हलमा १४ चलचित्रकर्मीहरुलाई “चलचित्रकर्मी विशिष्ट योगदान सम्मान–२०७६” सम्मानित गरेको छ भने चार चलचित्र भवनलाई विशिष्ट योगदान सम्मान, विशेष चलचित्रमा छनोट भएका तीन चलचित्र, डिजिटाइजेशन तथा रेस्टोरेशन प्राविधिक समिति र बोर्डका कर्मचारीलाई समेतलाई सम्मानित गरैर्को छ । नेपाली चलचित्र क्षेत्रमा २० देखि ५० को...

  • २०७६ आषाढ १६, सोमबार

    अहिलेकै अवस्थामा निगमलाई पैसा दिन सकिन्न प्रम

    आर्थिकरूपमा कमजोर बनेको निगमको अवस्थालाई उकास्न सरकारलगायत सबै क्षेत्रको सक्रियता हनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले निगमको आर्थिक सबलीकरणका लागि सरकारले पूर्ण सहयोग गर्ने तर अहिलेकै अवस्थामा पैसा दिन नमिल्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “व्यवस्थापनले सञ्चालनको ठोस योजना ल्याउनुपर्छ, अहिलेकै अवस्थामा चलाउन सकिन्न भने रणनीतिक साझेदार पनि खोजौँ, यथास्थितिमै पैसा दिन सकिन्न, व्यवस्थापन...

  • २०७६ आषाढ १४, शनिबार

    मोटरसाइकल ¥याली

    राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा विभिन्न संघसस्था द्धारा आज शनिवार १० बजे मोटरसाइकल ¥याली सुरु भएको छ । यो ¥याली काठ्माडौ, भक्तपुर हुदै किर्तिपूर पुगि जनचेतना कार्यक्रम गर्ने भएको छ । यो ¥याली सडक बिस्तार सम्बन्धी तथा सडक विस्तार पिडित पक्षको लागि गरिएको भन्ने बारे संरक्षण सयुंक्त सर्घष समितिबाट सुमन सायमी जानकारी दिनु भएको हो

  • २०७६ आषाढ १३, शुक्रबार

    जलेश्वर कारागार डुबानमा

    आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो...

  • २०७६ आषाढ १३, शुक्रबार

    कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक

    रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिएका...

Pages