relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ आषाढ १२, बिहिबार

    ‘बागलुङ भ्रमण वर्ष घोषणा’

    जिल्लाकोबागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने...

  • २०७६ आषाढ १२, बिहिबार

    ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्दो

    पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा सामान छोडिने तथा हराउने क्रम बढ्दो छ । विसं २०७५ मङ्सिर ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मण्डिखाटार जाने क्रममा बा १ ज ५४२८ नम्बरको ट्याक्सीमा दुई थान हिराको औँठी र अन्य सामग्री छोडिएकोमा मङ्सिर १० गते ट्राफिक प्रहरीले खोजतलास गरी सामानको धनी मोनिका शाहलाई जिम्मा लगाएको थियो । विसं २०७५ पुस १ गते ठमेलदेखि माइतीघर न्यूरो अस्पतालसम्म...

  • २०७६ आषाढ १२, बिहिबार

    पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव

    इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र...

  • २०७६ आषाढ १२, बिहिबार

    निःशुल्क शिक्षा नपाएपछि विद्यार्थी विद्यालय छाड्दै

    कानूनतः माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेपछि विद्यार्थीले कक्षा छाड्ने क्रम देखिएको छ । विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन नसक्नुमा सार्वजनिक विद्यालयले पनि चन्दा वा सहयोगका नाममा अभिभावकसँग शुल्क लिने गर्नु र शिक्षक व्यवस्थापनमा समस्या देखिनुलाई मुख्य समस्या मानिएको छ । शिक्षामा पर्याप्त मात्रामा बजेट नहुँदा विद्यालयले निजी स्रोतका शिक्षकको तलब र अन्य...

  • २०७६ आषाढ ११, बुधबार

    अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

    सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो । परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी...

  • २०७६ आषाढ ११, बुधबार

    सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग

    गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । “नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही...

  • २०७६ आषाढ ११, बुधबार

    सवारी जाँच कार्ययोजना शुभारम्भ

    चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ ।...

  • २०७६ आषाढ ११, बुधबार

    पर्यटन प्रवद्र्धनका लागि संरचना निर्माण

    पर्यटकीय धार्मिकस्थलको संरक्षण तथा प्रवद्र्धनका लागि जिल्लाका विभिन्न ठाउँमा पर्यटन पूर्वाधार निर्माणकार्यको शुरुआत गरिएको छ । पर्यटन विकासका लागि यस वर्ष जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकामा पदमार्ग, पर्यटन सडकलगायतका अन्य भौतिक संरचना निर्माणकार्य शुरु गरिएको डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । सामुदायिक वन क्षेत्रभित्र पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत भेरी...

  • २०७६ आषाढ ११, बुधबार

    इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु

    इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र...

  • २०७६ आषाढ ११, बुधबार

    दुर्लभ जनावर सालक संरक्षण अभियान शुरु

    विश्वमा दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न जिल्लामा चेतनामूलक अभियान थालिएको छ । सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएकाले यसको संरक्षणमा उत्साहित भएका हुन् । सालकको उपयुक्त बासस्थान मानिएको महाभारत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थलीमा यस वर्ष पहिलो चरणमा चेतनामूलक कार्यक्रम गरिएको छ । तत्कालै पाँचखाल क्षेत्रमा कार्यक्रम...

  • २०७६ आषाढ ११, बुधबार

    लोक सेवा तयारी कक्षा प्रारम्भ

    प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको...

  • २०७६ आषाढ ११, बुधबार

    ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

    चौरपाटी गाउँपालिका–३ शोकटस्थित मुली कोलगैरामा ट्र्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको छ । से१त ७८३९ नंको ट्र्याक्टर आज बिहानै दुर्घटना हुँदा तीनको मृत्यु र चार घाइते भएका हुन् । मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का स्थानीय दशपल्ले माविबाट यस वर्ष एसइई परीक्षा दिएका रमेश साउद, सोही माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउद रहेको दशपल्ले माविका शिक्षक...

Pages