राष्ट्रिय
-
२०७६ आषाढ ११, बुधबार
भारतको धौलीगङ्गा बाँध खोलिँदै, सतर्क रहन आग्रह
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द...
-
२०७६ आषाढ ११, बुधबार
छात्राका लागि आत्मसुरक्षा तालीम
प्रदेश नं २ मा महिलामाथि हिंसासहितको विभिन्न घटना बढिरहेको अवस्थामा प्रदेश सरकारले विद्यालयमा अध्ययनरत छात्राका लागि आत्मसुरक्षा तालीमको शुभारम्भ गरेको छ । प्रदेश नं २ का आठवटै जिल्लाका विद्यालयमा यो तालीम सञ्चालन हुनेछ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जनविकास केन्द्रमार्फत सञ्चालन भएको सो तालीममा विद्यालयमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम दिइनेछ । तालीमको उद्घाटन गर्दै आन्तरिक...
-
२०७६ आषाढ ११, बुधबार
काठमाडौँ काङ्ग्रेसको उपसभापतिमा माली
नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो । कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न...
-
२०७६ आषाढ ११, बुधबार
सिक्लेस–कोरी केबुलकार सम्भाव्यता अध्ययन सम्पन्न
कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ ९श्याम० जानकारी दिनुभयो । उहाँका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण...
-
२०७६ आषाढ ११, बुधबार
चिनिया राजदुत को जवाफ ,नेपालको सबैभन्दा ठुलो जलविधुत् आयोजना हामीले बनाएको हो ।
नेपालका उर्जामन्त्री वर्षमान पुन मगंलवार चिनियां राजदुत होउ यान्छी सगको भेटमा चिनियाँ कम्पनीको कामप्रति असन्तुष्टि भएको बताएका छन । पुनले कम्पनीको काममा ढिलाइ भइरहेको गुनासो पोखेका छन् । तर चिनिया राजदुत यान्छी जवाफमा हामीले नेपालको सबैभन्दा ठुलो जलविधुत् आयोजना हाम्रै कम्पनीले बनाएको हो भन्दै टिइटर मार्फत भनेका छन् । यान्छीले तयार भएको तामाकोशी जलविधुत् आयोजना को फोटो देखाउदै जवाफ फर्काएका थिए...
-
२०७६ आषाढ ११, बुधबार
गर्मी बढेपछि नगरक्षेत्रका विद्यालय तीन दिन बन्द
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्र गाईघाटलगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मङ्गलबार एक सूचना जारी गर्दै आज बुधबारदेखि शुक्रबारसम्म तीन दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी...
-
२०७६ आषाढ ११, बुधबार
खुला चीनपछि खुल्दैछ तिब्बत
सन् १९७८ तिर देङ सियाओ पिङले खुला चीन नीति अख्तियार गरेका थिए । यो नीतिले चीनलाई बाह्य संसारसँग खुला ग¥यो । खासगरी चीनमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई गरिएकोे आह्वान थियो त्यो । त्यस बमोजिम विदेशी लगानीकर्ताहरु पनि आए । चीन औद्योगिक राष्ट्रका रुपमा दू्रत गतिमा अघि बढ्यो । उनको आर्थिक नीति सफल भयो । त्यही नीतिले चीनलाई आजको यो रुपमा ल्यायो । चीन अहिले अमेरिकापछिको विश्वको दोस्रो ठूलो...
-
२०७६ आषाढ ११, बुधबार
अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्
सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो । परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी...
-
२०७६ आषाढ ११, बुधबार
सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग
गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । “नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही...
-
२०७६ आषाढ १०, मंगलबार
ताराखोलाले ‘भ्रमण वर्ष’ मनाउने
ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवद्र्धन तथा भ्रमण वर्ष सफल पार्न रु ७० लाख बजेट छुट्याइएको छ । पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “यो वर्ष...
-
२०७६ आषाढ १०, मंगलबार
न्यायिक समितिमा जग्गा विवाद
बूढानीलकण्ठ नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ । समिति गठन भएयता ७२ उजुरी दर्ता भएकामा १५ वटा जग्गा विवादको उजुरी परेको छ । अधिकांश उजुरीहरु साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाकोे जग्गा अर्कैले मिचेको जस्ता उजुरी न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्ष २०७५÷७६ मा ७२ वटा उजुरी दर्ता भएकामा १५...
-
२०७६ आषाढ १०, मंगलबार
संसद्मा ‘गलबन्दी च्यातियो गीतको चर्चा
प्रतिनिधिसमाको बैठकमा सांसदहरुले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो ।।।’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा...


