relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ जेठ २६, आइतबार

    सिन्धुपाल्चोकमा झाडापखलाको महामारी

    सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो  । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिनुभयो...

  • २०७६ जेठ २६, आइतबार

    विकास गर्दा ‘वातावरणलाई नबिगारौँ, सिंगारौँ’

    प्रदेश नं। ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् ।  विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्यशाला गोष्ठी’ मा सहभागी स्थानीय सरकारका प्रमुख एवं उपप्रमुखले वातावरणीय सन्तुलनका लागि नीति तथा...

  • २०७६ जेठ २६, आइतबार

    संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

    प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन ।  सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिदा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास...

  • २०७६ जेठ २६, आइतबार

    प्रशासकीय अधिकृत निलम्बित

    सरुवा गरेको ठाउँमा नगएको आरोपमा रौतहट गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बित भएका छन् ।  विभागबाट निलम्बनमा परेको हो । सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शैल्यशिखर नगरपालिका दार्चुलामा ०७६ जेठ २ गते सरुवा गरेको पटक–पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि अटेर गरेको कारण देखाउँदै कार्कीलाई निलम्बन गरेको हो । विभागको अवज्ञा गरेका भन्दै निजामती सेवा नियमावली २०५० को...

  • २०७६ जेठ २६, आइतबार

    बगरफाँट बस्ती संरक्षण आयोजना शुरु

    म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ ।  रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई किलोमिटर क्षेत्रमा ग्याविन जाली भरेर तटबन्ध गर्न लागिएको हो । सङ्घीय सांसद भुपेन्द्रबहादुर थापाको पहलमा रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले बगरफाँटको बस्ती...

  • २०७६ जेठ २४, शुक्रबार

    व्यावसायिक खेतीका लागि माटो परीक्षण

    माटोको उर्वराशक्तिअनुसार व्यावसायिक खेती लगाउने उद्देश्यले जन्तेढुङ्गा गाउँपालिकामा माटो परीक्षण शुरु गरिएको छ । गाउँपालिकाभित्रका हरेक ठाउँका माटोको अवस्था र उर्वराशक्तिबारे जानकारी लिएर सोहीअनुसारको खेती गर्ने उद्देश्यले माटो परीक्षण शुरु गरिएको हो । गाउँपालिकाभित्रका छ वटै वडाका माटोको प्रकृति पत्ता लगाएर सो स्थानमा उत्पादन हुने उपयुक्त कृषि बाली सिफारिशका लागि यही जेठ १९ गतेदेखि किटबक्स विधि...

  • २०७६ जेठ २४, शुक्रबार

    जनचासोका विषयमा कलम चलाउनुहोस् ः मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा  जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भन्नुभयो,  “राससमा आउने...

  • २०७६ जेठ २४, शुक्रबार

    स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गरिने

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष वैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनले आठ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै यस्तो निर्णय गरेको हो । सम्मेलनले यसै वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिकसत्रबाट लागू गर्ने निर्णय गरेको छ । विद्यालयकोे भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिँदै सम्मेलनले...

  • २०७६ जेठ २४, शुक्रबार

    माछापुच्छे« द्धारा विपन्न परिवारको स्वास्थ्य बीमा

    जिल्लाको माछापुच्छ« गाउँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकाले चालू आवमा वडा नं १ देखि ६ सम्मका १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरेको हो ।   आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट गाउँपालिकाभित्रका कोही पनि नागरिक वञ्चित हुन नपरोस् भनेर गरीब परिवार यकिन गरी यही जेठ महीनादेखि लागू हुने गरी उनीहरुका सदस्यको स्वास्थ्य बीमामा...

  • २०७६ जेठ २४, शुक्रबार

    आर्सेनिक प्रभावित वडा शुद्ध खानेपानीबाट बञ्चित

    पश्चिम नवलपरासीस्थित नेपालकै सर्वाधिक आर्सेनिक रहेको रामग्राम नगरपालिका वडा नं १२ र १३ का बासिन्दा अझै पनि शुद्ध पिउने पानीबाट बञ्चित छन् । दुई दशकअघि गरिएको परीक्षणका क्रममा सो वडामा नेपालमा सबैभन्दा बढी आर्सेनिक रहेको प्रमाणित भएको थियो । आर्सेनिक पत्ता लागेको लामो समय बितिसक्दा पनि उक्त गाउँमा आर्सेनिकरहित शुद्ध खानेपानीको व्यवस्थापन हुन नसक्दा स्थानीयवासी आर्सेनिकयुक्त पानी नै प्रयोग गर्न...

  • २०७६ जेठ २४, शुक्रबार

    तातोपानीको रेन्बो ट्राउट व्यवसाय

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवा यस क्षेत्रका प्रेरणाको स्रोत बनेका छन् । स्थानीयवासी सुजन राम्जाली र इन्द्र थापाले रु २० लाखको लगानीमा गत वर्षदेखि व्यावसायिक रुपमा शुरु गरेको रेन्बो ट्राउट माछापालन विदेश नगई स्वदेशमा नै केही गरौँ भन्ने युवाका लागि प्रेरणाको स्रोत बनेको हो ।  राम्जाली र थापाले तातोपानी रेन्बो ट्राउट फार्म दर्ता गरी आठ वटा पक्की पोखरीमा शुरु गरेको यस...

  • २०७६ जेठ २४, शुक्रबार

    चार वर्षदेखि पीडामा राउटे युवा

    विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महीना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो । आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो । कपिललाई...

Pages