राष्ट्रिय
-
२०७६ जेठ २४, शुक्रबार
चार वर्षदेखि पीडामा राउटे युवा
विसं २०७२ पुसको पहिलो साता राउटे युवा कपिल शाही आगोले जलेर गम्भीर घाउते भए । अछामको पियालतडामा रहँदा आगो ताप्ने क्रममा कपिल जलेर घाइते भएका थिए । त्यतिबेला गम्भीर अवस्थामा रहेका कपिललाई दुई महीना काठमाडौँमा राखेर उपचार पनि गराइएको थियो । आफ्नो बस्तीभन्दा बाहिर बास बस्नै नमान्ने राउटे समुदायलाई राउटे उत्थान प्रतिष्ठानको पहलमा दुई राउटेसँगै पठाएर कपिलको काठमाडौँमा उपचार गरिएको थियो । कपिललाई...
-
२०७६ जेठ २४, शुक्रबार
आरन चलिरह्यो, जीवन चल्न मुस्किल
तनहुँको भानु नगरपालिका–५ मैवलका दलसिं विक आरन पेशा सङ्कटमा परेपछि चिन्तित हुनुभएको छ । पुख्र्यौली पेशाका रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित हुनुभएको हो । पुर्खादेखि गर्दै आएको आरन पेशाले परिवार पाल्न गाह्रो भएपछि पेशाबाट नै विस्थापित हुने अवस्थामा पुगेको उहाँले बताउनुभयो । लामो समयदेखि हँसिया, खुर्पा, बञ्चरो बनाएर परिवार पाल्दै आउनुभएका विकले बजारमा आएको आधुनिक सामग्रीका...
-
२०७६ जेठ २४, शुक्रबार
यातायातमा प्राविधिक नहुँदा काम ठप्प
गलकोट नगरपालिका–१ का वीरबहादुर कार्की सदरमुकाम बागलुङ बजारमा रहेको यातायात व्यवस्था कार्यालय धाउन थालेको दुई हप्ता भयो । सवारीचालक अनुमतिपत्रका लागि लिखित परीक्षा दिएर प्रयोगात्मकका लागि उहाँ यातायात व्यवस्था कार्यालय बागलुङ धाउने गर्नुभएको छ । सवारीचालक अनुमतिपत्र मात्रै होइन, उहाँले भर्खरै खरीद गरेको मोटरसाइकल पनि दर्ता गराउनुपर्नेछ । दुई हप्तासम्म कार्यालयमा धाइरहनुभएका कार्कीका दुवै काम भएका...
-
२०७६ जेठ २४, शुक्रबार
काष्ठमण्डप पुनःनिर्माण ३० प्रतिशत
काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी काम तीव्ररुपमा भइरहेको जनाइएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार निर्माणको कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने र बिम राख्ने काम भइरहेको छ । शाक्यले भन्नुभयो, “निर्माणको समयमा समितिले लिएको...
-
२०७६ जेठ २३, बिहिबार
‘जनता जागरुक बनाउन स्वाभिमान यात्रा’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आम जनतालाई जागरुक बनाउन र सरकारमाथि दबाब सिर्जना गराउने उद्देश्यले ‘राष्ट्रिय स्वाभिमान यात्रा’ शुरु गरिएको बताउनुभएको छ । मिडिया नेपाल र राप्रपा कास्कीद्वारा संयुक्तरुपमा आज आयोजित कार्यक्रममा उहाँले यात्राको दोस्रो चरणअन्तर्गत भोलि मुस्ताङबाट शुरु भई म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ हुँदै गोरखा पुगेर यही जेठ २७ गते सम्पन्न हुने जानकारी...
-
२०७६ जेठ २३, बिहिबार
पुरुषसरह ज्याला पाउँदा महिला खुशी
पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् । पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताउनुभयो । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी...
-
२०७६ जेठ २३, बिहिबार
एक सय बढीमा पाठेघरको क्यान्सरको आशङ्का
‘स्वस्थ्य नगरपालिका, समृद्ध नगरपालिका’ नाराका साथ सप्तरीको कञ्चनरुप नगरपालिकामा छ दिनसम्म सञ्चालित आङ खस्ने रोग तथा पाठेघर मुखको क्यान्सर जाँच शिविरमा एक हजार २४९ बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य शाखा कञ्चनरुपको आयोजनामा कञ्चनरूप–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरमा ८३८ ले आङ खस्ने रोग र ४११ जनाले पाठेघरको मुखको जाँच गराएका नगरपालिकाले जनाएको छ । तीमध्ये १०३ मा...
-
२०७६ जेठ २३, बिहिबार
सामुदायिक वनको अनुदानले गोबरग्यास प्लान्ट
शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका ६० परिवारका घरमा शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरिएका छन् । प्रगति महिला सामुदायिक वन उपभोक्ता समूहले अनुदान रकम उपलब्ध गराएपछि स्थानीय उपभोक्ताले शौचालयसहितका गोबरग्यास प्लान्ट जडान गरेका हुन् । गोबरग्यास प्लान्ट जडानका लागि अनुदान रकम उपलब्ध गराउन निवेदन दिएका उपभोक्तालाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष रामबहादुर...
-
२०७६ जेठ २३, बिहिबार
महिला पत्रकारिता तालीम शुरु
नेपाल प्रेस युनियन पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीम शुरु गरेको छ । महिलालाई पत्रकारिता क्षेत्रमा ल्याएर समाजप्रति उत्तरदायित्व बनाउने उद्देश्यले सञ्चालित सो तालीममा पर्सामा कार्यरत २० जना महिलाको सहभागिता रहेको छ । सो तालीमको उद्घाटन गर्दै नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले तालीमले महिलाको दक्षता वृद्धि गरी समाजप्रति...
-
२०७६ जेठ २३, बिहिबार
नुवाकोटको दुप्चेश्वरमा प्रहरी चौकी निर्माण
नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित समुन्द्रटारमा सुविधासम्पन्न प्रहरी भवन निर्माण गरिएको छ । सो भवनको बुधबार प्रदेश नं ३ प्रहरी कार्यालय हेटाँैडाका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपककुमार थापाले उद्घाटन गर्नुभयो । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण अस्थायी त्रिपाल र कटेजमा बस्दै आइरहेका प्रहरीले अहिले तीनतले नयाँ भवनमा बस्न पाएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको रु ८९ लाख ७७ हजारको...
-
२०७६ जेठ २३, बिहिबार
चीनको सहयोगमा विद्यालय निर्माण सम्पन्न
चीन सरकारले रु ८३ करोड लागतमा निर्माण गरेको सुविधासम्पन्न एक विद्यालयको निर्माणकार्य सम्पन्न भएको छ । लमजुङको राइनास नगरपालिका–९ महोरियाकोटस्थित भैरव माध्यमिक विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको हो । आठ रोपनी क्षेत्रफलमा चारतले विद्यालय भवनको निर्माणकार्य सम्पन्न भएको राइनास नगरपालिकाका प्रमुखसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार...
-
२०७६ जेठ २३, बिहिबार
विद्यालयमा शुल्क निर्धारण भएन
नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि ललितपुरभित्रका ६ वटा पालिकाको कुनै पनि संस्थागत विद्यालयमा हालसम्म निश्चित शुल्क निर्धारण हुन सकेको छैन । केन्द्र सरकारले शिक्षा ऐन निर्माणको काममा ढिलाइ गरेसँगै प्रदेश हुँदै सङ्घ र स्थानीय निकायमा आउनुपर्ने भएकाले पुनः एक पटक बनेको नियम नदोहोरियोस् भन्ने चाहनाका...


