राष्ट्रिय
-
२०७६ जेठ २३, बिहिबार
ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ ः मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन ,२०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उहाँले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको...
-
२०७६ जेठ २३, बिहिबार
चार महीनामा दश हजार विदेशी पर्यटक मनाङमा
अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महीनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन । जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताउनुभयो । उहाँका अनुसार हिमपातका कारण मौसम ढिलो...
-
२०७६ जेठ २३, बिहिबार
कृषि, पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्यमा बजेट वृद्धि हुनु सकारात्मक छः सत्तापक्ष, विकास खर्च गर्न नसक्ने बजेटले आर्थिक समृद्धि ल्याउँदैनः प्रतिपक्ष
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुभएको थियो । आजको छलफलमा भाग लिँदै नेकपाका सोमप्रसाद पाण्डेयले आर्थिक समृद्धिको ढोका खुलाउने बजेट आएको र यसले पूर्वाधार विकास र सामाजिक सुरक्षामा विशेष जोड दिएको बताउनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जा, शिक्षा र...
-
२०७६ जेठ २३, बिहिबार
आधार शिविरमा आश्रयस्थल निर्माण
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा आश्रयस्थल निर्माण गरिएको छ । बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट क्षेत्रमा पर्ने पदमार्गको भ्रमणमा जाने पर्यटक, पथप्रदर्शक र स्थानीयवासीको सुविधाका लागि आश्रयस्थल निर्माण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप को सहयोगमा मिस्त्रीखोला क्याम्पमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको संरक्षण व्यवस्थापन...
-
२०७६ जेठ २३, बिहिबार
घरदैलोमा सेवा पु¥याउँदै वडा कार्यालय
रामपुर नगरपालिका–१ वडा कार्यालयले प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेका छन् । स्थानीय सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले कार्यालयबाट प्रदान गर्ने सेवासुविधालाई नागरिकको घरदैलोमा पु¥याउन थालेको हो । यसका लागि वडा कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र रहेका गाउँगाउँ र टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारी पुगेर सेवासुविधा दिन थालेका छन् । रामपुर नगरपालिकाकै दुर्गम र विकटमा...
-
२०७६ जेठ २३, बिहिबार
वन व्यवस्थापनका लागि आठ हजार रुख काटिए
कपिलवस्तुका विभिन्न वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको छ । जिल्लाका ३६ वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको काम प्रभावकारी रुपमा अघि बढाइएको हो । गौतमबुद्ध डिभिजन वन कार्यालयका १० वन क्षेत्रका चार हजार ११।०८ हेक्टर क्षेत्रफलमा वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ । डिभिजन वन कार्यालय तौलिहवाका २६ वनक्षेत्रका छ हजार ३८४ हेक्टर क्षेत्रफलमा कार्यक्रम शुरु भएको...
-
२०७६ जेठ २३, बिहिबार
पेट्रोलियम पदार्थको हाहाकार
पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो । झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो...
-
२०७६ जेठ २३, बिहिबार
बाँदरमुढेमा स्मृति उद्यान बनाइने
चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताउनुभयो । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उहाँले जानकारी दिनुभयो ।...
-
२०७६ जेठ २३, बिहिबार
एक हजारको आँखाको शल्यक्रिया
कैलाली टीकापुरस्थित आँखा उपचार केन्द्रले एक हजार २१९ जना बिरामीको आँखाको शल्यक्रिया गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म केन्द्रले एक हजार १५० जनाको मोतिबिन्दु, २२ जना मासु पलाएका, ३५ जना आनोको समस्या भएका र १२ जना परेलाको उल्टो ढकनी भएका बिरामीको शल्यक्रिया गरिएको हो । उपचार केन्द्रले महीनामा सयभन्दा बढीको शल्यक्रिया गर्ने गरेको नेत्र सहायक लोक पुनले जानकारी दिनुभयो । उपचार केन्द्रमा...
-
२०७६ जेठ २२, बुधबार
दिगो विकासका लागि शिक्षामा लगानी गर्नुपर्छः राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभएको छ । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै...
-
२०७६ जेठ २२, बुधबार
राजधानी सडकको बिजोग
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडकमा रहेको खाल्डाखुल्डी मर्मत नहुँदा यहाँका सर्वसाधारणले निकै सास्ती खेप्नुपरेको छ । सडक मर्मत गर्न छुट्याएको बजेटले केही टालटुलको काम गरे पनि ६ महीना नपुग्दै ती सडक भत्किएर पुरानै अवस्थामा पुगेका छन् । स्थानीय जनप्रतिनिधि र सांसददेखि मन्त्रीसम्म खाल्डाखुल्डी सडकमा उफ्रिँदै यात्रा गर्छन् तर त्यसलाई मर्मत गरी आवागमन सहज बनाउनेतर्फ कसैको ध्यान भने जान...
-
२०७६ जेठ २२, बुधबार
अस्पतालको सेवा अब सफ्टवेयरमार्फत
यहाँको जिल्ला अस्पतालमा अत्याधुनिक अस्पताल व्यवस्थापकीय सूचना प्रणाली एचएमआइएस जडान गरिएको छ । भेरी नगरपालिकाको रु छ लाखको सहयोगमा सोे सफ्टवेयर जडान गरिएको हो । नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अस्पतालाई मङ्गलबार उक्त सफ्टवेयर हस्तान्तरण गर्दै भन्नुभयो, “नागरिकले पाउने स्वास्थ्य सेवालाई व्यवस्थित तथा पारदर्शी गर्न अस्पतालमा यस्तो व्यवस्था गरिएको हो ।” अस्पतालको चौतर्फी विकास तथा व्यवस्थापनमा भेरी...


